English

स्वास्थ्य संस्थामा औषधि अभाव, स्थानीयवासी औषधोपचारबाट बञ्चित



हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ ।

उक्त स्वास्थ्य संस्थामा करिब दुई महिनादेखि औषधि अभाव भएपछि राहदेव गाउँका स्थानीयवासी औषधोपचारबाट बञ्चित भएका छन् । “गाउँमा मौसमी फ्लुका बिरामी बढेका छन् । तर स्वास्थ्य संस्थामा औषधि छैन”, स्थानीयवासी मेगराज रोकायाले भने, “यसप्रति सरोकारवाला निकायको समेत ध्यान गएको छैन ।” उनी आफू बिरामी भएको करिब दुई हप्ता भइसक्यो, स्वास्थ्य संस्थामा जाँदा सामान्य औषधि नपाएर रित्तो हात घर फर्कन बाध्य भएको बताउँ छन् ।

दुई अहेव, एक अनमी र एक कार्यालय सहयोगीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्था हाल सहयोगीको भरमा सञ्चालन हुँदै आएको स्थानीयवासी बताउँछन् । संस्थामा स्वास्थ्यकर्मी र औषधि अभाव भए पनि गाउँपालिकाले वास्ता गरेको छैन ।

यतिखेर राहदेवको सामुदायिक स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको दुख्ने, बान्ता लाग्ने, वाकवाकी हुनेलगायतका बिरामीको उपचारका लागि औषधि नभएपछि उक्त क्षेत्रका स्थानीयवासी करिब दुई घण्टा लगाएर सर्केगाड स्वास्थ्यचौकीमा धाउन बाध्य भएको रोकायाको भनाइ छ ।

दुई अहेव, एक अनमी र एक कार्यालय सहयोगीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्था हाल सहयोगीको भरमा सञ्चालन हुँदै आएको स्थानीयवासी बताउँछन् । संस्थामा स्वास्थ्यकर्मी र औषधि अभाव भए पनि गाउँपालिकाले वास्ता गरेको छैन ।

यो पनि पढ्नुहोस् :

यी हुन् चिसो मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested