English

ड्रेस सेन्स भएका पाँच अभिनेत्री



सामान्य अर्थमा ड्रेस भन्नाले लाज छोप्ने एउटा साधन हो । तर पहिरनले मान्छेको व्यक्तित्वलाई पनि झल्काउँछ । कसैले आफू सुहाउँदो र प्रोग्राम अनुसारको ड्रेसअप गर्छ भने त्यसलाई ‘वाह, क्या सुहाएको ड्रेस अप’ भनेर प्रशंसा गरिन्छ । तर, आफूलाई र आफ्नो उमेरलाई नसुहाउने अनि प्रोग्राम अनुसारको ड्रेसअप नलगाउँदा त्यस्तोलाई नराम्रो ड्रेस भनिन्छ ।

आजकल फेसन भनेपछि सामान्य मान्छेहरू समेत निकै अगाडी छन् भने सेलिब्रेटीहरू त झन् हुनै प-यो । सेलिब्रेटीहरू अहिलेको फेसन ट्रेन्डलाई पछ्याउँदै नयाँ-नयाँ डिजाईनका ड्रेसहरू लगाउन रुचाउँछन् । जस्तो कि लामो गाऊन, सारी, लेहङ्गा थरिथरिका ड्रेस त्यो पनि डिजाइनरसंग सल्लाह गरी लगाउँछन् । सेलिब्रेटीहरू सारी, लेहङ्गा र गाऊनमा पनि हट, बोल्ड, देखिने गरी प्रस्तुत हुन रुचाउँछन् ।

राम्रो ड्रेसअप सेन्स भन्नले प्रोग्राम अनुसारको ड्रेसअप गर्नु र ड्रेससंगै एसोसेरिजसमेत म्याच गराएर लगाउनु हो । फर्मल प्रोग्राममा इभेन्ट अनुसारको ड्रेसअप गर्नु र इभिनिङ पार्टी वा कुनै इन्टरटेनमेन्ट प्रोग्राममा त्यही अनुसारको ड्रेसअप अर्थात् हेयर स्टाईल मेकअप सबै कुरामा ध्यान दिनुलाई नै ड्रेसअप सेन्स भनिन्छ । यी हुन् ड्रेसअप सेन्स भएका पाँच नायिका ।

स्वस्तिमा खड्का

स्वस्तिमा खड्का अहिलेकी चर्चित नेपाली अभिनेत्री हुन् । स्वस्तिमाले सन् २०१५ मा ‘होस्टेल रिटर्न्स’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनले दर्जनभन्दा बढी चलचित्रमा अभिनय क्षमता देखाइसकेकी छन् ।

स्वस्तिमा आफ्नो ड्रेसअपलाई लिएर एकदमै कन्सस छिन् । उनको फिगर स्लिम छ । उनलाई प्रायः सबै ड्रेस सुहाउँछ । स्वस्तिमाले हेयर स्टाईलदेखि फुटवेयरसम्ममा ध्यान दिएको देखिन्छ ।

श्वेता खड्का

अभिनेत्री श्वेता खड्काले सन् २०१० मा ‘कहाँ भेटिएला’ चलचित्रबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् । उनले सबै किसिमको ड्रेसअप गर्न रुचि राख्छिन् । श्वेताले ड्रेसअप गर्दा सबै कुरालाई ध्यानमा राख्छिन् । त्यहीअनुसार फर्मल प्रोग्राममा उनी प्रस्तुत हुन्छिन् ।

करिश्मा मानन्धर


करिश्मा मानन्धर नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा सुन्दर नायिकाको रूपमा परिचित छिन् । उनलाई केही महिना पहिले महानायिका भनेर सम्मान गरिएको थियो । २०४२ मा ‘सन्तान’ चलचित्रबाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनी हाल फिल्म निर्माणमा सक्रिय छिन् ।


करिश्मा ड्रेसअप छनौट गर्न एकदमै माहिर छिन् । त्यसैले उमेरदार भएपनि ड्रेसअपले उनी जवान देखिन्छिन् । फर्मल प्रोग्राममा मेकअप, हेयरस्टाईलदेखि सबै कुरालाई ध्यानमा राख्दै प्रस्तुत हुँदा उनले प्रोग्राममा उपस्थित भएका सबैको ध्यानाकर्षित गर्छिन् ।

साम्राज्ञी आरएल शाह


साम्राज्ञी आरएल शाहले सन् २०१६ मा ‘ड्रिम्स’ चलचित्रबाट अभिनय सुरु गरेकी हुन् । उनको फिगरमा उचाईअनुसार सबै किसिम ड्रेस राम्रो देखिन्छ । ड्रेस छनौट गर्ने उनको बानी छ । उनी आफूलाई बोल्ड लुक्समा प्रस्ततु गर्न रुचाउँछिन् । उनी शिरदेखि पाउसम्म ध्यान दिएर ड्रेसअप गर्न माहिर छिन् ।

नीता ढुङ्गाना


नीता ढुङ्गानाले सानै उमेरमा बालकलाकारको रूपमा नेपाली चलचित्रमा अभिनय सुरु गरिन् । सन् २०११ मा ‘किसान’ चलचित्रबाट नेपाली चलचित्र उद्योगमा अभिनय सुरु गरेकी नीता प्रोग्रामअनुसार ड्रेस छनौट गर्न माहिर छिन् । उनी पनि हेयर स्टाईल, मेकअपमा शिरदेखि पाउसम्म ध्यान दिएर ड्रेसअप गर्न माहिर छिन् ।

फेसन डिजाइनर रोजिना श्रेष्ठको दृष्टिकाेणमा

तस्विरहरूः महेश प्रधान



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन