English

मस्तिष्कघात (स्ट्रोक)बारे जनचेतना फैलाउन चिकित्सकहरुको सम्मेलन



मस्तिष्कघातबारे जनचेतना फैलाउन चिकित्सकहरुको सम्मेलन हुने भएको छ । नेपाल स्ट्रोक एशोसिएसन, नेशनल न्युरो सेन्टर, रिभाइभ फिजियोथेरापी एण्ड रिहाबिलिएसन सेन्टर र न्युरो एण्ड एलाइड क्लिनिक भैरहवाको संयुक्त आयोजनामा शनिबार उक्त सम्मेलन हुन लागेको हो ।

पछिल्लो समय नेपालमा मस्तिष्कघातका बिरामीको संख्या बढ्दै गएको छ । समयमै यसको पहिचान नहुँदा धेरैले अकालमा मृत्युवरणसमेत गरिरहेका छन् । त्यसैले आममानिसलाई स्ट्रोकबारे जानकारी दिएर यसलाई रोक्ने उद्धेश्यले यो सम्मेलनको आयोजना गर्न लागिएको महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टरका न्युरोलोजिष्ट डा. सुमन भट्टराईले जानकारी दिए । ‘नेपालमा स्ट्रोकको बारेमा धेरैलाई राम्रो ज्ञान छैन,’ उनी भन्छन्, ‘मस्तिष्कघात भएको बिरामीलाई पनि सुरुमा मुटु अस्पताल लगिन्छ जसले गर्दा उसको उपचारमा ढिलो हुन्छ र बचाउन मुस्किल हुन्छ । समयमै यसको पहिचान भएमा उपचार सम्भव छ ।’

त्यसैले स्ट्रोक के हो ? यसको उपचार विधि के–के हुन् ? स्ट्रोक भइसकेपछि दोहोरिनबाट कसरी बचाउन सकिन्छ ? र, फिजियोथेरापीले यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारे सम्मेलनमा छलफल हुने डा. भट्टराई बताउँछन् । सम्मेलनमा आयोजक संस्थाका प्रतिनिधिहरुले मस्तिष्कघातका बारेमा प्रस्तुति दिनेछन् । साथै, स्ट्रोक पीडित चित्रा गुरुङले आफ्नो अनुभव समेत सुनाउनेछिन् ।

हरेक वर्ष अक्टुबर २९ मा विश्व पक्षघात दिवस मनाइन्छ । त्यसैको छेको पारेर नेपालमा यो सम्मेलनको आयोजना गरिएको हो । नागपोखरीस्थित आरन्य बुटिक होटलमा हुने उक्त सम्मेलनमा स्नायु रोग विशेषज्ञसँगै मेडिकल अफिसर चिकित्सकहरुको सहभागिता रहनेछ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested