English

माघे संक्रान्तिको बहुआयामिक विशेषता



विष्णुप्रसाद पोखरेल, प्राचार्य, वेद विद्याश्रम

माघ १ गतेलाई माघे संक्रान्ति, मकर संक्रान्ति, घ्यु चाकु खाने दिन तथा उत्तरायणको आरम्भको रूपमा मनाइने गरिन्छ । सूर्यले हरेक महिना राशि परिवर्तन गर्छ । वैशाख महिनामा मेष, वृष हुँदै भोलि माघ १ गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने भएकोले मकर संक्रान्ति भनेर मनाइएको हो ।

दुईवटा आयन हुन्छ एउटा दक्षिणायन र अर्को उत्तरायण । अहिलेसम्म दक्षिण दिशा तर्फबाट सूर्य उदाएको देखिन्थ्यो भने माघ महिनाबाट सूर्य उत्तरतर्फ उदाएको देखिँदै जानेछ र त्यसलाई उत्तरायण भनिन्छ । सूर्य उत्तरतिरबाट उदाउँदा दिन लामो हुन्छ र दक्षिण तिरबाट उदाउँदा दिन छोटो हुन्छ । माघे संक्रान्तिबाट सूर्य औपचारिकरूपमा उत्तरतिर जाँदा पृथ्वीको तापक्रम बढ्न थाल्छ । जसले गर्दा गर्मी बढ्छ र दिनहरू लम्बिन थाल्छन् ।

माघे संक्रान्ति एउटा यस्तो पर्व हो जुन हरेक समुदायले मनाउने गर्छ । नेपालको जुनसुकै भू–भागमा बस्ने, बाहुन, क्षेत्री, राई, लिम्बू, नेवार, गुरुङ, मगर, थारू आदि सबै जनजातिले माघे संक्रान्तिलाई आफ्नै तरिकाले मनाउने गरेको पाइन्छ । जाडो याममा आउने माघे संक्रान्तिले जाडोयामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ ।

यो पर्वलाई नयाँ वर्षको शुरुवातको रूपमा पनि विभिन्न समुदायले मनाउने गर्छन् । नाचगान गर्ने, मीठा मीठा परिकारहरू पकाएर खाने र हर्षोल्लासको साथ मनाइने यो पर्वको विशेष महत्त्व छ ।

माघबाट तातो दिनको शुरुवात हुने गर्छ । यो दिनमा विशेषगरी जलाशयहरूमा स्नान गर्ने भगवान् सूर्यको उपासना गर्ने गरिन्छ । पितृहरूको नाममा दान दक्षिणा गर्ने, विभिन्न परिकारहरू पकाएर पितृलाई चढाउने गरिन्छ ।

यो पर्वलाई नयाँ वर्षको शुरुवातको रूपमा पनि विभिन्न समुदायले मनाउने गर्छन् । नाचगान गर्ने, मीठा मीठा परिकारहरू पकाएर खाने र हर्षोल्लासको साथ मनाइने यो पर्वको विशेष महत्त्व छ ।

माघ १ गते खाइने विभिन्न परिकारहरूको पनि विशेष महत्त्व छ । माघ १ खिचडी पकाएर खाने चलन लामो समयदेखि चल्दै आएको हो । खिचडीमा प्रयोग हुने घ्यू, मासको दालले शरीरमा तागत प्रदान गर्छ । यो दिन उसिनेको तरुल पनि खाइन्छ तरुलमा प्रशस्त मात्रामा भिटामिन र आइरन हुन्छ जसले हाम्रो शरीरमा भिटामिन आइरनको कमी पूरा गर्छ । गाईको शुद्ध घ्यूले शरीरमा तागत दिन्छ र चिसोबाट बचाउँछ ।

तिलको परिकारहरू र चाकु पनि खाने चलन छ । यी खानेकुराहरूले पनि शरीरमा तागत दिने र विभिन्न भिटामिन्स मिनरल्सहरुको कमीलाई पूरा गर्छ । शरीरलाई बलियो बनाएर रोगसँग लड्ने क्षमता पनि बढाउँछ ।

धेरै समुदायले मनाउने यो पर्वले बहुआयामिक विशेषता बोकेको छ । हरेक समुदायको आ–आफ्नै मूल्य मान्यता छ र मनाउने चलन भने फरक–फरक छ । थारू समुदायले ‘माघ’ वा ‘माघी’ को रूपमा मनाउने यो पर्व मगरहरूले ‘माघ्या सकराति’ तथा नयाँ वर्षको रूपमा मनाउने गर्छन् ।

माघ महिनाबाट दिन लम्बिन्छ र चिसो पनि बिस्तारै हटेर जान्छ । मौसम परिवर्तन हुन्छ, सूर्य मकर राशिमा परिवर्तन गर्छ । यी सबैको कारण माघ १ गते पवित्र तथा शुभ दिन हो । त्यसैले, यो दिन पवित्र जलाशयमा गएर स्नान गर्ने, पूजा आराधना गर्ने, पितृहरूलाई स्मरण गर्ने गरिन्छ ।

यस दिनसँग अर्को एउटा कुरा पनि जोडिएको छ । तरुललाई पुसको अन्तिम दिनमा उसिनेर माघ एक गते खाने । ‘पुसे जाडो माघे घाम’ भनिन्छ । जसको अर्थ पुसको अन्तिम दिन उसिनेर राखेको तरुल रातभरि राख्दा त्यसले चिसो सोस्छ र अर्को दिन त्यो खाँदा अब चिसोको अन्त्य भयो है भन्ने अर्थ राख्छ ।

यो पनि…
थारू समुदायको माघ : नयाँ वर्ष कि आर्थिक वर्ष ?
माघ्या सकरातीको पुनर्जागरण



सम्बन्धित खबरहरु

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो