English

किशोरावस्थाको ब्रेकअपमा अविभावकको भूमिका



भनिन्छ प्रेममा पर्नलाई सार्है गार्हो छ। तर त्यो भन्दा गार्हो प्रेममा टिकी रहनलाई छ। उमेरको हदबन्दी नहुने प्रेम सम्बन्ध प्रेमिल बनाईराख्न निकै कठिन छ। स्वस्थ प्रेम सम्बन्धले शरीरमा सकारात्मक उर्जा भर्छ। प्रेम सम्बन्धमा हुने तिक्तता र त्यसबाट उत्पन्न हुने तनाव उमेरअनुसार फरक हुन्छ।

ढल्कदै गएको उमेरमा हुने प्रेमको उल्झन् व्यवस्थापन क्रमिक रुपमा हुनसक्छ। तर, तुलनात्मक रुपमा काँचो किशोरकालिन उमेर समुहमा सामान्य समस्याको परिणाम पनि जटिल मात्र नभएर व्यवस्थापन गर्न कठिन किसिमको समेत हुनसक्छ। ब्रेकअपपछि किशोर उमेरका सन्तानलाई सहज अवस्थामा फर्काउन अभिभावकको भूमिका महत्वपुर्ण रहन्छ ।

साथीभाई जस्तो खुलेर कुरा गर्ने
पुरातनवादी बाबुआमा जस्तो गालीगलौज गर्ने नगर्नुहोस्। यो उमेरमा प्रेम गर्ने ? भन्दै हप्काउनुको साटो उनीहरूसँग साथीभाईलाई जस्तो खुलेर कुरा गर्नुस्। यसले उनिहरुको तनावको तह घटाउछ। सम्बन्ध सुरु र अन्त्य भएको बारेमा सोध्नुहोस। अब, त्यसबाट बाहिर आउने उपाय सिकाउनुहोस। प्रेम र आकर्षणको भिन्नता बुझाउनुस्। किशोरावस्थाका प्रेम सम्बन्धहरु क्षणिक हुन् भन्ने तर्क पस्कनुहोस।

साथीहरुसँग कुरा गरेर बुझ्नुस्
पुस्तान्तरका कारण किशोरावस्थामा अभिभावक र सन्तान बिच दुरी कायम हुने हुन्छ। यो समयमा अभिभावकले प्रेम सम्बन्ध थाहा पाए थप समस्या हुने डरले तपाईंका सन्तानले धेरै कुरा लुकाएका हुनसक्छन्। यस्तो अवस्थामा पहिला आफ्ना सन्तानको विश्वासपात्र बन्नुहोस्। त्यो सम्भब भएन भने विश्वासपात्र खोज्नुहोस्। तपाईंका सन्तानले साथीसँग वा विश्वासपात्रसँग खुलेर कुरा राखेका हुन्छन। तिनलाई घरमा बोलाउनुहोस् र सामुहिकरुपमा कुरा गर्नुहोस्। उनीहरुको समस्या राख्न सहजीकरण गर्नुहोस् फलस्वरूप उनीहरुले गलत कदम उठाउन नपर्ने वाताबरण निर्माण हुन्छ।

पढाइ र करियरको महत्व बुझाउनुस्
किशोरावस्थाका प्रेम सम्बन्धहरु र त्यसबाट उत्पन्न उल्झनले पढाइ र करियरमा प्रत्यक्ष प्रभाव पार्छ। आफ्ना सन्तानलाई करियर र पढाइको महत्व बारे सचेत गराउनुहोस्। उनिहरुको उमेर अनुसार अहिले पढाइको समय भएको हुदा पढाइमा ध्यान दिन आग्रह गर्नुस्। पढाइ सकेर करियरको निधो गर्दै सेटल हुने प्रेम वास्तविक हुन्छ भन्ने तर्क पस्कनुहोस। प्रेम सम्बन्धकै कारण जीवनमा परेको असरबारे केही उदाहरण सम्झाउनुहोस्।

राम्रो कामको प्रशंसा गर्नुहोस्
मानसिक रुपले कच्चा मानिने किशोर उमेरमा प्रसंशाको खाचो पर्छ। आफ्ना सन्तानले गरेको केहि राम्रा कामको प्रसंशा गर्नुहोस। यो उमेर समयमा सोखका रुपमा केहि नयाँ गरूँ भन्ने भाव आउछ। आफ्नो सन्तानले रुचि देखाएको विषयमा अगाडि बढ्न हौसला दिनुहोस्। यसले ब्रेकपको तनाबबाट छिटो छुटकारा दिलाउन् मद्धत गर्छ।

यो पनि पढ्नुहोस् :
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु
गाईले नब्याउँदै दूध दिन थालेपछि…

जसले १०० शवसँग यौन सम्पर्क गरे



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested