English

रुप के हो, सौन्दर्य के हो ? कमलालाई सोध



आजभन्दा ४२ वर्षअघि हो, कमला श्रेष्ठले व्यवसायमा हात हालेको । जतिबेला महिलाहरु चुलो–चौको र घर–व्यवहारमामात्र सीमित थिए । व्यवसाय त कल्पनामा समेत आउँदैनथ्यो । तर,कमला अर्कै माटोले बनेकी थिइन् । त्यतिबेला सौन्दर्य कला सम्बन्धी काठमाडौं र भक्तपुरमा जम्मा तीन वटा पसल थिए । २०३४ मा थाइल्याण्डबाट सीप सिकेर नेपाल आएकी कमलाले २०३६ मा ललितपुरमा पहिलोपटक १० हजार लगानीमा ब्यूटी पार्लर संचालनमा ल्याइन् ।

व्यवसाय त सुरु गरिन् तर, ग्राहक पाउन मुस्किल । ब्यूटी पार्लर भनेकै थाहा थिएन धेरैलाई । त्यसमाथि सिंगारिन ब्यूटी पार्लर जाने भनेपछि लाज, संकोच र परिवारको डर थियो । आँटै गरे पनि परिवारबाट स्वीकृति पाउने अवस्था थिएन । कपाल काटेको १३ रुपैयाँ । त्यसबेला यति रकम दिएर कपाल काट्नु भनेको जिब्रो टोक्नु जस्तै थियो ।

विराटनगरमा जन्मिएर धरानबाट एसएलसी दिएकी कमलाको २०२८ मा कक्षा ८ मा पढ्दा नै बिहे भयो । बिहेपछि मान्छेको जीवन नै सकिन्छ भन्ने छ, तर उनको जीवन बिहेपछि बल्ल सुरु भयो । आइए पास गर्दा जेठो छोरो जन्मिए । बिए पढ्दा कान्छो छोरोलाई जन्म दिइन् । उनी बिए पास हुनु र उनका श्रीमान् (युएनका जागिरे)को बैंककमा सरुवा हुनु संयोग भइदियो । उनी पनि श्रीमानसँगै उतै लागिन् ।

थाइल्याण्डबाट नेपालमा सामान भित्र्याएर एउटा टेबल र कुर्सी राखेर सानो कोठाभित्र व्यवसाय सुरु गरेकी कमलालाई सुरुवाती दिनमा ग्राहक पाउनै धौँ–धौँ थियो । धेरैका लागि अनौँठो जो थियो उनले गरेको व्यवसाय । विस्तारै हल्ला फैलियो । हल्ला उच्च घराना परिवारसम्म पुग्यो । त्यसपछि त हो कमलाले काम पाउन थालेको । सानो बाल्टिनमा मगको सहायताले राणा परिवारका सदस्य, राज परिवार निकट, मन्त्री र सचिवका आमा–छोरीको कपाल पानीले धोइदिन पाउँदा उनलाई आनन्द आएको ।

‘मान्छेलाई सम्झाउन–बुझाउन नै गाह्रो भयो’ कमला सम्झिन्छिन््, ‘विस्तारै मान्छेहरु आउन थाले । मैले पनि महिनाको ८० रुपैयाँसम्म कमाई गरेँ ।’ त्यसैबेला अर्थात ०३६ मा भूँइचालो गयो । उनले कोठाबाहिर सामान निकालेरै भए पनि काम गरिन् । तर ब्यवसायबाट पलाइन भइनन् ।

बिहेले जुराएको अवसर

विराटनगरमा जन्मिएर धरानबाट एसएलसी दिएकी कमलाको २०२८ मा कक्षा ८ मा पढ्दा नै बिहे भयो । बिहेपछि मान्छेको जीवन नै सकिन्छ भन्ने छ, तर उनको जीवन बिहेपछि बल्ल सुरु भयो । आइए पास गर्दा जेठो छोरो जन्मिए । बिए पढ्दा कान्छो छोरोलाई जन्म दिइन् । उनी बिए पास हुनु र उनका श्रीमान् (युएनका जागिरे)को बैंककमा सरुवा हुनु संयोग भइदियो । उनी पनि श्रीमानसँगै उतै लागिन् ।

१९ वर्षको उमेरमा बैंकक उनका लागि सपनाको सहर बनिदियो । समय र ठाउँलाई सदुपयोग गर्दै उनले सिंगार कला सिकिन् र केही वर्षपछि नेपाल फर्किइन् । त्यसपछि नै हो कमलाले ललितपुरमा व्यवसाय सुरु गरेको । भइदियो के भने कमलाका ससुराले उच्च खानदानकी बुहारी भएर जाबो सिंगार पसल खोलेको भन्दै उनले छोएको पानी नै खाएनन् । परिवारबाट विरोध भयो । तर, उनका श्रीमान्ले साथ छाडेनन् । कमला पनि एकदिन ससुराको मन जित्ने प्रयत्नका साथ काममा लागिरहिन् ।

जब नेपाल टेलिभिजन आयो

कुरा २०४२ सालको हो । नेपाल टेलिभिजनको स्थापना भयो । त्यसको एक साताभित्र उनले ‘घर परिवार’ कार्यक्रम चलाइन् । उनको कार्यक्रमले धेरैमा सिंगारप्रति आकर्षण बढायो । कमला भन्छिन्, ‘कार्यक्रमपछि मानिसमा सौन्दर्यको महत्व र आवश्यकताबारे थाहा हुन थाल्यो । यसरी चासो र आकर्षण बढ्दै गयो ।’ उनको नाममा थुप्रै पत्रहरु आउन थाले । सुन्दर कसरी हुने, सिंगारका लागि के गर्ने आदिबारे सोधिएका ती प्रश्नको जवाफ उनले पनि हरेकलाई पत्रैमार्फत फर्काइन् । केही पत्रमा महिलाले ‘हामी पनि तपाईंले गरेको काम सिक्न चाहन्छौँ’ लेखेका थिए । यस कुराले उनलाई झस्कायो ।

पछिल्लो समय सौन्दर्य कला व्यवसाय यसरी फैलिएको छ कि हरेक चोक र गल्लीमा साइन बोर्ड झन्ड्याइएका पसलहरु देख्न सकिन्छ । काठमाडौंमात्र होइन, गाउँमा समेत बरु औषधि पसल नहोला ‘ब्यूटी पार्लर’ भेटिन्छन् । यससँगै व्यवसायको आडमा गलत काम गर्नेहरु पनि बढिरहेका छन् । कतिपय स्थानमा त यौन धन्दा नै हुने गरेको समाचार बाहिर आएका छन् । यस्तो कुरा सुन्दा कमलालाई चित्त दुख्छ ।

अनि कमलाले २०४९ सालमा ‘सायम इस्टिच्यूट अफ हेयर डिजाइन एण्ड ब्यूटी केयर’ नामक तालिम केन्द्र खोलिन् । नेपालमै पहिलोपटक । पहिलो कक्षामा ४ जना विद्यार्थी भर्ना भए । त्यसपछि उनले पुरुषका लागि पनि भर्ना खोलिन् । उनीहरु पनि व्यवसायमा आकर्षित भए । त्यहि जनशक्तिको माध्यमबाट अहिले नेपालभर व्यवसाय फैलिएको छ । पढेलेखेका युवा–युवतीको समेत आकर्षण बढ्को छ । देशभर सयौँ सौन्दर्य कलासम्बन्धी पसलहरु खुलेका छन् । कमलाको सायनले मात्र हालसम्म हजारौँ जनशक्ति उत्पादन गरेको छ ।

सौन्दर्य कला व्यवसायको संस्थापक अध्यक्ष कमला भन्छिन्, ‘अहिले त देशभर २ लाखभन्दा धेरै ब्यूटिसियनहरु हुनुहुन्छ । यो देख्दा मलाई निकै खुसी लाग्छ ।’ यो सबै हुनुमा उनी मिडियाको ठूलो देन रहेको बताउँछिन् । नेपाल टेलिभिजनपछि खुलेका प्राय टेलिभिनमा उनले सौन्दर्य कला सम्बन्धी कार्यक्रम चलाएर मानिसमा यस सम्बन्धी ज्ञान बाँडेकी छिन् ।

पहिले मानिसहरु सौन्दर्य कला भन्नासाथ नक्कल—झक्कलका लागि गरिने अनावश्यक मेकअप भन्ने बुझ्थे । तर, अहिले स्वास्थ्य र विज्ञानसँग पनि जोडिएको छ है भन्ने ज्ञान हुन थालेको छ । यसलाई कमला समयानुसार भएको परिवर्तन मान्छिन् । भन्छिन्,‘त्यसैले पहिले सौन्दर्य कलालाई फेसनको रुपमा हेर्थे भने अहिले सबैको आवश्यकता भएको छ ।’ सौन्दर्य कला भन्नाले कपाल काट्ने र मुख सिंगार्ने काम मात्र होइन । मानसिक तथा शारीरिक रुपमा आफूलाई स्वस्थ राख्नु पनि हो । यसका पनि विविध आयामहरु छन् । भित्रीरुपमा मानिसमा कसरी सौन्दर्यको विकास गर्ने भनेर विभिन्न सेमिनार तथा तालिमहरु समेत हुन्छन् ।

गलत कामले बदनाम

पछिल्लो समय सौन्दर्य कला व्यवसाय यसरी फैलिएको छ कि हरेक चोक र गल्लीमा साइन बोर्ड झन्ड्याइएका पसलहरु देख्न सकिन्छ । काठमाडौंमात्र होइन, गाउँमा समेत बरु औषधि पसल नहोला ‘ब्यूटी पार्लर’ भेटिन्छन् । यससँगै व्यवसायको आडमा गलत काम गर्नेहरु पनि बढिरहेका छन् । कतिपय स्थानमा त यौन धन्दा नै हुने गरेको समाचार बाहिर आएका छन् । यस्तो कुरा सुन्दा कमलालाई चित्त दुख्छ ।

भन्छिन्, ‘कलात्मक व्यवसायलाई यसरी गलत काममा प्रयोग गरेको देख्दा साह्रै चित्त दुख्छ । यसतर्फ सरकारले कुनै एक्सन लिन्छ भन्ने मेरो विश्वास छ ।’ लगातार तीन वर्ष उद्योग वाणिज्य महासंघको महिलातर्फको अध्यक्ष बनेकी कमला आफूले पनि यस विषयमा सरकारी पक्षसँग कुरा गरेको बताउँछिन् । विस्तारै यस्ता गतिबिधि नियन्त्रित हुने उनको विश्वास छ । ‘हामीले त यस व्यवसायको जगमात्र बसालेको हो’ कमला भन्छिन्, ‘अब यसको साख जोगाउँदै युवा पुस्ताले घर बलियो बनाउनुपर्छ ।’

ब्यक्तिगत जीवन : कहिले घाम कहिले छायाँ

बैंककमा बस्दा कमलाले मोटरसाइकल चलाउन सिकेकी थिइन् । नेपाल फर्कदा उनले उतैबाट १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन् । काठमाडौं सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो । ‘केटीले मोटरसाइकल चलाएको हेर न हेर’ भन्दै मानिसहर झुम्मिन्थे । कमलालाई भने यो सबै कुरा देख्दा र सुन्दा रमाइलो लाग्थ्यो । अहिले पनि ती दिनहरु सम्झदा उनी आफ्नो तन्नेरी उमेर सम्झन्छिन् ।

उनको जीवनमा एउटा दुःखद् क्षण पनि छ । जसका कारण उनी यो व्यवसायबाट टाढा हुनै लागेकी थिइन् । व्यवसायबाट मात्र होइन, जीवनदेखि नै उनलाई विरक्त लागेको थियो । जतिबेला उनले दुर्घटनामा १७ वर्षको छोरा गुमाउनुपर्यो । छोरा गुमाएपछि उनी १५ दिनसम्म मुर्छा परिन् । आफूलाई सम्हाल्न सकिनन् । कमला भन्छिन्, ‘सबैले यत्रो उचाईमा पुगेकी कमला अब उठ्न सक्दिनँ भन्ने सोच्नुभएको थियो तर, म उठेँ ।’ कमलालाई गुमाइसकेको कुरामा आँसु झारेर आफूसँग रहेका श्रीमान् र अर्को एक छोरालाई दुःखी बनाउन हुँदैन भन्ने लाग्यो । त्यसपछि त हो उनले, गुमाएको कान्छो छोराको नाम (सायम) राखेर सौन्दर्य कलासम्बन्धी इस्टिच्यूट खोलेको ।

जसको शाखा आज कमलाले अमेरिका र युरोपमासमेत विस्तार गरेकी छन् । १० हजार रुपैयाँमा ललितपुरको एउटा सानो कोठाबाट सुरु गरेको व्यवसाय अन्तर्राष्ट्रियसतरसम्म फैलिएको देख्दा कमला अहिले आफै मख्ख छिन् । हाल उनी सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष हुन् । उनी हालसालै राष्ट्रपतिद्घारा प्रवल जनसेवा श्री चतुर्थ श्रेणीबाट सम्मानित समेत भइन् । यस्ता सम्मानले उनलाई कामप्रति अझ जोश जगाउँछ ।
किन ? किनकी,आखिर कमला अलिक अर्कै माटोले जो बनेकी छिन् ।

यो पनि पढ्नुहोस्
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय
आलुमा छ, सौन्दर्यता बढाउने गुण
कोरोनाले सौन्दर्य व्यवसायी महिला पुनः भान्सामै सिमित हुनुपर्ने अवस्था



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित