अोमिक्रोनलाई अहिले प्रयोगमा अाएकै खोपले काम गर्छ: डब्लूएचओ
अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्टमा ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओ ) ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्लूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् ।
प्रचलित खोपले सबै भेरियन्टका संक्रमणलाई अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन सङ्क्रमितहरू माथि गरिएको एउटा ल्याब परीक्षणमा अहिले प्रयोगमा आएकै खोपले काम गर्ने देखिएको हो ।