English

आज ८ गते शनिबारको राशिफल हेर्नुहोस्



८, माघ २०७८, शनिबार। तद्नुसार जनवरी २२ तारिक २०२२। माघकृष्णपक्ष चर्तुथी तिथि शुरु भएर पञ्चम, अृमत योग, चन्द्रमा सिंह राशिमा छ। आज बिहान ६ः६७ मा सूर्योदय भयो भने साँझ १७ः३३ मा सूर्यास्त हुनेछ। नवग्रहमध्ये शनि ग्रह चाहिँ अलि बढी कारक ग्रह मानिन्छ।

आज बिहान ९ः३६ देखि १०ः५६ सम्म राहुकाल रहेको छ। ११ः५४ देखि १२ः३६ सम्म अभिजित मुहूर्त छ। भनिन्छ, राहुकाल भएको समयमा शुभकार्य नगर्नु होला। शनिबारका दिन पिपलको बृक्षको जल अभिषेक र विहान सूर्योदयको दर्शन गर्नु उत्तम मानिन्छ।  

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन व्यापारव्यवसायबाट लाभ हुनेछ। परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ। यात्राका लागि सूर्योदय पछि मात्र निस्कनु होला। यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ। यात्रा गर्नुभन्दा अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिनुहोला।  

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुन सक्छ यस्तो अवस्थामा सकारात्मक हुन जरुरी छ। आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्न सक्छ। कुनै देवालयको दर्शन गर्नुहोला। आर्थिक हानी हुनेसक्ने छ त्यसैले सर्तक रहनुहाेला।    

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन्। समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ। त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। आजको दिन परिवारका सदस्य  र अन्य कोही सदस्यसँग विवाद गर्दा पनि हानी हुनसक्छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकले शनिबार विवाद र झगडा नगर्नुहोला। आजको दिन कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ। यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ। शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ। चन्द्रमाको साथ रहेकाले तपाईंमा उत्साह बढ्नेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ। सहयोगी आफन्त र मित्रबाट साथ सहयोग हुनेछ। यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ। बिहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ। अध्ययन अध्यापनबाट तपाईंलाई सफलता प्राप्त हुनेछ। स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ। साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला। शिवालय  यात्राले तपाईंकाे मनमा शान्ति प्राप्त हुनेछ। तपाईंले कसैलाई अपमान नगर्नुहोला।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला। कलाकारितामा र रचनात्मक काममा मन जानेछ। परिवारमा वा स्त्रीजातिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला। तपाईंलाई विवादबाट हानी मात्र हुनेछ। आर्थिक व्यय हुने सम्भावना छ। आजको दिन अनावश्यक खर्च हुनसक्ने छ होस् पुर्‍याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाई हुनेछ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ। आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ। त्यसैले आजको दिन मानसम्मान समेत मिल्नेछ। सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला। सामाजिक कार्यबाट नै  तपाईंलाई सकारात्मक उर्जा मिल्नेछ। 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : देवालय र शिवालयको यात्राले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ। विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ। सकारात्मक सोच राखेर काम गर्नुहोला। तपाईंका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ। त्यसैले आजको दिन संयमताको खाँचो छ। आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईंमा सकारात्मक सोच आउने छ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ। साना बालबालबालिकालाई केही खाना र बस्त्र दान दिनुभयो भने मनमा हर्ष छाउने छ। शनिदेवताको मन्त्रजप गर्नाले पनि फाइदा हुनेछ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :आजको दिन अध्ययन अध्यापनमा समय बिताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ। गृहस्थ कर्ममा समय बिताउनु होला। सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला। नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला। बिहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ।



सम्बन्धित खबरहरु

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता