English

नाडाको अध्यक्षमा थापा विजयी, चौधरी ६६ मतले पराजित



अटो व्यावसायीहरुको संगठन नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहिबार सोल्टी होटलमा भएको निर्वाचनमा थापाले प्रतिस्पर्धी करण चौधरीलाई ६६ मत अन्तरले पराजित गरेका हुन् ।

३ हजार मतदाता मध्ये निर्वाचनमा २ हजार ७ सय ८८ मत खसेको थियो । जसमध्ये थापाले १ हजार ४ सय १३ मत ल्याए भने चौधरीले १ हजार ३ सय ४७ मत प्राप्त गरे ।

कार्यसमिति सदस्यमा भने अधिकांश चौधरी समूहबाट विजयी भएका छन् । उक्त टीमबाट अनुपकुमार बराल, मिलनबाबु मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई, निलमणी पाठक, वरदान बस्नेत, पंकज अग्रवाल विजयी भएका छन् ।

यसैगरी, थापा प्यानलबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी भएका हुन् निर्वाचनमा सर्वाधिक मत मिलनबाबू मल्लले ल्याएका छन् भने दोस्रोमा अनुपकुमार बरालले पाएका छन् । मल्लले १ हजार ४ सय ६५ ल्याए भने बरालले १ हजार ४ सय ६३ मत पाएर विजयी भएका हुन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested