English

प्रचण्डले भने– राप्रपा र हाम्रो गोत्र मिल्छ



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका छन् । देश र जनताको पक्षको विचारमा दुवै पार्टीको विचार मिल्ने उनको भनाइ छ ।

भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रको मिल्ने बताएका हुन् ।

‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन । तर, देश र जनताको पक्षमा भने समान छ’, प्रचण्डले भने, ‘त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ ।’

पूर्ववर्ती वक्ता नेकपा मालेका महासचिव सिपी मैनालीले माओवादी युद्ध असफल भएको बताएपछि यसको जवाफ दिँदै प्रचण्डले भने, ‘हिजो उहाँ (सिपी) राजतन्त्रविरुद्ध लाग्नुभयो, माओवादी नेताको टाउको काट्नुपर्छ भन्नुभयो । अहिले त राजाको तारिफ गर्नुभयो । उहाँ त राप्रपाको अध्यक्षमा उठ्दै हुनुहुन्छ कि जस्तो लाग्यो ।’

यो पनि पढ्नुहोस् :
सम्पादकीय : एनआरएनएमाथि बुल्डोजर चलाउन बन्द गर सरकार
एमाले महाधिवेशन : भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्
एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा युवाको वर्चश्व, आउलान् त ३० प्रतिशत नयाँ अनुहार ?
एमाले महाधिवेशन: सहभागीले सडकमै पकाए, सडकमै खाए (फोटो फिचर)
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
एमाले अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested