English

सवारी साधन जोगाउने उपायहरू



गर्मी मौसममा यात्रा गर्न सबैलाई अप्ठ्यारो हुन्छ । त्यसमाथि यात्रा गर्ने सवारी साधन घाममा पर्यो भने बस्ने सिट तातो हुन्छ । सवारी साधन घाममा पार्किङ गर्दा सिधै सूर्यको किरण सिटमा पर्दा अधिक तातो समेत हुन्छ । यसले सवारी धनीलाई असहज हुन्छ । यसका साथै सवारी साधनका समान पनि चाँडै बिग्रिने हुुन्छ । नयाँ सवारी साधनको रंग पनि चाँडै उड्छ । घामबाट सवारी साधन सुरक्षित राख्ने सबैको चासोको विषय हो । घामबाट सवारी साधनलाई यसरी जोगाउन सकिन्छ त ?

सकेसम्म सवारी साधन तीन–तीन महिनामा नियमित सर्भिसिङ गर्ने । गर्मी महिनामा विशेष गरी ब्याट्री र टायरको नियमित जाँच गर्ने ।

– घाममा धेरै समयसम्म पार्किङ गरेमा कारभित्र अधिक तापक्रम हुन्छ । सूर्यको किरण सिधै झ्यालबाट कार भित्र छिर्दा कारको ड्यासबोर्ड र सीट तातो हुन्छ । गाडी भित्रको तातोलाई कमगर्न झ्याल खुल्ला गर्ने, हावा पास हुन दिने । यसो गरेमा कार भित्रको तापक्रम कम गर्न सकिन्छ ।

– सकेसम्म घाममा सवारी साधन पार्किङ नगरी शितल भएको ठाउँमा पार्किङ गर्नुपर्छ ।

– कुनै उपाय नभएको अवस्थामा यदी सवारी साधन घाममै पार्किङ गर्नु पर्‍यो भने सवारी साधनलाई कभर वा कपडाले अनिवार्य ढाक्नु राम्रो हुन्छ ।

– गर्मीको समयमा उच्च अल्ट्राभाइलेट किरणले सवारी साधन खराब हुन्छन् । यसबाट सवारी साधनलाई जोगाउन वर्षेनी दुई पटक सवारी साधनमा वाक्स लगाउने ।

– सकेसम्म सवारी साधन तीन–तीन महिनामा नियमित सर्भिसिङ गर्ने । गर्मी महिनामा विशेष गरी ब्याट्री र टायरको नियमित जाँच गर्ने ।



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड