English

पर्यटन प्रवर्द्धन लागि सिन्धुपाल्चोकमा ट्रेल रेस हुँदै



विश्वको नवौँ अग्लो स्थानमा पर्ने यहाँको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्डसहितका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियोगिता गरिने भएको छ । बागमती प्रदेशको खेलकुद विकास परिषद् र पाँचपोखरी खेलकुद विकास समितिद्वारा संयुक्तरूपमा आयोजित पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन–२०२१ हुन लागेको हो ।

पाँचपोखरीसँगै आमायांग्री, ढुक्पु, मेन्जुङ, मानम, अमिलोपानी, डुखाङ, हवेली, ड्रागन गुफा, नागीडाँडा, रैथानेश्वरी, च्योच्यो डाँडाको प्रवद्र्धन गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । ‘यहाँ रहेका पर्यटकीय क्षेत्रको सम्भावना खोजी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यअनुरुप प्रतियोगिता राखेका छौँ’, उनले भने ।

म्याराथनमा सहभागी धावकमध्येबाट खुलातर्फ उत्कृष्ट १० भित्र पर्न सफल, सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट पाँचभित्र पर्न सफल र भेट्रानतर्फ उत्कृष्ट तीनभित्र पर्न सफल सहभागीलाई नगदसहित मेडल उपलब्ध गराइनेछ ।

यसअघिका प्रतियोगितामा विभिन्न देशका नागरिक पनि सहभागी थिए । यस वर्ष पनि सार्कलगायत अन्य देशबाट प्रतियोगी आउने भएकाले पपर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सघाउ पु¥याउने विश्वास रहेको अध्यक्ष लामाले बताए।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले यसअघि पनि यस्ता प्रतियोगिता गरेको थियो । पहिले प्रतियोगिता आयोजना गरे पनि गएको वर्ष कोभिडका कारण स्थगन गरिएको गाउँपालिकाले जनाएको छ । जनैपूर्णिमाका दिन लाग्ने पाँचपोखरी मेलाका अवसरमा अघिल्लो वर्ष प्रतियोगिता गरिएको हो । प्रतियोगिता आगामी कात्तिक २७ गते सञ्चालन गरिनेछ ।

सो म्याराथनमा १५० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । म्याराथनमा सहभागी धावकमध्येबाट खुलातर्फ उत्कृष्ट १० भित्र पर्न सफल, सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट पाँचभित्र पर्न सफल र भेट्रानतर्फ उत्कृष्ट तीनभित्र पर्न सफल सहभागीलाई नगदसहित मेडल उपलब्ध गराइनेछ ।

सो म्याराथनमा सहभागी हुन चाहनेले दर्ता शुल्कवापत खुलातर्फ तीन हजार ५०० रुपैयाँ, सिन्धुपाल्चोकवासीका लागि दुई हजार ५०० रुपैयाँ र विदेशीका लागि ८० डलर तोकिएको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested