English

दसैं सम्झना : असन त्यौड देखि पेरिससम्म



हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड दसैं घर आँगनमा आइसकेको छ । आज दसैंको आठौं दिन अर्थात महाअष्टमी । कोजाग्रत पूर्णिमाको दिन अन्त्य हुने यस पर्वको आगमनले उल्लासमय वातावरणको प्रादुर्भाव गरेको छ । साथै, आफन्तजनसँगको भेटघाट, टीकाटालो जस्ता कुराले सामाजिक सद्भावलाई मजबुत बनाउन सघाउँछ । त्यसैले दसैंलाई स्वदेश तथा विदेशमा समेत हर्षोल्लासका साथ मनाइन्छ । केटाकेटीहरुको लागि त दसैं नयाँ लुगा लगाउने तथा मासु भात खान पाउने पर्वको रुपमा पनि चित्रण गरिन्छ । जतिसुकै आर्थिक अवस्था कमजोर भएका परिवारले पनि आफ्ना बालबच्चा तथा जहान परिवारका लागि दसैंमा एक जोर लुगाफाटो किन्ने जमर्को गर्छन् । एकदुई छाक भएपनि मिठो मसिनो खुवाउँछन् ।



दसैं सुरु भएपछि बुबासँग एक दुईपटक हनुमान ढोका परिसरमा रहेको तलेजु भवानीको मन्दिरमा गएको याद आउँछ । सन् १५६४ मा राजा महेन्द्र मल्लको पालामा बनेको त्यस भव्य मन्दिर दसैंको बेला नवमीका दिन मात्र खुल्ने भएकोले भक्तजनको विशेष भिड लाग्छ । त्यो समयमा पनि त्यत्रो वैभवयुक्त मन्दिर बनाएका पुर्खाका दिल, दिमाग तथा हातहरुलाई त सलाम गर्नै पर्छ ।


अब मेरो बाल्यकालको कुरा गरौं । मेरो बाल्यकाल असनबाट करिब ३ सय मिटर उत्तरतर्फ त्यौड टोलमा अवस्थित पुख्र्यौली घरमै बित्यो । पुरानो ढर्राको पाँच तल्ले घर थियो हाम्रो। मेरो बुबा तथा सबै दाजुभाई दिदीबहिनीहरु पनि त्यही घरमै जन्मेका हुन् । बाल्यकालमा दसैंको महत्व अर्कै हुन्थ्यो । मनमा विशेष रौंनकताले भरिएर आशा उमंगका किरणहरु पलाउँथे । तर, बाल–सुलभ मनमा त्यस्तो ठूलो कुरा भने कुनै हुँदैन थियो । नयाँ लुगा लगाउने र मिठो परिकार खान पाउने आशा नै प्रबल हुन्थ्यो । दसैंको अर्को रमाइलो पक्ष भनेको चंगा उडाउनु हो । हाम्रो घर घनाबस्तीमा पर्ने भएकोले चंगा उडाउनका लागि निकै उपयुक्त थियो । चंगा उडाउने भन्यो कि म हुरुक्कै हुन्थे । ती क्षण अहिले पनि सम्झन्छु । चंगा उडाउन दुई प्रकारको घागो अथवा डोरी हुन्थे । एउटा साधारण, तर अर्काे भने माजा भएको । माजा भनेको चिमलाई चूर्ण गरेर त्यसमा गम मिसाएर धागो दरिलो बनाउने तरिका हो । यसरी तयार पारिएको धागोले अर्को साधारण धागोलाई च्वाट्टै काट्न सक्थ्यो । त्यसैले माजा राखेको धागो प्रयोग गरी चंगा उडाउँदा आफू निकै शक्तिशाली भएको महसुस हुन्थ्यो । कैयौं पटक काटिएर आएको चंगा समात्दा औंलामा घाउ भएको सम्झना अझै पनि मेरो मानसपटलमा ताजै छ । तैपनि बाल्यकालका ती दिनहरुमा दसैंको रौनक चंगा उडाउन थालेपछि मात्र आउँथ्यो ।
लेखकहरुले मानव जीवन तथा चंगालाई जोडेर लेखेको पनि पाईन्छ । जसरी चंगा जाबो धागोको सहारामा हावासँग कावा खेल्दै आकाशमा उडिरहन्छ र धागो चुडिना साथ कता हराउँछ । मानव चोला पनि सास उड्ना साथ अन्त्य हुन्छ । भनाईको मतलब अलि घोत्लिएर सोच्ने हो भने मानव जीवन पनि क्षणिक मात्र हो भन्न सकिन्छ । जन्मको अड्कल काट्न सकिन्छ, तर अन्त्यको सकिन्न ।

दसैं सुरु भएपछि बुबासँग एक दुईपटक हनुमान ढोका परिसरमा रहेको तलेजु भवानीको मन्दिरमा गएको याद आउँछ । सन् १५६४ मा राजा महेन्द्र मल्लको पालामा बनेको त्यस भव्य मन्दिर दसैंको बेला नवमीका दिन मात्र खुल्ने भएकोले भक्तजनको विशेष भिड लाग्छ । त्यो समयमा पनि त्यत्रो वैभवयुक्त मन्दिर बनाएका पुर्खाका दिल, दिमाग तथा हातहरुलाई त सलाम गर्नै पर्छ । वि.स. १८२५ मा इन्द्रजात्रा उत्सव मनाइरहेका बेला पृथ्वीनारायण शाहको फौंजले आक्रमण गरेपछि काठमाण्डौंका तत्कालिन राजा जयप्रकाश मल्ल भागेर तलेजुको मन्दिरमा लुक्न गएको भन्ने व्यहोरा इतिहासमा उल्लेख छ ।

एक जना फ्रान्समा बस्दै आएका अमुक व्यक्ति, नाम चाहिँ नभनुँ । अति नै नास्तिक । तर, मैले राजदूतको हैसियतले सपरिवार निमन्त्रणा गरे। उहाँ खुशी साथ आएर मेरै हातबाट टिका लगाउनु भयो । भगवती मातालाई सम्झेर टीका लगाउँदा मनमा एक प्रकारको शक्ति पैदा भएको उहाँले अनुभव सुनाउनु भयो । साँच्चै शक्ति पैदा भएको हो वा यत्तिकै भनेका हुन्, उनैले जानुन् ।


विगतमा दाजुभाईहरु सबै संगोलमा धेरै वर्षसम्म रहेकाले दसैं ताका हाम्रो परिवारमा पनि निकै रमाईलो हुन्थ्यो । रमाईला कार्यक्रमहरु आयोजना गर्थ्यौ । साथीभाई पनि बेला मौका आउँथे । मौका जुरेको बेला विदेशी पाहुँना पनि घरमा ल्याइयो । एकपटक फारोइ आइलैण्ड (बेलायत भन्दा अलि माथि अवस्थित) एक जना मित्रलाई निमन्त्रणा गरी घरमा स्वागत सत्कार गरेकोमा तिनी निकै खुशी भएका थिए । त्यो क्षण कहिल्यै भुल्दिन । अर्कै परिवेशवाट आए तापनि हाम्रो दालभात निकै मिठो मानेर ग्रहण गरेकी थिइन् । समय परिवर्तन हुदै जाँदा आजकाल सबै जम्मा भएर ठूलो भोजहरु आयोजना गर्न कठिन बन्दै गएको छ । यहीक्रममा म २०३९ साल चैत्र ६ गते देखि देशको कुटनीतिक सेवामा प्रवेश गरेँ । हाम्रो राजदूतावासहरुमा आयोजना गरिने दसैंको पार्टी निकै रमाइलो हुन्थ्यो । नयाँ पुराना मित्रहरूसँग भेटघाट, भलाकुसारी, खानपिन आदिले गर्दा दसैं पार्टीले नेपालीहरु बीच भाईचाराको सम्बन्ध अझ मजबुत गर्न सघाएको अनुभव हुन्थ्यो । जापान, युएईमा कार्यरत हुँदा कार्यवाहक राजदूतको हैसियतले दसैं पार्टीहरु आयोजना गरियो । ती अवसरहरुको सम्झना अहिले पनि आइरहन्छ । पछि फ्रान्समा राजदूतको हैसियतले कार्यरत रहँदा चारै वर्ष रमाईलो दसैं पार्टीको आयोजना गरियो । पेरिसको एउटा वार्डमा अवस्थित पब्लिक हलमा आयोजना गरिने दसैं पार्टीमा सकेसम्म बढी नेपाली नागरिक र नेपालीसँगै विवाह बन्धनमा रहेका फ्रेन्च नागरिकहरुलाई समेत निमन्त्रणा गर्थ्यौं । उहाँहरु निकै खुशी साथ आएर रमाउनु हुन्थ्यो । वास्तवमा फ्रेन्च नागरिकहरुमा नेपाल तथा नेपालीहरु प्रति रहेको अगाध स्नेहको अनुभुति गर्ने दसैं पार्टी पनि एउटा राम्रो मौका थियो । त्यसबेलाको एउटा अविस्मरणीय कुरा सम्झन्छु । एक जना फ्रान्समा बस्दै आएका अमुक व्यक्ति, नाम चाहिँ नभनुँ । अति नै नास्तिक । तर, मैले राजदूतको हैसियतले सपरिवार निमन्त्रणा गरे। उहाँ खुशी साथ आएर मेरै हातबाट टिका लगाउनु भयो । भगवती मातालाई सम्झेर टीका लगाउँदा मनमा एक प्रकारको शक्ति पैदा भएको उहाँले अनुभव सुनाउनु भयो । साँच्चै शक्ति पैदा भएको हो वा यत्तिकै भनेका हुन्, उनैले जानुन् । तर, राजदूतावासले आयोजना गरेका ती दसैं पार्टीहरुको रौंनक भने बेग्लै थियो । हामी नेपाली भनेको रमाईलो, हाँसीमजाकमा रमाउने, सजिला तथा एक आपसमा सहयोग गर्ने वर्गका मानिस हौं । यो कुरा विश्वका धेरै देशका मानिसहरुलाई थाहा छ । हाम्रो न्यानो आत्मियताबाट प्रभावित नहुने कमै छन् । त्यसकारण दसैंलाई नेपालीहरुको महान चाड भनिएको हुनुपर्छ । बहुल जात, संस्कृति तथा भाषाभाषीहरुलाई एक सुत्रमा बाँध्न दसैं पर्वले विशेष योगदान पुर्याउँदै आएको मेरो विश्वास छ ।

मोहनकृष्ण श्रेष्ठ
-लेखक फ्रान्सका लागि पूर्व नेपाली राजदूत हुनुहुन्छ ।

उहाँद्वारा लिखित अन्य सामाग्रीहरु:
संयुक्त राष्ट्र संघ र नेपाल सम्बन्धको नालीबेली
गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध
राजदूत हुन किन मरिहत्ते गर्छन् उपल्लो पदमा पुगेकाहरू नै ?
कुटनीतिमा ‘बडी ल्याङ्ग्वेज’ को अर्थ के ?



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली