इन्डोस्कोपी किन र कसलाई ?
डा. अवशेष भण्डारी, पेट तथा कलेजो रोग विशेषज्ञ
सदाझैं ओपीडीमा बिरामी हेर्दै थिएँ । भर्खरै चिसो मौसम शुरु भइरहेको थियो । त्यतिबेला एक जना ४४ वर्षका पुरुष ओपीडीमा आउनुभयो । उहाँ विगत ६ महिनादेखि छातीको बीच भागमा पोल्ने, गाह्रो हुन्छ, कमजोरी हुन्छ भन्दै आउनुभयो ।
काठमाडौं नजिकै बस्ने उहाँ त्यहीँ नजिकै रहेको औषधि पसलमा ग्यास्ट्रिकको औषधि खाएर बस्नुभएको रहेछ । पसलमा ग्यास्ट्रिक हो भनेर दिएको औषधिले शुरुमा केही ठीक गरेता पनि पछि निकै छाती पोलेपछि उहाँ मुटुको डाक्टरकोमा जानुभएछ र त्यताबाट पेटको समस्या हो भन्दै पठा यहाँ पठाएका रहेछन् । उहाँको इन्डोस्कोपी गर्दा खाने नली (इसोफेगस) मा मासु पलाएको रहेछ । करिब १० सेमी लामो थियो जुन पछि जाँच गरेर हेर्दा क्यान्सर निस्कियो ।
इन्डोस्कोपी एउटा परीक्षण प्रकिया हो, यसको मद्दतले शरीरको भित्रपट्टि जाँच हुन्छ । एउटा लामो पातलो ट्युबमा क्यामरा राखिएको हुन्छ र भित्र (पेटको नली, पेट, आन्द्राको पहिलो र दोस्रो भागसम्म) राम्रोसँग नियालेर हेर्न सकिन्छ ।
इन्डोस्कोपी एउटा परीक्षण प्रकिया हो, यसको मद्दतले शरीरको भित्रपट्टि जाँच हुन्छ । एउटा लामो पातलो ट्युबमा क्यामरा राखिएको हुन्छ र भित्र (पेटको नली, पेट, आन्द्राको पहिलो र दोस्रो भागसम्म) राम्रोसँग नियालेर हेर्न सकिन्छ ।
सामान्यतया पेटको समस्या विभिन्न कारणले हुन सक्छ । त्यसको ठोस कारण के हो भनेर सीधै हेर्न मिल्ने एक मात्र उपाय इन्डोस्कोपी नै हो । यसले पेट र आन्द्रामा घाउ भएको, साँघुरिएको, मासु पलाएको र कतैबाट रगत बगे–नबगेको सबै स्पष्टरूपमा देखाउँछ ।
किन गरिन्छ इन्डोस्कोपी ?
इन्डोस्कोपी पेट र पाचन प्रणालीका विभिन्न समस्यालाई आफ्नै आँखाले हेरी त्यसका कारण पत्ता लगाउने सबैभन्दा राम्रो उपकरण हो । यसको प्रयोग विशेषगरी तल उल्लेख गरिएका समस्यामा गरिन्छ:
– निरन्तर लामो समयसम्म छाती पोलेमा
– पेटबाट रगत बगेको बेला, रगत बान्ता गरेमा, कालो दिसा गरेको बेला (दिसा कालो भनेको पेटबाट रगत गएको) भन्ने बुझिन्छ ।
– शरीरमा रगतको कमी भएमा प्रायजसो ५० कटेको मानिसमा रगतको कमी पेट र आन्द्राको समस्याबाट हुने भएकाले रगतको कमी हुँदा इन्डोस्कोपी गरेर हेर्ने गरिन्छ ।
– निरन्तर वाकवाकी वा वान्ता भएमा
– लामो समयसम्म पेट दुखेमा
– निल्न गाह्रो भएको बेला वा निल्दा केही अड्किएको अनुभव भएमा
– अनावश्यकरूपमा वजन घटेको खण्डमा
कतिपय मानिसलाई इन्डोस्कोपी धेरैपटक गरे आन्द्रा प्वाल पर्छ भन्ने भ्रम भएको पाइन्छ । तर, त्यो सत्य होइन । कतिपय मानिस माथिल्लो पेटलाई मुटु दुखेको भन्दै मुटुको समस्या भन्दै बसेको पाइन्छ । प्रायः मुटु र पेटको दुखाइ २५ देखि ३५ प्रतिशतमा उस्तै हुन्छ यसलाई ‘नन कार्डियाक चेस्ट पेन’ भनिन्छ । यस्तो प्रायः पेटको समस्याले हुने गर्छ ।
त्यस्तै, घाँटीको मुनिदेखि छातीको बीच भाग पोल्ने समस्या पनि पेट र आन्द्राको समस्याको कारणले हो भन्ने धेरैलाई थाहा नहुन सक्छ । यस्ता समस्या बेलैमा पहिचान नहुँदा ढिलो रोग पत्ता लाग्ने र उपचार गर्न कठिन पनि हुन सक्छ ।
इन्डोस्कोपीबाट पत्ता लाग्ने रोग
– अल्सर : पेट, आन्द्रा र छातीको नलीको अल्सर पत्ता लगाउने एक मात्र विधि इन्डोस्कोपी मात्रै हो ।
– क्यान्सर : पेट पाचन प्रणालीको क्यान्सर देखिने मात्रै होइन त्यसको पहिचान गर्नलाई चाहिने बायोप्सी इन्डोस्कोपीबाट मात्रै सम्भव छ ।
– पेट र आन्द्रा सुनिएको
– खाने नलीमा साँघुरो भएमा : जसले गर्दा खाना निल्न गाह्रो हुन्छ
– ग्यास्ट्रो इसोफेजिल रिफ्लेक्स
– पाचन प्रणालीमा समस्या : लामो समयसम्म दिसा नभएमा पहिलो टेस्ट भनेको सानो आन्द्राको मासुको जाँच हो, त्यसको लागि इन्डोस्कोपी गरिन्छ ।
इन्डोस्कोपी गर्दाको फाइदा
– रोगको ठोस निकास र पहिचान
– रगत आएमा रोक्न मिल्ने : पेटभित्रको रगत बगिराखेमा इन्डोस्कोपीबाट नै यसको रोकथाम गर्न मिल्छ र अपरेसन गर्नुपर्दैन ।
– केही अड्किएमा निकाल्न मिल्ने : सानो चिज (किल्ला, सिक्का खाएर अड्किएको खण्डमा) पेटको नलीमा अड्केको छ भने निकाल्न मिल्छ, अपरेसन गर्नुपर्दैन ।
– सानो मासु पलाएको ठाउँमा काट्न मिल्छ ।
यो पनि…
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् युरिक एसिडका लक्षण, कसरी बच्ने ?