सन्दर्भ : विश्व पक्षघात दिवस
विकराल बन्दै पक्षघात तर सम्भव छ उपचार
करिब ८ महिना अघि काठमाडौंका ३५ वर्षीय कमल श्रेष्ठ (नाम परिवर्तन) साइक्लिङ गरिरहेका बेला अचानक बेहोस भए । बेहोस भएको आधा घन्टामै आफन्तले महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टरमा पुर्याए । अस्पताल पुग्दा उनको बोली लरबरिएको थियो । बरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापासहितको टीमले जाँच गर्दा उनलाई स्ट्रोक अर्थात पक्षघात भएको पत्ता लाग्यो । त्यसो त तुरुन्तै रगत गाल्ने औषधि दिइयो । त्यो औषधिले राम्रो काम गर्यो । उनी अहिले ठीक छन् तर, नियमित औषधि सेवन गरिरहेको डा. थापा बताउँछन् । उनको शरीरमा अन्य कुनै रोग थिएन । तर, अत्याधिक धुम्रपान गर्थे । त्यही कारण उनलाई स्ट्रोक भएको डा. थापाले पुष्टि गरे ।
यस्तै, एक वर्ष अघि काठमाडौंकै ४० वर्षीय मनोज दाहाल (नाम परिवर्तन) बाटोमा हिँडिरहेकै बेला बेहोस भए । उनलाई ३० मिनेटभित्र अस्पताल पुर्याइयो । उनको हात लुलो भइसकेको थियो । अस्पताल आउने बित्तिकै चिकित्सकले उनलाई पनि रगत गाल्ने औषधि दिए । २० मिनेटसम्म बाटो हेरे । तर, त्यसले काम गरेन । त्यसपछि शल्यक्रिया गरियो । उनी अहिले ठिक छन् तर, नियमित औषधि सेवन गरिरहेका छन् । उनको पनि स्ट्रोकको मूख्य कारण धुम्रपान नै थियो ।
केही समय अघि भैरहवामा गरिएको एक अध्ययनले प्रति एक लाख जनसंख्यामा ३ हजार मानिस पक्षघातको शिकार बनेको देखाएको थियो । उक्त अध्ययनलाई आधार मान्दा नेपालमा करिव ९ लाख हाराहारी मानिस पक्षघातको बिरामी छन् भन्ने प्रष्ट हुन्छ ।
साढे २ वर्ष अघि भैरहवाकी ५५ वर्षीय लक्ष्मी लामा (नाम परिवर्तन) घरमा काम गरिरहेकै बेला अचानक बेहोस् भइन् । तुरुन्तै भैरहवास्थित न्युरो एण्ड एलाइड क्लिनिकमा ल्याइयो । उनलाई स्ट्रोक भएको पत्ता लागिहाल्यो । त्यसपछि रगत गाल्ने औषधि दिइयो । त्यसले उनलाई ठिक गर्यो । अहिले उनी सामान्य छिन् ।
माथिका तीनवटा घटना प्रतिनिधिमूलक पात्र मात्र हुन् । नेपालमा पछिल्लो समय स्ट्रोक अर्थात प्यारालाइसिस वा पक्षघात÷मस्तिष्कघातका बिरामीको संख्या बढ्दो छ । समयमै उपचार नपाउँदा धेरैले अकालमा ज्यान समेत गुमाइरहेका छन् भने कतिपय कष्टकर जीवन बिताउन बाध्य छन् ।
यस्तो छ नेपालमा प्यारालाइसिसको अवस्था
केही समय अघि भैरहवामा गरिएको एक अध्ययनले प्रति एक लाख जनसंख्यामा ३ हजार मानिस पक्षघातको शिकार बनेको देखाएको थियो । उक्त अध्ययनलाई आधार मान्दा नेपालमा करिव ९ लाख हाराहारी मानिस पक्षघातको बिरामी छन् भन्ने प्रष्ट हुन्छ । साथै, अस्पताल भर्ना हुने मध्ये १५ देखि २५ प्रतिशत पक्षघातका बिरामी रहेको अध्ययनले देखाएको डा. थापा बताउँछन् ।
ग्राण्डी अस्पतालका न्युरो इन्टरभेन्सनिष्ट डा. सुबास फुयाँल स्ट्रोकको लक्षण थाहा हुने बित्तिकै अस्पताल पुर्याउन सकेमा बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिने बताउँछन् ।
यसले पनि नेपाली समाजमा स्ट्रोक अर्थात पक्षघातले विकराल अवस्था लिँदै छ भन्ने पुष्टि गर्छ । यद्यपि, आममानिसमा यसका बारे राम्रो ज्ञान नभएकाले थप जटिलता बढ्दै गएको छ । नेपालमा भर्खरै चिसो मौसमको सुरुवात भएको छ । यो मौसममा मस्तिष्कघात/पक्षघातका बिरामी बढ्ने सम्भावना धेरै हुन्छ । त्यसैले नागरिकलाई यो रोगको बारेमा जानकारी गराउनुपर्ने न्युरोलोजिष्ट डा. सुमन भट्ट्रराई बताउँछन् । ‘मस्तिष्कघातका बारेमा आम मानिस अझै पनि अनभिज्ञ छन्,’ उनले भने, ‘नेपालका दूर दराजका नागरिकलाई यो रोगको बारेमा थाहा हुनु जरुरी छ ।’
स्ट्रोक/ प्यारालाइसिसबारे के भन्छन् चिकित्सक ?
ग्राण्डी अस्पतालका न्युरो इन्टरभेन्सनिष्ट डा. सुबास फुयाँल स्ट्रोकको लक्षण थाहा हुने बित्तिकै अस्पताल पुर्याउन सकेमा बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिने बताउँछन् । ‘अचानक शरीर असन्तुलित हुनु, आँखा धमिलो देख्नु, मुख बाङ्गिनु, हात वा खुट्टा कमजोर हुनु, बोली लरबराउनु स्ट्रोकका लक्षण हुन्,’ उनले भने, ‘यस्तो लक्षण भएको बिरामीलाई तुरुन्त स्ट्रोक उपचार हुने अस्पताल लगियो भने खतरामुक्त गर्न सक्छौं । साथै, बिरामीलाई पहिलाको जस्तै बोल्न, हिँड्न र काम गर्न सक्ने बनाउन सकिन्छ ।’
साथै, मुटुरोगको कारणले पनि पक्षघातको सम्भावना धेरै हुने मुटु रोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा बताउँछन् । ‘मुटु र दिमाग एकआपसमा अन्तरसम्बन्धित हुन्छन्, कहिलेकहिँ मुटुको समस्याका कारण पनि प्यारालाइसिस हुन् सम्भावना बढी हुन्छ, जसलाई हामी कार्डियोभास्कुलर डिजिज भन्छौं,’ डा. शेर्पा भन्छन्, ‘हृदयघातका कारण मुटु कमजोर हुनु, भल्ब साँघुरिनु, बाथ मुटुरोग जस्ता कारणले जुनसुकै बेला रगतको चोक्टा जमेर दिमागमा पुग्छ र प्यारालाइसिस हुन्छ ।’ साथै, मुटुमा संक्रमण, ट्युमर, धड्कनको असन्तुलन जस्ता कारण पनि स्ट्रोकको सम्भावना बढी हुन्छ ।
पक्षघात हुने बित्तिकै धेरै मानिसहरु अब जीवन नै सकियो भन्ने सोच्छन् । तर, त्यस्तो सोच्न नपर्ने नेपाल मेडिसिटी अस्पतालकी न्युरोलोजिकल फिजियोथेरापिष्ट डा. मञ्जु ज्ञवाली बताउँछिन् ।
डा. लेखजंग थापासँगको कुराकानी :
त्यसैले मुटु रोगलाई समयमै पहिचान गरी निदान गर्न सकिएमा मस्तिष्कघातबाट बच्न सकिने डा. शेर्पा बताउँछन् । ‘मुटुरोगका कारण हुने स्ट्रोकबाट बच्नका लागि मानिसले बानी व्यवहारमा पनि सुधार गर्नुपर्छ,’ उनले भने, ‘सन्तुलिन आहार खाने, धुम्रपान मद्यपान नगर्ने, मधुमेह, कोलेस्ट्रोल तथा उच्च रक्तचापलाई नियन्त्रण गर्दा धेरै हदसम्म जोगिन सकिन्छ ।’
पक्षघात हुने बित्तिकै धेरै मानिसहरु अब जीवन नै सकियो भन्ने सोच्छन् । तर, त्यस्तो सोच्न नपर्ने नेपाल मेडिसिटी अस्पतालकी न्युरोलोजिकल फिजियोथेरापिष्ट डा. मञ्जु ज्ञवाली बताउँछिन् । स्ट्रोक हुने बित्तिकै आकस्मिक उपचारको जति आवश्यकता छ त्यति नै रिह्याब्लिटेसको पनि जरुरत पर्ने उनले प्रष्ट पारिन् । ‘हिजोआज पक्षघात हुने बित्तिकै जिन्दगी नै सकियो भनेर मानिसहरु मानसिक रुपमा विक्षिप्त हुन्छन्, तर त्यति धेरै आत्तिनु पर्दैन,’ उनी भन्छिन्, ‘फिजियोथेरापी जस्ता रिह्याब्लिटेसनका उपचार समयमै लिन सकेमा यसलाई जित्न सकिन्छ । यसका लागि स्ट्रोकपछिको तीन महिनाको समय निकै महत्वपूर्ण हुन्छ ।’ फिजियोथेरापी स्ट्रोक भएकै दिनबाट सुरु गर्नुपर्ने उनको सुझाव छ ।
स्ट्रोकले शारीरिक अपांगता मात्र नभएर मानोवैज्ञानिक र मनो सामाजिक पक्षमा पनि असर गर्ने भएकाले त्यसको उचित व्यवस्थापन गर्नुपर्ने नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. आशिष दत्त बताउँछन् । ‘स्ट्रोकपछि उत्पन्न हुने डिप्रेसन, एन्जाइटी लगायतका मनोरोगको पहिचान गरी समयमै उपचार गर्नुपर्छ,’ उनले भने, ‘यसले बिरामीलाई स्ट्रोकबाट पुनःस्थापित हुन सहज गर्छ ।’
वीर अस्पतालका न्युरोलोजिष्ट डा. अविनाश चन्द्र स्ट्रोकको बारेमा आममानिसमा अझै पनि जनचेतनाको खाँचो रहेको बताउँछन् । ‘एउटा अस्पतालमा एक वर्षमा करिव ४ सय स्ट्रोकका बिरामी आउने गरेको एउटा अध्ययनले देखाएको छ तीमध्ये १० देखि १५ प्रतिशतमात्र समयभित्रमै आएको पाइन्छ,’ उनले भने, ‘स्ट्रोकको बारेमा जनचेतना कम भएर नै यस्तो अवस्था सिर्जना भएको हो ।’
आज विश्व पक्षघात दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । यसपालीको नारा ‘मिनेट्स क्यान सेफ लाइफ’ छ । छिटो अस्पताल अस्पताल गयो भने यो रोगबाट मुक्त हुन सकिन्छ भन्ने यो नाराको मुल आशय हो ।
स्ट्रोकको प्रमुख कारण उच्च रक्तचाप अर्थात हाइपरटेन्सन हो । यसका बिरामीले चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्नुपर्छ । यद्यपि, ५ प्रतिशतलाई मात्र ब्लड प्रेसरको औषधि नियमित खानुपर्छ भन्ने जानकारी रहेको पाइएको डा. चन्द्र बताउँछन् । ‘धेरैलाई ब्लड प्रेसरको औषधि नियमित खानुपर्छ भन्ने ज्ञान छैन त्यसैले केही समय औषधि खाएर प्रेसर कन्ट्रोल भएपछि औषधि छोड्नेको संख्या धेरै छ,’ उनले भने, ‘जसकारण फेरि ब्लड प्रेसर बढेर प्यारालाइसिस भएका घटना धेरै छन् ।’
नेपालमा पक्षघात दिवसको इतिहास
आज विश्व पक्षघात दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । यसपालीको नारा ‘मिनेट्स क्यान सेफ लाइफ’ छ । छिटो अस्पताल अस्पताल गयो भने यो रोगबाट मुक्त हुन सकिन्छ भन्ने यो नाराको मुल आशय हो ।
नेपालमा सन् २००८ बाट पक्षघात दिवस मनाउन थालिएको इतिहास छ । त्यतिबेला डा. लेखजंग थापाकै सक्रियतामा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पक्षघात दिवस मनाइएको थियो । जुन बेला ‘लिटल स्ट्रोक विग ट्रबल’ नारा थियो ।
प्यारालाइसिस एक, कारण अनेक यसो भन्छन् चिकित्सकहरु :