English

नेप्सेमा सामान्य अंकको गिरावट



साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ । बुधबार सेयर बजार चार दशमलव २३ अंकले घटेर दुई हजार चार सय १४ दशमलव ६२ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

बजारमा २२८ वटा कम्पनीको ९८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५८ करोड रुपियाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक छ । बैंकले १६ करोड ५८ लाख रुपियाँ बराबरको सेयर कारोबार गरेको छ ।

नेप्सेका अनुसार ९० वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी सातवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । बैंक, माइक्रोफाइनान्स, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

दिव्यश्वरी हाइड्रोपावर, सामलिङ पावर कम्पनी, मल्टिप्रपोस फाइनान्स, आँखु खोला जलविद्युत कम्पनीलगायतको सेयर मूल्य बढेको छ । त्यस्तै, सबैभन्दा मूल्य घट्ने कम्पनीहरूमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्सलगायत छन् ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

काठमाडौं, भदौ १९ : केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

काठमाडौं, भाद्र १५, २०८२ :NIMB Ace Capital Limited ले Pioneer Law Associates र ICRA Nepal Limited सँगको सहकार्यमा २९ अगस्त

Latest










Popular
Suggested