यस्तो हुन्छ मन र मस्तिष्कको कनेक्सन
ब्रह्मश्री मित्र
मानवजातिको सभ्यताको सुरुवात अर्थात् सनातन वैदिक कालदेखि नै जब मानिसले इनोभेसन, खोज गर्दै गयो । त्यस क्रममा जीवन के हो ? जगत के हो ? म को हुँ, कहाँबाट आएँ ? किन छु ? कहाँ जान्छु ? समग्रमा मेरो वास्तविक अस्तित्व के हो ? आदि जिज्ञासाहरू आए ।
हाम्रो वैदक समाजलाई अनि हाम्रा वैदिक ऋषिमुनिका योगदानलाई हामीले साँच्चै होसपूर्वक अवलोकन गर्ने हो भने त्यस बेला विभिन्न गहन अन्वेषण पनि भए । त्यो भनेको के हो भने मानिसको ब्रह्म जुन छ, चैतन्य जुन छ, यो यति सुक्ष्म छ कि उनीहरुले त्यसलाई विशिष्ट रूपमा सम्बोधन गरे ।
ऋषिमुनिहरुले आफ्नो त्यस्तो स्थिति प्राप्त गरे– ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्, पूर्णमुदच्यते, पूर्णस्य पूर्णमादाय, पूर्ण मेवा वशिष्यते । उनीहरुले यस्तो दिव्य अभिव्यक्ति दिए कि यो सम्पूर्ण ब्रह्माण्ड जो छ, यो युनिभर्स जो छ, पूर्ण छ । पूर्णबाट पूर्ण नै आउँछ, पूर्ण पूर्णमै गएर ‘डिजल्भ’ हुन्छ, फेरि पूर्ण पूर्ण नै रहन्छ भनेर बडो रहस्यमय विचार व्यक्त गरे ।
आत्मा सुक्ष्म त सुक्ष्म छ, तर, त्यो कति सुक्ष्मभन्दा कुनै पनि सब–एटोमिक पार्टिकलभन्दा पनि सुक्ष्म छ । परम चैतन्य अनि ब्रह्म तत्व अत्यन्तै सूक्ष्म छ । अब सुक्ष्म मात्र होइन, त्यो कस्तो छ त भन्दा विशाल छ । त्यो आत्माको सुक्ष्मता र विशालताभित्र शरीर छ, विचार छ, मन छ, भावना छ, ताराहरू छन्, समुद्र छ, पृथ्वी छ, ग्यालेक्सी छ र सम्पूर्ण ब्रह्माण्ड छ ।
ऋषिमुनिहरुले आफ्नो त्यस्तो स्थिति प्राप्त गरे– ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्, पूर्णमुदच्यते, पूर्णस्य पूर्णमादाय, पूर्ण मेवा वशिष्यते । उनीहरुले यस्तो दिव्य अभिव्यक्ति दिए कि यो सम्पूर्ण ब्रह्माण्ड जो छ, यो युनिभर्स जो छ, पूर्ण छ । पूर्णबाट पूर्ण नै आउँछ, पूर्ण पूर्णमै गएर ‘डिजल्भ’ हुन्छ, फेरि पूर्ण पूर्ण नै रहन्छ भनेर बडो रहस्यमय विचार व्यक्त गरे । यति गम्भीर र यति महत्वपूर्ण तथ्यमाथि एक्काइसौं शताब्दीका वैज्ञानिकहरूले खोजी गरिरहेका छन् ।
वैज्ञानिकहरू यो अभिव्यक्तिको नजिकसम्म पुग्ने कुरा छाडौं, सामान्य रूपमा चिहाउनसम्म सकेका छैनन् भन्दा पनि हुन्छ । किनभने वैज्ञानिक रूपमा ७० प्रतिशत ‘ड्राक इनर्जी’ छ, २९ प्रतिशत ‘ड्राक म्याटर’ छ, जुन वैज्ञानिकहरूले पत्ता लगाएका छन्, डिस्कभरी गरेका छन्, त्यो भनेको त शून्य दशमलव केही प्रतिशत मात्र हो भनेर आज चर्चा भइरहेको छ । अहिले बायोलोजीले आफ्नै तरिकाले काम गरिरहेको छ, केमेस्ट्रीले आफ्नै तरिकाले काम गरिरहेको छ, फिजिक्सको पनि काम गर्ने आफ्नै तरिका छ, न्युरोसाइन्सले पनि आफ्नै तरिकाले काम गरेको छ ।
त्यसैगरी, योग साइन्स अर्थात् अध्यात्म विज्ञानले पनि काम गरिरहेको छ र आफ्नै तरिकाले अभिव्यक्ति दिइरहेको छ । मानिस कन्फ्युजनमा परिरहेको छ भने उसले राम्ररी साधना गरिरहेको छैन, योग र ध्यानको वैज्ञानिक अभ्यास गरेको छैन र सही तरिकाले अनि शृंखलाबद्घ ढंगले जीवन र जगतलाई बुझ्न सकिरहेको छैन । यसरी मानिस अत्यन्त कन्फ्युजनको अवस्थाबाट गुज्रिरहेको छ ।
माइन्ड भनेको के हो, ब्रेन भनेको के हो, बडी भनेको के हो, स्प्रिट भनेको के हो ? भनेर सधैं उल्झनको अवस्था छ । यसलाई हामीले बुझ्दा योगको भाषा, अध्यात्मको भाषा र विज्ञानको भाषा आफ्नो ठाउँमा छँदैछ । यसको विशाल अभिव्यक्ति छ । आत्मामा शरीर बन्छ, शरीर पनि त्यहीँ डिजल्भ हुन्छ, विचार बन्छ, विचार पनि त्यहीँ डिजल्भ हुन्छ, श्वास पनि बन्छ, त्यहीँ डिजल्भ हुन्छ, ब्रेन पनि बन्छ, त्यही डिजल्भ हुन्छ । एभ्री थिङ्स इमर्ज एन्ड कोल्याप्स इन्टु द ब्रह्म, इन्टु द कन्सस्नेस, इन्टु द सोल, इन्टु द कुटस्थ कन्सस्नेस । यो निष्कर्ष अध्यात्मले धेरै पहिले नै दियो । यस विषयमा हाम्रा वैदिक मनिषीहरुले धेरै गम्भीर अनुसन्धान गरिसकेका छन्।
अहिले एक्काइसौं शताब्दीमा जुन तरिकाले न्युरो साइन्टिस्टहरुले मेहनत गरेका छन्, करिब २५–३० वर्षको न्युरो साइन्टिस्टहरुको अभिव्यक्ति र अवलोकनलाई हामीले हेर्ने हो भने ब्रेन इज एभ्रिथिङ अर्थात् ब्रेनले सबै कुरालाई सञ्चालन गर्छ ।
अनुसन्धानलाई जस्ताको तस्तै अभिव्यक्ति दिएर सही तरिकाले जनमानसमा पु¥याउने त्यस्तो टेक्नोलोजी त केही पनि छैन । एकपछि अर्को गर्दै श्रुति, स्मृतिबाटै यो कुरा अगाडि बढ्दै गएको हो । एकजनाले श्रुति ग¥यो, स्मृति ग¥यो अनि अनुभूति ग¥यो । यसरी नै उसले अर्कोलाई बतायो । यसरी नै यो क्रम चलिरहेको छ ।
अहिले एक्काइसौं शताब्दीमा जुन तरिकाले न्युरो साइन्टिस्टहरुले मेहनत गरेका छन्, करिब २५–३० वर्षको न्युरो साइन्टिस्टहरुको अभिव्यक्ति र अवलोकनलाई हामीले हेर्ने हो भने ब्रेन इज एभ्रिथिङ अर्थात् ब्रेनले सबै कुरालाई सञ्चालन गर्छ । ब्रेनले माइन्ड, बडी र स्प्रिटलाई चलाउँछ । ब्रेन मानव जीवनको मुख्य कम्पोनेन्ट हो भनेर उनीहरु भन्ने गर्थे । अनुसन्धान गर्दै जाँदा र गहिराइमा अनुभूति गर्दा अहिले के कुरा सावित भइसक्यो भने ब्रेन भनेको हाम्रो शरीरका अन्य अंगजस्तै एउटा मेकानिज्म हो ।
ब्रेनलाई माइन्डले चलाउँछ, माइन्डलाई स्प्रिटले चलाउँछ । स्प्रिटको आयाम यति विशाल छ कि यसले सबै लेभललाई सञ्चालन गर्छ । स्प्रिट जब भाइब्रेट गर्छ, त्यसले सेन्सेसन पैदा गर्छ । त्यो सेन्सेसनले टाइम र स्पेस पैदा गर्छ । त्यो टाइम र स्पेसमा माइन्डले फंक्सन गर्छ, मनको सुक्ष्म तरंगहरुले फंक्सन गर्छ । अनि, त्यो मनको तरंगले अहिले संसारमा जुन तरिकाले चिन्तन भइरहेको छ, मनको तरंग जस्तो हुन्छ, हाम्रो ब्रेनले त्यसरी नै काम गर्छ । हाम्रो शरीरका अंग–प्रत्यंगहरुले काम गर्छन् ।
यदि मानिस स्ट्रेसमा आयो भने हाम्रो शरीरका मुटु, मिर्गौलालगायत अंगमा त्यो स्ट्रेस महसुस हुन्छ । यसले एन्जाइटी पैदा हुन्छ, डिप्रेसन पैदा हुन्छ । यदि कोही व्यक्ति आनन्दित छ, शान्त छ र प्रसन्न छ भने उसका अंग–प्रत्यंग यसरी नै प्रसन्न हुन्छन्, प्रफुल्लित हुन्छन् । यसबाट शरीरमा डोपोमाइन, सेराटोनिनजस्ता राम्रा हर्मोन पैदा हुन्छन् ।
यदि गलत तरिकाले माइन्डले काम ग¥यो, गलत तरिकाको चिन्तन र सोचाइ भयो भने ब्रेनमा त्यसको प्रभाव हुन्छ । ब्रेनमा जस्तो प्रभाव हुन्छ, त्यहीअनुसारको प्रभाव शरीरमा पनि हुन्छ । कसले चलाउँछ त यो माइन्डलाई, बडी र ब्रेनलाई अनि यो ब्रह्माण्डलाई । मौन र चैतन्यले मात्र यो काम गराउन सक्छ । साइलेन्स आत्माले चलाउँछ, साइलेन्स ब्रह्मबाट नै आएको हुन्छ । जसरी तलाउमा एउटा ढुंगा हान्दा तरंग आउँछ नि, समुद्रमा बोटिङ गर्दा पनि तरंग आउँछ । समुद्रमा छाल आउँछ, आँधी आउँछ, ट्रोनाडो आउँछ । तिनीहरुले समुद्रमा एक हिसाबले तरंग ल्याउँछन् ।
समुद्रको गहिराइमा हेर्यो भने त्यहाँ शान्त हुन्छ, त्यस्तै गरेर हाम्रो आत्मा तत्व, ब्रह्म तत्व र मौन तत्व छ । मौन तत्वमा बेला–बेला तरंग आउँछन् । तरंगको पहिलो कण भनेको मन हो । मनबाटै यी सबै कुरा मस्तिष्क, मुटु, मिर्गौलालगायत टिस्यु, सेल, मोलिक्युल आदि त्यसबाटै बन्दै जान्छन् ।
(मित्रसँगको कुराकानीमा आधारित)