विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिरले । तिनै तस्बिरले विश्वचिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।
२१.इरानको तेहरानस्थितमा कुकुरहरू खेल्दै ।२०.भेनेज्वाइलाको कराकासस्थित खेल्दै बालबालिकाहरू । १९.उत्तरी इजरायलको ग्यालील सागरबाट बार्डफ्लुबाट नष्ट भएका चरा सङ्कलन गर्दै ।
१८.म्यानमारस्थित हात्तीलाई फलफूल खुवाउँदै ।
१७.अस्ट्रियाको बिस्कोफशोफेनमा देखिएको कुहिरो ।
१६. पाकिस्तानको लाहुरस्थित एक व्यापारी छाता बेच्दै ।
१५. बाल्टिमोर प्याटरसन पार्क डुङ्गा तालमा सूर्योदयको दृश्य ।
१४.चीनको बेइजिङस्थित रहेको ओलम्पिक टावरको अगाडि जमेको ताल पार गर्दै बासिन्दा ।
१३.ओमनको मस्कटमा यही जनवरी ४ आएको बाढीले डुबानमा पारेको सडक र कार ।
१२. चीनको दक्षिण पश्चिम गुइझाउ प्रान्तस्थित पाँच सय मिटर एपर्चर स्फेरिकल रेडियो टेलिस्कोप (फास्ट) ।
११.म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगर स्थित चरन क्षेत्रमा जान म्याग्दी नदिमा वारपारका लागि बनाइएको अस्थायी साँघुमा भेडा तार्दै गरेका भेडिगोठाला ।
१०. माघे सङ्क्रान्ति नजिकिँदै गर्दा टोखामा चाकु बनाउन सख्खर पकाउँदै युवा ।
८. फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ गाउँ हिउँले सेताम्मे ।
७. चितवनको सौराहामा टाङ्गामा सवार गर्दै आन्तरिक पर्यटक ।
६. ताप्लेजुङको फुङ्लिङ बजारको कोशेली घरुमा विक्रीमा राखिएको तोङ्वा लगायत काठबाट बनेका उपयोगी सामग्री ।
५. धनगढी उपमहानगरपालिका–३ को बडहरास्थित मोहना नदीमाथि निर्माण गरिएको काठे पुल ।
४.दुई दिनसम्म गाउँमा खानेपानी नआउँदा सेरी बजारबाट डोकोमा बोकेर खानेपानी घर ल्याउँदै जुम्लाको तिला गाउँपालिका – १ का बासिन्दा ।
३. कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य ।
२.नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा पहिरोपीडितका लागि बनाइएका टेन्ट ।
१. पिठ्युँमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर फर्कँदै गरेकी डोल्पाको मुड्केचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध ।