English

गायक भुपु पाण्डे भन्छन्–‘कलेज पढ्दा धेरै अस्रुग्यास खाइयो’



दाङको मौरीघाटस्थित श्री उच्च माध्यमिक विद्यालयबाट २०६२ मा एसएलसी (एसईई) दिएँ । नतिजा प्रकाशित हुँदा नै पास भएको थाहाँ पाएँ । बर्खे रोपाइँ थियो । बुबाले एक डोको आँप किनेर खेतालालाई खुसी भएर खुवाउनुभएको थियो ।

अहिलेको जस्तो ग्रेड सिस्टम थिएन । पास नै ठूलो लाग्थ्यो । नतिजा आएपछि सबैलाई कहाँ पढौं, के पढौं हुन्छ । डक्टर, इन्जिनियर हुने सपनाले विज्ञान विषय प्रायले छान्छन् । तर, मेरो रुचि सानैबाट गायनमा थियो । संगीत पढ्नका लागि काठमाडौं आएँ । संगीत विषयबारे बुझ्दा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा पढाइ हुने जानकारी पाएपछि मानविकी संकायमा संगीत र नेपाली मुख्य विषय लिएर भर्ना भएँ ।

अहिलेको (प्लस टु) भनिन्छ, पहिले ‘आईए’ भनिन्थ्यो । आईए पढ्दा कलेजमा धेरै राजनीति हुन्थ्यो । दिउँसोको पढाइ थियो । बाहिर नाराबाजी, ढुंगामुढा हुने, भित्र पढाइ हुन्थ्यो । दिनकै आन्दोलन हुन्थ्यो । कलेज पढ्दा अस्रुग्यास धेरै खाइयो ।

स्नातक तहमा शास्त्रीय संगीत पढेँ । बिहानको कक्षा थियो । आफ्नै कमाइले पढ्ने र करिअर बनाउनतर्फ केन्द्रित भएँ । भजन र गीत गाउँदै प्रायः म सप्ताहका कार्यक्रममा भेटिन्थेँ । कलेज त महिनादिनमा एकपटक जान्थेँ ।

आईए पढ्दासम्म घरबाटै खर्च पठाउनुहुन्थ्यो । आईए सकिएपछि होटेल लाइनमा इलेक्ट्रिक ड्रमसेट/ड्रमप्याड बजाउँथें । करिब एक वर्ष जति यहाँ ड्रमप्याड बजाएँ ।

स्नातक तहमा शास्त्रीय संगीत पढेँ । बिहानको कक्षा थियो । आफ्नै कमाइले पढ्ने र करिअर बनाउनतर्फ केन्द्रित भएँ । भजन र गीत गाउँदै प्रायः म सप्ताहका कार्यक्रममा भेटिन्थेँ । कलेज त महिनादिनमा एकपटक जान्थेँ । कलेजबाट एक हप्ताको बिदा मागेर महिना दिनसम्म झापा, मोरङ पोखरा, सुर्खेतलगायत विभिन्न जिल्लातिर हराउँथें । यिनै कार्यक्रमहरूमा गाउँदागाउँदै मैले केही एल्बमहरू निकालेँ ।

भिडभाडबाट टाढै रहन मनपर्छ । त्यसैले, होला कलेजमा धेरै साथी बनेनन् । अहिले पनि एक्लै बस्न मन पर्छ । त्यसैले, एकान्तपे्रमी भन्दा फरक नपर्ला ।

करिअरमा केन्द्रित भएकाले मज्जाले कलेज लाइफको अनुभव लिन पाइनँ । कलेज लाइफमा मन चञ्चले हुन्छ । तर, कलेज नगए पनि कोहीसँग लाइभ अफेयर भने चलेन । कलेजबाहिरका एक जनासँग थियो, तर गहिरो र लामो समय टिकेन ।

स्नातकोत्तर संगीत केन्द्रीय विभाग ललितकला त्रिविमा शास्त्रीय संगीत विषयमा गर्दै छु । सायद, यही फागुनमा थेसिस सकिन्छ । यसरी क्याम्पस नगई बित्यो मेरो कलेज लाइफ ।

यो पनि…
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन



सम्बन्धित खबरहरु

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

Latest










Popular
Suggested