English

देशभरि हिमपात



नेपालका विभिन्न जिल्लामा हिमपात भएको छ । पुस पहिलो साताबाट हिमपात शुरु भए पनि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेको हो ।

अहिले काठमाडाैंलगायत देशका विभिन्न भूभागहरूमा वर्षासँगै भारी हिमपात भएकाे छ । हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा दार्चुला, बैतडीलगायत उच्च हिमाली भूभागहरूमा हिमपात भएको छ । त्यस्तै, तेह्रथुम, संखुवासभा र ताप्लेजुङलगायतका पूर्वी जिल्लामा पनि हिमपात भएको छ । रसुवा, गाेरखा, कास्की, म्याग्दी, बागलुङलगायतका पहाडी तथा उच्च पहाडी जिल्लाहरुमा पनि बाक्लो हिमपात भएको छ । काठमाडौंको चन्द्रागिरी, शिवपुरीलगायतको क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण चिसो बढेको छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन् ।

जल तथा माैसम विज्ञान विभागका डोल्पाको सदरमुकाम दुनैमा हल्का हिमपात भए पनि उच्च क्षेत्रमा भारी हिमपात भएको छ । यसैगरी, मुगुको पुर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

मगु सदरमुकाम गमगढी बजारमा भारी वर्षा भएको छ । हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोङ गाउँपालिका, सोरु गाउँपालिकाका केही क्षेत्रमा सेताम्ये देखिएका छन् ।

किसान खुसी
मध्य पुसमा भारी हिमपात हुँदा कृषिबाली सप्रिने भन्दै किसान खुसी भएका छन् । गहुँ, जौँको उत्पादन बढ्ने आशा पलाएको किसान मणिचन्द्र भामले बताए ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested