English

७ अर्ब लगानीमा सिंहदरबारभित्र यस्तो बन्दैछ संसद भवन (फोटो फिचर)



सिंहदवारमा संघीय संसदकाे भवन निर्माण भइरेहेको छ । नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे भवन भाडामा लिएर चलिरहेको प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि याे भवन बनेकाे हाे । याे भवन नेपाली सेनाको अधिनमा रहेको पुतली बगैँचामा निर्माण भइरहेको हो ।

सिंहदरबारस्थित पुतली बगैंचामा १ सय ७३ रोपनी ८ आनामा निर्माणाधिन यस भवनका लागि सरकारले टुन्डी शेक जेभीसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता गरेको थियो । ३ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरि सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

यो भवनको योजना तथा वास्तुकलाको जिम्मा गन्गर कन्सल्टेन्सीले पाएको थियो भने विस्तृत संरचनाको डिजाइन डिगीकोन इन्जिनियरिङ कन्सल्ट प्रा.लिले पाएको छ । यस संसद भवनभित्र ११ वटा भवन तथा पूर्वाधार निर्माण हुने विभागले जनाएको छ । साथै, प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन रहेको छ ।



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested