प्रकाशमान सिंह : सभापतिको दौडधुपसँगै ससुरा पनि बन्ने सुरसार
शुक्रवार नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको उद्घाटनमा मग्न थियो । यो महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व छान्दै छ । यही नयाँ नेतृत्वका लागि अहिले कांग्रेसभित्र रस्साकस्सी चल्दै छ । महाधिवेशनको यो चटारोमा अहिले सबैभन्दा कोही यदि ब्यस्त छ भने ती हुन्, प्रकाशमान सिंह ।
कांग्रेसका सर्वमान्य नेता तथा लौह पुरुष गणेशमान सिंह र नेतृ मंगलादेवी सिंहका छोरा प्रकाशमानले सभापतिमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने माग चल्दै आएको हो । संस्थापन इतर पक्षबाट रामचन्द्र पौडेलदेखि शेखर कोइराला, प्रकाशमान, शंशाक कोइराला, विमलेन्द्र नीधि लगायतले सभापतिमा आफ्नो दावी गरिरहेका छन् ।
संस्थापन इतरबाट सभापति पदका लागि एउटै नेता छान्ने भन्दै प्रकाशमान निवास चाक्सीबारीमा दर्जनौ पटक बैठक पनि बस्यो । यसले पनि प्रकाशमानको ब्यस्तता बढायो ।
कांग्रेसको १४ औं महाधिवेशन प्रारम्भ भएको शुक्रवार साँझ कुपण्डोलस्थित हिमालय होटलमा प्रकाशमान र सिर्जना सिंहका कान्छा छोरा अर्थात गणेशमान र मंगलादेवीका नाती भाष्करमान आफ्नो प्रेमिकासँग ‘इन्गेजमेन्ट’ गरिरहेका थिए ।
प्रकाश राणाकी छोरी आकृर्तिसंग भाष्करले इन्गेजमेन्ट गर्दा होटलमा पारिवारिक सदस्य र नजिकका साथीहरुको उपस्थिति थियो ।
सभापतिका दावेदार प्रकाशमान र उनकी श्रीमती सिर्जनाले चुनावी रन्कोबाट केही फुर्सद निकालेर छोरा र उनले रोजेकी प्रेमिकालाई ‘इन्गेजमेन्ट’ को आशिर्वाद दिइरहेका थिए ।
कान्छा छोरा भाष्करमानले पनि अन्तरजातिय विवाह गर्नका लागि आकृर्तिसंग इन्गेजमेन्ट गरे । काठमाडौंको नेवार परिवारमा अन्तरजातिय घुलनको यो गजबको उदाहरण हो ।
गणेशमान र उनको परिवार अनि चाक्सीबारीको त्यो राणाकालीन घर अहिले पनि धेरैको स्मृर्तिमा लोकतन्त्रको ब्राण्डको रुपमा स्थापित छ ।
प्रकाशमानका जेठा छोरा प्रभाशमानले होटल सांग्रीलाका मालिक प्रसिद्धबहादुर पाण्डेकी छोरी नीकितासँग प्रेम विवाह गरेका थिए ।
कान्छा छोरा भाष्करमानले पनि अन्तरजातिय विवाह गर्नका लागि आकृर्तिसंग इन्गेजमेन्ट गरे । काठमाडौंको नेवार परिवारमा अन्तरजातिय घुलनको यो गजबको उदाहरण हो ।
रमाइलो के छ भने प्रकाशमानकी श्रीमती सिर्जना र जेठा छोरा प्रभाशमानसमेत यसपटकको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि छन् । प्रकाशमान त सभापतिको दावेदार भइहाले ।
तर यति राजनीतिक ब्यस्तताका बीच पनि कान्छो छोरोको प्रेमलाई प्रकाशमान परिवारले साकार तुल्याए ।
तस्बिरहरु : विकास रौनियार
यो पनि…
शेखरको ब्याक हुने संकेत: अब रामचन्द्र र प्रकाशमान बिच टकराब
प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित