यी १० अनमोल विचारले कायापलट हुन्छ तपाईको जीवन !
तपाई जस्तो सोच्नुहुन्छ, त्यस्तै बन्नुहुन्छ । यो सोच्ने क्षमता तपाईले कति क्षेत्रमा प्रयोग गर्नुहुन्छ, त्यसमा भर पर्दछ । अर्थात् जो मानिस सधैँ राम्रो सोच्छ, सकारात्मक सोच्छ, त्यसैले सफल जीवन बिताउँछ । जीवनमा अघि बढ्नको लागि अनमोल विचारको आवश्यक पर्दछ ।
१. जीवनमा त्यहि मानिस सफल बन्छ, जो सकारात्मक सोच लिएर अघि बढ्छ ।
२. राम्रो गर्नु उत्कृष्ट हो, तर कोहि भन्दा पनि राम्रो गर्नु ठूलो कुरा हो ।
३. जो तपाईलाई समस्या परेको बेला सहयोग गर्न आउँछ, त्यो नै सच्चा मित्र हो ।
४. जस्तो सोच्नुहुन्छ, त्यस्तै बन्नुहुन्छ ।
५. अनुशासनले जीवनलाई महान बनाउँछ ।
६. जस्तो कर्म गर्नुहुन्छ, त्यस्तै फल मिल्नेछ ।
७. इच्छा नै दुखको मुख्य कारण हो ।
८. अनुहार क्रिम पाउडरले होइन, आफ्नो व्यवहारले चम्किन्छ ।
९. कमजोरी त सबैले निकाल्छन्, तर असल खोज्नु तपाईको महानता हो ।
१०. अहिलेको तिहार होइन, व्यवहार फिका भएको छ, त्यसैले कसैको अनुहारमा चमकता छैन ।