यात्रा संस्मरण: आँखामा इजरायल–सम्झनामा साइप्रस
भनिन्छ,कूटनीतिमा खानपिन तथा पहिरनले धेरै कुराको संकेत गर्छ । कूटनीति यस्तो क्षेत्र हो जहाँ लुगा लगाउने र खाना खाने,बोल्ने शैलीले अर्थ राख्छ । यसैले कूटनीतिमा एउटा भनाई निकै चर्चित पनि छ, ‘Wining and Dining is the Soul of Diplomacy.’
दूतावास र कूटनीतिज्ञहरुको निवासहरुमा राम्रो लुगा लगाएको र खाना खाने टेबलहरुमा केन्द्रित राम्रो खाना र पेय पदार्थको बारेमा अनगिन्ती कूटनीतिक छलफलहरु हुने गर्दछ । पारखी कुटनीतिज्ञले वाईन पाहुनाहरुलाई पस्कदा पहिला आफुले चाख्छन् । त्यो पनि वाईन गिलासमा राखेर घुमाए पछि कति ढिलो वाईन तल झर्दछ भन्ने कुराले वाईनको स्तर मापन गर्दछ । वाईन विस्तारै झर्दा त्यस्लाई वाईनको खुटृा भनिन्छ भनि वाईनका पारखी अफगानिस्तानका राजदूत पत्निे बयान गरेको सम्झना आउदछ ।
खानपिन र पहिरन त छदैँछ, कूटनीतिमा भ्रमणले पनि उत्तिकै अर्थ राख्छ ।
कूटनीतिक सेवामा प्रवेश गरे पश्चात सकेसम्म बढीभन्दा बढी देश भ्रमण गर्ने उत्कृष्ट अभिलाषा थियो । त्यही अभिलाषाले मलाई पृथ्वीका ६ महादेशका ७४ मुुलुक सम्म पुर्यायो । विश्वका सवभन्दा साना मुलुकमा दरिने भ्याटिकन, मोनाको, सान मारिनो, लिचेन्स्टेन, आन्दोरादेखि सवभन्दा ठूलो भूगोल भएको रसियन फेदरेशन पनि गईयो ।
भ्रमण गरेका मुलुकहरुको आआफ्नै विशेषताहरु छन्। दक्षिण अमेसकस् मुलुक उरुग्वेको आकार ठ्याक्कै फुटबल जस्तै छ भने, बलौटे माटो मात्र पाईने जीबुटी पनि गईयो । तर सदा मनमा छाई रहने कम मुलुकहरु मध्य अहिले मेरो स्मृर्तिमा ताजै रहेकोा देशहरु हुन् इजरायल तथा साइप्रस । ईजरायल संग नेपालको निकै राम्रो सम्वन्ध रहंदै आएकोछ। ईजरायल देशको स्थापना पश्चान् नेपालले पनि कुटनैतिक मान्यता शुुरुशुरुमै दिएकोले यस्लाई सो मुलुकले निकै कृतज्ञताका साथ लिने गरेको छ । केहि वर्ष अगाढि ईजरायलले आफ्नो राजदूतावास बन्द गर्नै कुरा सुनिए पछि नेपालले हाम्रो पुरानो तथा आत्मिय सम्वन्धमो हवाला दिए पनि सो काम निरुत्साहित गरिएको थियो। ईजरायलवाट नेपाललाई विभिन्न क्षेत्रमा सहयोग पनि प्राप्त भराखेको छ ।
भ्रमण गरेका मुलुकहरुको आआफ्नै विशेषताहरु छन्। दक्षिण अमेसकस् मुलुक उरुग्वेको आकार ठ्याक्कै फुटबल जस्तै छ भने, बलौटे माटो मात्र पाईने जीबुटी पनि गईयो । तर सदा मनमा छाई रहने कम मुलुकहरु मध्य अहिले मेरो स्मृर्तिमा ताजै रहेकोा देशहरु हुन् इजरायल तथा साइप्रस ।
इजरायल एउटा यस्तो देश हो,जुन देश विविध कारणहरु बोकेर विश्व मानचित्रमा स्थापित छ । २७ वटा शत्रुवत व्यवहार गर्ने मुलुकहरु नजिक रहेरपनि ईजरायलले आप्mनो आत्मरक्षा गरेकै छ । सुरक्षाको मामिलामा ईजरायल अन्य देश भन्दा निक्कै चनाखो भएको पाईन्छ । सन् १९८५ मा जापानको चुकुत्रा एक्पोजिसनमा घुम्दै जांदा ईजरायलले विकास गरेको हाईड्रोपोनी वाट माटो बिना फलाइएका विभिन्न फलफुल तथा विरुवाहरु देखेर आगन्तुकहरु छक्क परेका थिए । अतस् मेरो मनमा ईजरायलको भ्रमण बिना विश्व भ्रमण अधुरै हुने जिज्ञासा सदा जिवितै रही रहेको थियो।
पेरिसबाट फर्केको सात बर्ष पश्चात् पनि ईजरायल भ्रमणको स्मृति पातलिएको छैन ।मैले सम्झिरहेको छु,,त्यो जुन महिनाको मध्य तिर । आज भन्दा १० बर्ष अघि । फ्रान्सका लागि नेपाली राजदूतको गहन जिम्मेवारी बोकी परिवारसाथ हामी पेरिस पुगेको थियौ । केही समयपछि सन् २०११ फेब्रुअरी २० मा इजरायल भ्रमण गर्ने इच्छा राखी तारतम्य मिलायौ । तेल अभिभस्थित नेपाली राजदूतावासमा अन्यन्य मित्र रमेश प्रसाद खनाल कार्यरत थिए भने, अर्काे यूएनमा कार्यरत पुराना मित्र डा.ध्रुव कोइराला पनि हाम्रो भ्रमणको खबरले निकै खुशी भएका थिए ।
भ्रमणका लागी मैले हंगेरिएन एअरलाईन्स मालेभवाट हवाई टिकटहरु किने । तर आफुले इच्छा गर्दैमा सबै कुरा पुरा हुँदो रहेनछ । भयो के भने इजरायल प्रस्थान गर्नु एक साता अघि नै हंगेरियन एअरलाइन्स मालेभ घाटामा गएर सबै फ्लाइट अचानक बन्द भएछ । हामी तोकिएको समयमा इजरायलका लागि उड्न नसक्ने भयौँ । इजरायलमा हामी आउने बाटो हेरिरहेका हाम्रा मित्रहरु पनि खिन्न भए । अँन्दाजी २ लाख रुपैया स्वाहा भयो । सन् २०१२ मा इजरायल जान निकै कोशिस गर्यौँ । तर केहि गरे पनि पनि साइत भने जुरेन ।
तर ‘कुनै काम गर्ने प्रबल इच्छा शक्ति भएमा चिताएको पुग्छ’ भनेर त्यसै भनिएको होइन रहेछ । जसरी भए पनि इजरायल एकपटक पुग्ने हाम्रो अभिप्राय ताजै थियो । यही बेला हाम्रा अन्यन्य मित्र प्रल्हाद कुमार प्रसाई इजरायलका लागी नेपालको राजदूतको जिम्मेवारी लिएर आइसक्नु भएको थियो । यसपछि त इजरायलको भ्रमण गर्ने इच्छा झनै गहिरियो ।
आखिर त्यो दिन पनि आयो । २१ मार्च २०१४ का दिन म र मेरी श्रीमती पेरिसको ओर्ली विमानस्थल प्रयोग गरी टर्कीको पेगासस एअरलाइन्सबाट इस्तानबुल पुग्यौ । त्यहाँबाट रातको १० बजेको फ्लाइटबाट तेल अभिभका लागी उड्यौँ । हवाइजहाजको झयालबाट यसो बाहिर नियाल्छु,चुक घोप्टिएजस्तो अन्धकार । औँसीको रात जस्तो यस्तो अन्धकारमा हवाइजहाज कता तिर उडि राखेको छ अत्तोपत्तो छैन ? झण्डै ९० मिनेटको यात्रा पछि हवाइजहाज तेल अभिभ विमानस्थलमा ओर्लियो । राजदूतावासबाट कृष्ण तथा जगमोहन हामीलाई लिन आएका रहेछन् ।
‘कुनै काम गर्ने प्रबल इच्छा शक्ति भएमा चिताएको पुग्छ’ भनेर त्यसै भनिएको होइन रहेछ । जसरी भए पनि इजरायल एकपटक पुग्ने हाम्रो अभिप्राय ताजै थियो । यही बेला हाम्रा अन्यन्य मित्र प्रल्हाद कुमार प्रसाई इजरायलका लागी नेपालको राजदूतको जिम्मेवारी लिएर आइसक्नु भएको थियो । यसपछि त इजरायलको भ्रमण गर्ने इच्छा झनै गहिरियो ।
अर्को दिन अर्थात २२ मार्चमा तेल अभिभको मौसम निकै नै अनुकुल रह्यो । दिउँसोको खानापछि हामी तथा राजदूत प्रसाईजी तथा मैडम प्रसाई समेत हामी तेल अभिभ शहरको पश्चिम किनार भै भूमध्यसागर तिर हेर्दै हिड्दै गयौँ। आहा क्या रमाईलो वातावरण, अनि आफ्नो आत्मिय मित्रका साथ । समुद्री तटमा इजरायली तथा विदेशी पर्यटकहरु विभिन्न आकर्षक गतिविधिमा मग्न देखिन्थे ।
हिँडदै जाँदा हरे कृष्ण भजन टोलीसँग साक्षात्कार पनि भयो । पुरुषहरु इष्टकोटमा तथा महिलाहरु सारीमा सजिएर ‘हरे कृष्ण, हरे कृष्ण’ भजन मन्त्रमुग्ध भएर गाइरहेका थिए । उनीहरुले हामीलाई प्रसाद पनि दिए । प्रसाद ग्रहणपछि हिँड्दै नेपाली राजदूतावास रहेको भवनसम्म पुग्यौ । राजदूत प्रसाईले हामीलाई स्वागत गर्नु हुँदै राजदूतावास तथा इजरायलमा रहेका नेपालीहरुका सम्बन्धमा केही जानकारी दिनुभयो ।
त्यसपछि प्राग ऐतिहासिक शहर याफा हेर्न पुगियो । अहिले यो सानो शहर तेल अभिभकै अभिन्न अंग भैसकेको र इजरायल देशको निर्माणका लागि यहुदीहरु यसै शहरबाट पसेका रहेछन् । साथै यहुदी तथा अरबको घना बस्ति भएको यस शहरमा एकताका फ्रान्सका बलिया शासक नेपोलियनले पनि धावा बोली सकेको कुरा शिलालेखमा पढ्न पाइयो ।
साँझ स्थानीय साइकेन्द्रका अध्यक्ष मन्जु गुरुङले डिनरमा निमन्त्रणा गर्नु भयो । उहाँसँगको भलाकुसारीपछि आफ्नो कामप्रति बफादार तथा मेहनती भएकाले इजरायलमा नेपालीलाई निकै नै रुचाइदोँ रहेछ भन्ने थाहा पनि भयो । मन्जु तथा उहाँका साथीहरु परोपकारी कामहरुमा निकै सकारात्मक तथा सक्रिय हुनुहुँदो रहेछ । नेपालमा दिनदुखि तथा आर्थिक अभावमा उपचार गर्न नसकेका व्यतिmहरुलाई बिना भेदभाव सहयोग गर्ने कार्यमा हामी अब्बल छौ भन्ने वहांको भनाई रह्यो । मन त आखिर कोमल नेपालीकैै न हो, सहयोग गर्नमा किन पछि पर्थे र ।
भोली पल्ट तेल अभिभ शहरबाट करिब ८० किलोमिटर उत्तरमा रहेको हाइफा शहर घुम्न गयौ । समुद्रको किनारै किनार हुदै सडकको यात्रा निकै नै रमणिय लाग्दैथ्यो । हाइफा शहर समुद्रको किनारमा रही मैदानी फाँट तथा होचोँ डाँडाहरुको समिश्रणले निकै आकर्षक देखिन्थ्यो । बहाई बगैचामा ढकमक्क फुलेका विभिन्न प्रजातीका फुलहरुले गदौ सह्रै मनमोहक देखिएको यो बगैँचा हेर्न आउनेको भिड निक्कै थियो । दिनको १२ बजे नै बन्द गरिने भएकोले आगन्तुकहरु फोटो खिच्नमा मस्त देखिन्थे ।
प्राग ऐतिहासिक शहर याफा हेर्न पुगियो । अहिले यो सानो शहर तेल अभिभकै अभिन्न अंग भैसकेको र इजरायल देशको निर्माणका लागि यहुदीहरु यसै शहरबाट पसेका रहेछन् । साथै यहुदी तथा अरबको घना बस्ति भएको यस शहरमा एकताका फ्रान्सका बलिया शासक नेपोलियनले पनि धावा बोली सकेको कुरा शिलालेखमा पढ्न पाइयो ।
त्यसपछि डाँडाको टुप्पोमा रहेको कार्मेन भन्ने स्थानमा गोल्डा मायर इन्सिच्युट अफ फोरेन को–अपरेशनको कार्यालयमा पुग्यौ । पूर्व जानकारी नदिएर आएता पनि त्यहाँको निर्देशक मैडमले हामीलाई न्यानो स्वागत गर्नु भएको थियो । त्यहाँ विभिन्न देशहरुबाट शिक्षक तथा विद्यार्थी प्रशिक्षार्थीहरु आइराख्ने रहेछन् । नेपालबाट पनि भर्खर दुई जना विद्यार्थी आएर प्रशिक्षण पुरा भएपछि नेपाल फर्केको कुरा ज्ञात भयो ।
श्रीमती गोल्डा मायर सन् १९६० को दशकमा इजरायलको प्रधानमन्त्री थिइन । त्यो त्यही समय थियो जतिबेला इजरायल तथा अरबहरुबीच घमासान युद्घ भइरहेको थियो ।
२५ मार्चका दिन हामीहरु विश्वको सबैभन्दा होचो ठाँउ मृत सागरको अवलोकन गर्न जाने कार्यक्रम थियो । राजदूत निवासस्थानबाट हिँडे पछि चिल्ला सडकको दायाँबायाँ रमणिय हरिया फाँटहरु,अनगिन्ती भवनहरु तथा विभिन्न उद्योगहरुको अवलोकन गर्दै हामीहरु करिब साढे दुई घण्टापछि मृत सागरको किनारमा पुग्यौ । मृत सागर जति जति नजीक हुदै आयो फुस्रा होचा डाँडाहरु देखिदै आए । यता इजरायल उता जोर्डनको सिमाना । दुबै तिर उस्तै प्रकारका फुस्रा होचा डाँडाहरु । यसैको बिचमा मृत सागर रहेछ । मृत सागर भन्नासाथ मर्न लागेको सागर हो कि जस्तो लाग्दछ । तर यसो होईन रहेछ ।
करिब ५० किलोमिटर लम्बाई र १५ किलोमिटर चौडाई क्षेत्रफलमा फैलिएको मृत सागरको पानी स्वच्छ तथा निर्मल देखिन्थ्यो । यो सागर प्रत्येक वर्ष केहि प्रतिशतले खुम्चिदै गएको पनि सुनियो । पानीमा नुन, पोटास, सल्फर तथा ब्रोमाईड जस्ता लवण तत्वहरु हुने भएकोले यहाँ कुनै पनि जीवजीवाणु बाँच्न नसक्ने कारणले गर्दा नै मृत सागर नामाकरण रहेको बुझियो ।
मृत सागर जति जति नजीक हुदै आयो फुस्रा होचा डाँडाहरु देखिदै आए । यता इजरायल उता जोर्डनको सिमाना । दुबै तिर उस्तै प्रकारका फुस्रा होचा डाँडाहरु । यसैको बिचमा मृत सागर रहेछ । मृत सागर भन्नासाथ मर्न लागेको सागर हो कि जस्तो लाग्दछ । तर यसो होईन रहेछ ।
पानीको आन्तरिक चापले गर्दा मानिसहरु नडुब्दा रहेछन् । पानीमा अलिकति सन्तुलन नमिल्दा गुल्टीने अवस्था आउँदो रहेछ । जान्ने मानिसहरु पानीमा नडुब्ने भएकाले आकाश तिर हेरि आरामले बस्न सकिने रहेछ । पानीमा यत्तिकै तैरिने भएकाले पौडी खेल्न नजाने पनि आत्तिइहाल्नु पर्ने रहेनछ । हामीले मृत सागरमा डुबुल्की मार्यौ । तर पानी आँखामा पस्यो भने निकै पोल्ने भएकोले तुरुन्तै पानीले पखाल्नु पर्ने । पानीमा नुन अत्याधिक रहने भएकोले पानीमा पस्नु अगाडि पानी पिउन पनि जरुरी रहेछ । पोटासियम भएका कारण पानीमा छिरेपछि तुरुन्तै शरीरमा चिप्लेकिरा टाँसिए जस्तो गरी चिप्लो हुने रहेछ । मृत सागर समुद्री सतह भन्दा ४३०.५ मिटर तल रहेछ ।
भूमध्यसागर तथा मृत सागरको बीचमा इजरायलका होचा डाँडाहरु नभएको भए ६० करोड बर्ष अघि एटलान्टिक सागरबाट छुट्टिएर बनेको भूमध्यसागरको पानी बगेर यो मृत सागर शायद बन्दैनथ्यो होला भनि राजदूत प्रसाईले ठट्यौलो पाराले भन्नु भयो । मृत सागरको पानी उपयोग गरी मानव शरिरका लागी अति उपयोगी धेरै नै प्रकारका सामानहरु उत्पादन गरिएका थिए । फर्कने क्रममा मृत सागरको पानीबाट नुन निकाल्ने विश्वकै ठूलो कारखाना पनि अवलोकन गरियो ।
अर्काे घतलाग्दो कुरा के पनि थाहा पाइयो भने विश्वको सर्वोच्च टाकुरा सगरमाथाको ढुङ्गाको टुक्रा तथा विश्वको सबैभन्दा होचो ठाउँ मृत सागरको पानीलाई एकै ठाउँमा समाहित गरी एउटा सानो मन्दिर जस्तै बनाएर सन् २०१२ मा स्थापना गरिएको रहेछ । आहा क्या बुध्दि तथा सोच । नेपालबाट त यो मन्दिर अंकित हुलाक टिकट पनि निकालिएको रहेछ । यो निकै रचनात्मक कार्य थियो । समुद्र सतहभन्दा ४३०.५ मिटर तलबाट ८ हजार ८ सय ४८ मिटर अग्लो ठाँउको प्रतिनिधित्व एकै ठाँउमा हुनु अति नै रोमान्चकारी कुरा भयो । यस्तो रचनात्मक विचारको विजारोपण गरि कार्यान्वयन गर्ने सम्बन्धित इजरायली तथा नेपाली महानुभावहरुलाई मनै मनले धन्यवाद समेत दियौ । जे होस् जीवनमा एक पल्ट हेर्न, घुम्न लायकको अलौकिक ठाउँ मृत सागर पुग्ने सपना साकार भएकोमा हामी खुशी नहुने कुरै भएन ।
२६ मार्चका दिन नजिकै रहेको साइप्रस टापुको भ्रमण गर्ने कार्यक्रम रहेकाले झिसमिसेमै विमानस्थल पुग्यौ । सुरक्षा भन्नासाथ इजरायलको नाम अनायासै आउँछ, धेरैको मनमा । तेल अभिभ विमानस्थल निकै व्यवस्थित थियो । तर चेकइन काउण्टरमा जानु अघि नै अन्तरवार्ता दिनु पर्ने नियम रहेछ । सामान कसले प्याक गरेको,के के छन्,कसैले दिएको सामान राखेको छ कि ? आदि प्रश्नहरु यात्रुलाई तेस्र्याउँदा रहेछन् । सबै प्रश्नहरुको छोटकरीमा चित्त बुझ्दो जवाफ दिएपछि चेकइन काउण्टर जान पायौ ।
साइप्रस एअरलाइन्सबाट करिब ४५ मिनेटको उडानपछि पूर्वी तटमा रहेको लारनाका शहर पुग्यौ । हामीलाई लिन साइप्रसका लागी अवैतनिक वाणिज्यदूत डा.रामजीवन पंजियार आउनु भएको थियो। वहाँले विमानस्थलबाट झण्डै एक सय ८० किलोमिटर पर रहेको ऐतिहासिक पाफोस शहरमा लानु भयो ।
यो छुट्ला है…
संयुक्त राष्ट्र संघ र नेपाल सम्बन्धको नालीबेली
शान्त र सुन्दर चारैतिर मध्यपूर्व सागरले घेरिएको साइप्रस साह्रै राम्रो ठाउँ रहेछ । बाटोघाटोको सुविधा पनि राम्रो रहेछ । सानो देश भएकोले केहि घण्टामा नै जहाँबाट जहाँ पनि पुग्न सकिने रहेछ ।राजधानी निकोसिया फर्किने क्रममा लिमासोल शहर पनि हेरियो । जताततै शान्त अनि सुन्दर देखिने यो देशको हावापानी पनि उत्तिकै रमणिय पायौ । त्यसपछि युरोप पार्क होटलमा पुग्यौ । सानो चिटिक्क परेको यो होटलमा पस्दा आनन्दको अनुभूती भएको थियो । त्यो दिन हामी दुबैलाई अलि रुघाखोकीले सताएकोले आराम गरियो । साँझ पख एनआरएनए साइप्रसका मित्रहरुको टोली भेटघाटका लागी आउनु भएको थियो।
साइप्रसका बारेमा धेरै नै जानकारी त्यहाँ चार्टर्ड एकाउण्टेण्टका रुपमा कार्यरत रंजीतबाट प्राप्त भयो । भोली पल्ट निकोसिया शहर घुम्नका लागी निक्स्यौ। डा.पंजियारले लेद्रा भन्ने सानो शहरतिर गाडी मोड्नु भयो र त्यहाँ टर्किस साइप्रस तथा ग्रीक साइप्रसलाई छुट्याउने गरी संयुक्त राष्ट्र संघको तत्वावधानमा काँडाको तारले बेरिएको सिमाना देखाउनु भयो । साथै सन् १९७४ मा युद्ध हुँदा भत्केका, गोली लागी क्षतविक्षत भएका भवनहरु पनि अवलोकन गराउनुभयो ।
तर अहिले तीन दशकपछि यी शहरका आपसी सम्बन्ध सामान्यीकरण हुँदै एक आपसमा सहयोग तथा बन्धुत्वको भावना विकास बुझिन्छ । यो सुनेर खुशी लाग्यो । आपसी बैरभावभन्दा समझदारी निश्चयनै ठूलो कुरा हो ।
अवैतनिक नेपाली वाणिज्यदूतावासको कौसीमा फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा देखेर साह्रै खुशी लाग्यो । डा.पंजियारलाई साइप्रसमा नेपालीहरुको हित प्रावधान कसरी गर्ने भन्ने धुन चढेको रहेछ । दिँउसोको खानाका लागी हामीहरु वहाँको निवासमा गयौ । वहाँकी श्रीमती नीलम पंजियारले साह्रै न्यानो स्नेहका साथ हामीलाई स्वागत गर्नु हुँदै मिठो नेपाली परिकारहरु पस्कनु भयो ।पंजीयार दम्पतिको न्यानो आतिथ्य सदा अविस्मरणिय रहनेछ ।
त्यसपछि हामी लारनाका शहर जाने क्रममा समुद्रको किनारमा रहेको एउटा रेष्टुराँ पुग्यौ । अचानक त्यहाँका म्यानेजरसँग जम्का भेट भयो । हामी नेपाली भन्ने थाहा पाउना साथ आफ्नो रेष्टुराँमा ४/५ जना नेपालीहरु काम गरी आएकोमा हाल फर्केको र नेपालीहरु साह्रै मिजासिला तथा मेहनती पाएको जानकारी गराए । कुराकानी नसक्दै अर्काे एक जना ठिटो आएर आफु साथीको विवाहको लागी नेपाल गएर आएको र नेपालको प्राकृतिक सौन्दर्यबाट रमाएको आफ्नो अनुभव हामीलाई अवगत गराए ।
साँझपख अर्काे शहर अगियानापातर्फ घुम्न गयौ । चन्द्रमाको प्रकाशले समुद्रको टाढा क्षितिजसम्म देखाई रहेको थियो । चन्द्रमाको चुम्बकीय शक्तिले समुद्रमा छाल आउँछ भन्ने सुनेकोमा प्रत्यक्ष रुपमा देख्न पायौ । छालको आवाजले त्यहाँ एकाग्रता सम्भव थिएन । तर पनि छालको आवाजले एक प्रकारको आनन्द भने दिइ राखेको नै थियो ।
समयमै लारनाका विमानस्थल पुग्यौ । सानो चिटिक्क परि बनाइएको विमानस्थल व्यवस्थित देखिन्थ्यो भने विमानस्थलका बारेमा मिस्टर कोस्तासले जानकारी दिनु भएकोे थियो ।
साँझपख अर्को शहर अगियानापातर्फ घुम्न गयौ । चन्द्रमाको प्रकाशले समुद्रको टाढा क्षितिजसम्म देखाई रहेको थियो । चन्द्रमाको चुम्बकीय शक्तिले समुद्रमा छाल आउँछ भन्ने सुनेकोमा प्रत्यक्ष रुपमा देख्न पायौ । छालको आवाजले त्यहाँ एकाग्रता सम्भव थिएन । तर पनि छालको आवाजले एक प्रकारको आनन्द भने दिइ राखेको नै थियो ।
त्यहाँबाट हामी पुनः तेल अभिभ फर्कदा मध्य रात भैसकेको थियो । इमिग्रेसनमा धेरै समय लाग्दो रहेछ । मध्य रातमा पनि आगन्तुकहरुको लर्को नै देखिन्थ्यो । इमिग्रेसनमा समय लागेकाले एक जना महिला कर्मचारीलाई ‘कूटनीतिक लाइन छैन ?’ भनेर सोधे । उनले कुरा बुझिछन् क्यारे, हामीलाई आफ्नो कार्यालयमा लगेर त्यहाँबाट चाँडो जाने ब्यवस्था मिलाइ दिइन् ।
२८ मार्चका दिन जेरुसलेम शहर घुम्ने कार्यक्रम थियो । पुराना हितैषी मित्र डा.धुव्र कोइरालाले लिन आउनु भयो । वहाँ गत १० बर्षदेखि संयुक्त राष्ट्र संघ अन्तर्गतको कार्यालयमा कार्यरत रही आउनुभएको रहेछ । जेरुसलेम जाने बाटोको दुबै तिर मनमोहक दृष्यहरु हेर्दै हामीहरु साँझपख जेरुसलेम शहर पुग्यौ । शहर निकै चित्ताकर्षक र सफा रहेछ । जेरुसलेम शहर भन्दा सबैमा एक प्रकारको अर्कै खालको भावना पनि उत्पन्न हुँदो हो । यो एक प्रकारले विश्व मानचित्रमा बहुचर्चित शहर नै हो । फुस्रा डाँडाहरुमा बनेका अनगिन्ती घर,भवनहरु र साँझ पखको दृष्य रमणिय देखियो ।
हामीलाई संसद भवन, प्रधानमन्त्री कार्यालय तथा अन्य महत्वपूर्ण ठाउँहरुको परिचय दिनु हुदैँ डा.कोइरालाले निकै राम्ररी घुमाई दिनु भयो । वहाँ बस्नु भएको घर पनि डाँडाको टुप्पोमा रहेछ । त्यहाँबाट जेरुसलेम शहरको दृष्य साँच्चै नै मनमोहक देखिन्थ्यो । भोली पल्ट हामीहरु जिसस क्राइस्ट जन्मिएको स्थान हेर्न गयौँ । यो बेथलहेम शहरमा पर्दाे रहेछ । वहाँको जन्म स्थानमा तारा अंकित थियो । त्यहाँ दुबै हात फैलाएर आफ्नो मनको ईच्छा पुरा गरि दिन प्रार्थना गरिदो रहेछ । केही स्थानपर क्राइस्ट जन्मिनु भए पछि राखिएको ठाउँ पनि हेर्यौ । पछि अर्कै ठाउँमा क्राइस्टको शव राखिएको भनिएको संगमरमरको ढुङ्गा पनि हेर्यौ । यहाँ पनि दुबै हात फैलाएर ढोगेर प्रार्थना गर्ने चलन रहेछ ।
जता गए पनि अनगिन्ती पर्यटकहरुको घुँइचो रहेछ । अचानक केहि अरेबियन विद्यार्थीहरु हामीलाई भेटेर फोटोलिन चाहेको कुरा सुन्यौ । यस्मा आपति नै के हुन्छ र।
छोटो समयमै हेर्नुपर्ने स्थानहरुको अवलोकन पश्चात् खाना खाने तरखरमा थियौ । अचानक एभरेष्ट राँम्जी क्याफेमा आखाँ पर्यो । त्यता छिरे पछि यो नाम कसरी रहेको भनि सोधनी गर्दा, क्याफेका मालिक मिस्टर साब्री सन् १९६८ मा नेपालको भ्रमणमा गएको र फर्के पछि खुशी भै यो एभरेष्ट राँम्जी नामाकरण गरेको भन्ने बुझियो । फोटो खिच्यौ । अंग्रेजी पटक्कै नबोले पनि वहाँको हातको न्यानो स्पर्शले आत्मियता महसुस भएको थियो । त्यति टाढा रहेको शहरमा पनि हाम्रो देशको सर्वाेच्च टाकुरा सगरमाथाको नाममा क्याफे खोलेर नेपालको सम्मान गरेका साब्रीलाई धन्यवाद दियौ ।
यसपछि हामी ३० मार्चका दिन पुनः इस्तानाबुल हुदै इजरायल तथा साइप्रसको रमणिय भ्रमण सकेर पेरिस फर्कियौ । पेरिस फर्किदाँ मनभरी इजरायल र साइप्रसका यादहहरुले पिङ खेलिरहेका थिए । मनको एउटा कुनामा साइप्रस र आँखामा झलझली इजरायल बसेको थियो ।
(श्रेष्ठ फ्रान्सका लागि नेपालका पूर्वराजदूत हुन् । उनी ‘कूटनीतिमा तीन दशक’ पुस्तकका लेखक पनि हुन् ।)
यो पनि पढ्नुहोस्
दसैं सम्झना : असन त्यौड देखि पेरिससम्म
राजदूत हुन किन मरिहत्ते गर्छन् उपल्लो पदमा पुगेकाहरू नै ?
कुटनीतिमा ‘बडी ल्याङ्ग्वेज’ को अर्थ के ?