कालो मरिचकाे यस्ता छन् फाइदा
जाडोमा हाम्रो इम्युनिटी पावर कम हुन्छ । कालो मरिचको सीमित सेवनले गर्दा हाम्रो शरीरलाई स्वस्थ बनाउँछ । औषधियुक्त गुणले भरिपूर्ण यो मसाला जसले गर्दा खानामा थप स्वाद आउँछ । साथै, शरीरको लागि पनि यो फाइदाजनक छ ।
कालो मरिचको सेवनले गर्दा धेरै रोगबाट टाढा राख्छ । यसले ब्लड, सुगर लेवल र कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्छ । चिसोमा हाम्रो इम्युनिटी पावर कम हुन्छ साथै धेरै रोगहरूबाट ग्रसित भएको अवस्थामा कालो मरिचले यी कुराहरूबाट टाढा छुटकारा दिन्छ ।
वजन घटाउँछ ।
अध्ययनअनुसार कालो मरिचको सेवनले हाम्रो वजन घटाउँछ । कालो मरिचमा पाइने एन्टिओबेसिटीले गर्दा हाम्रो वजन कन्ट्रोल गराउँछ ।
सर्दी र कासोको राम्रो उपचार
सर्दी र कासोबाट टाढा राख्नका लागि कालो मरिचले मद्दत गर्छ । मेडिकल रिसर्चका अनुसार यसमा रहेको ‘पाइपरिन’ नामक तत्वले गर्दा सर्दी, कासो जस्ता समस्याबाट छुटकारा दिलाउँछ ।
खाना नरुच्नेलाई फाइदा
भोक नलाग्ने मानिसले कालो मरिचलाई खानामा मिलाई खाएमा ठीक हन्छ । कालो मरिचमा एलक्लान्इड, ओलेरोसिन र आयल जस्ता कम्पाउन्ड सामेल हुन्छ । जसले गर्दा भोकलाई बढाउन मद्दत गर्छ ।
गाँठागुँठी र छालाको रोग बाट पनि मुक्त
गाँठागुँठी र छालाको रोगबाट पीडित भएका व्यक्तिरूलाई कालो मरिच लाभदायक छ ।
यो पनि पढ्नुहोस्
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
जाडोमा श्वास प्रश्वास सम्बन्धी समस्याबाट कसरी बच्ने ?