English

पानीले लुम्बिनीमा साढे चार अर्ब बराबरकाे धानखेती नष्ट, राहतको पर्खाइमा किसान

चार दिनसम्म लगातार परेको वर्षाले काटेर राखेको धानबाली नष्ट गरेपछि रुपन्देही मर्चवारका किसान रामअवतार यादव परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । झन्डै पाँच बिघामा लगाएको धानबाली भित्र्याउने तयारी गर्दैगर्दा वर्षाले सखाप पारिदियो । अधिकांश काटिसकेको धान नष्ट भएपछि उनमा वर्षभरिको हातमुख जोर्ने चिन्ता थपिएको छ । ‘सरकारले राहत दिने भन्ने सुनेको छु, तर खै विश्वास लागेको छैन,’ उनले दुःखेसो पोखे ।

बुटवल उपमहानगरपालिका-१५ रानीगन्जका किसान जितबहादुर रानाको पनि अवस्था पनि उस्तै छ । उनले एक बिघा १० कट्ठामा लगाएको धानबालीमा वर्षाले नोक्सान पुर्‍यायो । ‘यस वर्ष धानमा राम्रो बाला लागेको थियो, विगतमा भन्दा उत्पादन बढ्ने अनुमान थियो, तर सबै पसिना खेर गयो,’ रानाले भने । उनलाई पनि राहत पाइने कुराको विश्वास लागेको छैन ।

लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार पहिलो चरणमा प्रदेशका सबै जिल्लाहरूको प्रारम्भिक क्षतिको विवरण लिने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा संकलन गरिएको विवरणअनुसार लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयका निमित्त सचिव तुलसीराम भण्डारीले बताए ।

२० बिघा क्षेत्रफलमा धानखेती गरेका रुपन्देहीको सैनामैना नगरपालिका-१ का किसान दशरथ यादवले आफ्नो अधिकांश धानबाली पानीले नष्ट गरेको सुनाए । लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका किसानको धानखेती वर्षाले नष्ट गरेपछि धेरैजसो किसान यतिबेला पीडामा छन् । 

लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार पहिलो चरणमा प्रदेशका सबै जिल्लाहरूको प्रारम्भिक क्षतिको विवरण लिने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा संकलन गरिएको विवरणअनुसार लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयका निमित्त सचिव तुलसीराम भण्डारीले बताए ।

लुम्बिनी प्रदेशमा कुल तीन लाख १७ हजार चार सय १४ मेट्रिक टन धानमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका निमित्त सचिव भण्डारीले वर्षाले पुर्‍याएको क्षतिको विषयमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीमार्फत प्रधानमन्त्रीसमक्षसमेत जानकारी गराइएको बताए । ‘प्रदेशमा भएको क्षतिको विषयमा हामीले मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई समेत जानकारी गराएका छौं,’ उनले भने । राहतको विषयमा भने प्रदेश मन्त्रिपरिषद्ले ठोस निर्णय गरेको छैन । 

प्रदेशको खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार वर्षाले सबैभन्दा बढी क्षति रुपन्देहीमा पु¥याएको छ । मन्त्रालयको तथ्यांकअनुसार रुपन्देहीमा ६७ हजार पाँच सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा बाढीको कारण क्षति पुगेको छ ।

कपिलवस्तुमा ६४ हजार ३५०, बर्दियामा ४९ हजार ६ सय ३८, दाङमा ३७ हजार नौ सय ३६, बाँकेमा ३५ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा पूर्णरूपमा बाढीले क्षति पुर्‍याएको छ ।

नवलपरासीमा २२ हजार सात सय १२, गुल्मीमा १० हजार दुई सय ४६, पाल्पामा आठ हजार नौ सय १०, अर्घाखाँचीमा आठ हजार तीन सय चार, प्युठानमा ६ हजार १४, रोल्पामा चार हजार सात सय ९२, रुकुममा दुई हजार ५८ हेक्टर क्षेत्रफलमा बेमौसमी बर्षाले धान बालीमा क्षति पुर्‍याएको छ ।

किसानले ३६ हजार ४ सय ८० हेक्टर खेतमा काटिसकेको धानमध्ये २३ हजार सात सय १२ हेक्टर अर्थात् ६५ प्रतिशत क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest

Popular
Suggested