English

जाडोमा श्वास प्रश्वास सम्बन्धी समस्याबाट कसरी बच्ने ?



डा. नविन कुमार मिश्र, छाती रोग विशेषज्ञ

गर्मी मौसमको तुलनामा जाडो मौसममा श्वास प्रश्वास सम्बन्धी समस्या बढि देखिने गर्छ । पहिले देखि नै श्वास प्रश्वास सम्बन्धी रोग भएका व्यक्तिहरूमा जाडो मौसममा झन् धेरै समस्या बढ्ने गर्छ ।

जाडो आफै पनि श्वास प्रश्वास सम्बन्धी समस्या बढाउने प्रमुख कारण हो । जाडोमा झ्याल ढोका थुनेर बसिन्छ, हिटर तापिन्छ । हिटरले कोठाको तापक्रम त बढाउँछ त्यसको साथै कोठाको मोस्चर पनि घटाइ दिने हुन्छ जसले नाकमा नै सुख्खा हुन्छ र राम्ररी काम गर्न पाउँदैन जसले गर्दा श्वास प्रश्वास सम्बन्धी समस्या बल्झिन्छ ।

दोस्रो कारण झ्याल ढोका थुनेर बस्दा भेन्टिलेसन राम्ररी हुँदैन । जसले गर्दा पनि श्वास प्रश्वास सम्बन्धी समस्याहरु बढ्छ ।

जाडोमा मौसममा प्रदूषण पनि बढी हुन्छ । त्यो प्रदूषणले प्रत्यक्ष असर हाम्रो श्वासप्रश्वास प्रणालीमा पार्ने देखिन्छ । यस समय सङ्क्रमणको जोखिम हुनुको साथै मुटु बिरामीका लागि पनि यी मौसममा विशेष स्वास्थ्यको ख्याल राख्नु पर्ने हुन्छ । न्यून तापक्रममा श्वासप्रश्वासमा कठिनाइ हुने, रुघाखोकी लाग्ने, सङ्क्रमण हुने पनि समस्या बढ्छ ।

बच्ने उपाय

– प्रदूषित क्षेत्रमा जान सकेसम्म नजाने
– निमोनियाबाट बच्न खोप लगाउने
– सामाजिक दुरी कायम राख्ने
– सङ्क्रमणबाट बच्न मास्कको प्रयोग गर्ने
– घाम लागेको पछि मात्रै हिँडडुल गर्ने
– शरीरलाई न्यानो बनाएर राख्ने
– झ्याल ढोका बन्द गरेर हिटरको प्रयोग नगर्ने
– कोठा तातो भइसकेपछि हिटर बन्द गरेर मात्र सुत्ने
– प्रशस्त पानी पिउने
– खानामा विशेष ध्यान दिने सन्तुलित तथा स्वास्थ खाना खाने

यो पनि पढ्नुहोस्
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् युरिक एसिडका लक्षण, कसरी बच्ने ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested