नेपालमा दिर्घरोगका बिरामीको ग्राफ उकालो लाग्दै– २ वर्षयता कोरोना महामारी मूख्य कारक बन्दै
काठमाडौँ कपनका ३७ वर्षिय केशव पराजुली सामान्य तरिकाले जीविकोपार्जन गर्दै आएका थिए । उनमा कुनैपनि किसिमको स्वस्थ्य समस्या थिएन । केही महिना अघि उनलाई एक्कासी रिङ्गटा लाग्ने, टाउको भारी हुने, वान्ता होला जस्तोे हुने जस्ता समस्या देखिएपछि उनी उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगे । सबै जाँच गर्दा उनको दुबै मिर्गौला खराब भएको रिपोर्ट आयो । उक्त रिपोर्टले उनलाई छाँगाबाट खसेजस्तो बनायो । अहिले उनी ओम अस्पतालमा हप्तामा २ पटक डाइलोसिस गर्दै आएका छन्।
त्यस्तै, मोरङका ६० वर्षीय इन्द्रप्रसाद भट्टराईको अत्याधिक धुम्रपान गर्ने बानी थियो । उमेर बढ्दै जाँदा उनमा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्यो । सुरुवाती चरणमा उनलाई उक्त रक्तचाप र मधुमेहको समस्या देखियो । समस्या झन्–झन् बढ्दै गयो । उनी उपचारका लागि काठमाडौँको गंगालाल हृदय रोग केन्द्र पुगे । उनको उच्च रक्तचाप र मधुमेहको समस्या एकदमै बढेको र यसको कन्ट्रोल गरिएन भने मुटुमा समेत समस्या आउन सक्ने डाक्टरले चेतावनीसहितको सुझाव दिए ।
पछिल्लो समय बिग्रँदो जीवनशैली नै मुटु रोगीको संख्या बढ्नुको मुख्य कारण भएको मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला बताउँछन् । धुम्रपान मद्यपानको सेवनकै कारण पछिल्लो समय युवाहरुमा हृदययघातको समस्या बढ्दै गएको डा. कोइराला दाबी गर्छन् । ‘कोलेस्ट्रोल र उच्च रक्तचापको उपचार समयमा गरिएन भने पनि मुटुमा समस्या आउन सक्छ,’ उनी भन्छन्, ‘मुटुको समस्या केही वंशाणुगत पनि हुन सक्छ र महिला भन्दा पुरुषहरुमा यो समस्या बढी हुन्छ ।’
पछिल्लो समय बिग्रँदो जीवनशैली नै मुटु रोगीको संख्या बढ्नुको मुख्य कारण भएको मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला बताउँछन् । धुम्रपान मद्यपानको सेवनकै कारण पछिल्लो समय युवाहरुमा हृदययघातको समस्या बढ्दै गएको डा. कोइराला दाबी गर्छन् । ‘कोलेस्ट्रोल र उच्च रक्तचापको उपचार समयमा गरिएन भने पनि मुटुमा समस्या आउन सक्छ,’ उनी भन्छन्, ‘मुटुको समस्या केही वंशाणुगत पनि हुन सक्छ र महिला भन्दा पुरुषहरुमा यो समस्या बढी हुन्छ ।’ स्वस्थकर खाना र दैनिक व्यायाम गरियो भने मुटुको रोगबाट बच्न सकिन्छ । मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचापको समस्यालाई नियन्त्रण गर्न सकियो भने पनि मुटुरोगीको संख्यामा कमी आउने डा.कोइरालाको भनाई छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले ५ वर्षको अन्तरालमा गरेको एक अनुसन्धानअनुसार सन् २०१३ मा ३.६ प्रतिशत रहेको उच्च रक्तचापका बिरामीको संख्या २०१९ मा बढेर ५.७ प्रतिशतमा पुगेको छ । नेपालमा प्रत्येक २० जनामध्ये १ जनामा उच्च रक्तचाप अर्थात् हाइ ब्लड प्रेसरको रहेको अध्ययनले देखाएको छ ।
यसैगरी, परिषद्ले नै सन् २०१९ नेपालको शतप्रतिशत जनसंख्यालाई आधार मानेर गरिएको अनुसन्धानमा मधुमेहको बिरामीको संख्या ८.५ प्रतिशत छ । त्यस्तै मुटु सम्बन्धी रोगीको संख्या २.९ प्रतिशत र फोक्सो सम्बन्धि रोगीको संख्या ११.७ प्रतिशत छ भने मृगौला रोगीको संख्या ६ प्रतिशत छ । २०१९ मै गरिएको अनुसन्धानका अनुसार नेपालमा दीर्घ रोगीहरुको संख्या ५९ प्रतिशत छ ।
विश्व मृगौला दिवस मनाउन थालेपछि गरिएको एक अध्ययनमा भनिएअनुसार १६ वर्षको इतिहासमा १० प्रतिशत जनसंख्यामा मृगौलाको समस्या छ । ३ करोड जनसंख्यामा १० प्रतिशत भने पछि ३० लाख मानिसमा मृगौलाको समस्या देखिने भयो । अब ३० लाखको पनि १० प्रतिशत भन्दा ३ लाखको मृगौला बिग्रन थालेको अनुमान त्यस अनुसन्धानको आधारमा गर्न सकिने मृगौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्ले बताउँछन् ।
विगत २ वर्ष यता मृगौलाको बिरामीहरु कोरोनाको कारण अस्पताल जान पाएका छैनन् । कति बिरामीहरु अस्पतालको पहुँचमा नै छैनन् त्यसैले यति प्रतिशतले बिरामीको संख्या बढ्यो भनेर यकिन भन्न सकिँदैन । तर, अस्वथकर जीवनशैली र खानपानका कारण नेपालमा दिर्घरोगीहरुको संख्या बढिरहेको डा.काफ्ले बताउँछन् ।
विश्व मृगौला दिवस मनाउन थालेपछि गरिएको एक अध्ययनमा भनिएअनुसार १६ वर्षको इतिहासमा १० प्रतिशत जनसंख्यामा मृगौलाको समस्या छ । ३ करोड जनसंख्यामा १० प्रतिशत भने पछि ३० लाख मानिसमा मृगौलाको समस्या देखिने भयो । अब ३० लाखको पनि १० प्रतिशत भन्दा ३ लाखको मृगौला बिग्रन थालेको अनुमान त्यस अनुसन्धानको आधारमा गर्न सकिने मृगौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्ले बताउँछन् ।
विगत २ वर्ष यता मृगौलाको बिरामीहरु कोरोनाको कारण अस्पताल जान पाएका छैनन् । कति बिरामीहरु अस्पतालको पहुँचमा नै छैनन् त्यसैले यति प्रतिशतले बिरामीको संख्या बढ्यो भनेर यकिन भन्न सकिँदैन । तर, अस्वथकर जीवनशैली र खानपानका कारण नेपालमा दिर्घरोगीहरुको संख्या बढिरहेको डा.काफ्ले बताउँछन् । ‘मानिसहरुले आफ्नो ब्लडप्रेसर कन्ट्रोलमा राखे, तौलमा नियन्त्रण गरे भने मृगौला रोगीहरुको संख्या घटेर जान्छ,’ उनले भने । कोरोना माहामारी र लकडाउनले गर्दा मानिसहरुको जीवनशैली झनै अस्वस्थकर बन्दै गइरहेको छ जस्ले गर्दा ब्लड प्रेसर, मधुमेहका बिरामीहरुको संख्या बढ्दै गएको डा. काफ्ले बताउँछन् ।
दिर्घरोगको कारक तत्वहरू नै अस्वस्थकर खानपान, भागदौड र तनावपूर्ण जीवनशैली हुन् । यी कारणले नै मानिसमा उच्च रक्तचाप, कोलिस्ट्रोल, मधुमेहको समस्या निम्त्याउँछ । केही दिर्घरोगहरु वंशाणुगत कारणले पनि लाग्न सक्ने भयो, योबाहेक धूमपान, मद्यपान यी सबै रोगका कारक तत्व हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीका अनुसार केहि वर्ष यता दिर्घ रोगीहरुको संख्या बढ्नुको मुख्य कारण अस्वस्थकर खाना, शारीरिक अभ्यास नगर्ने बानी र धुम्रपान मद्यपानको अत्याधिक सेवन आदि हो । ‘विश्वमै मानव जीवनशैलीमा आएको परिवर्तनका कारण र मानिसले उपभोग गर्ने सुविधाले गर्दा दिर्घरोगको खतरा बढेको छ । पहिला–पहिला भन्दा अहिले आहार विहारमा धेरै नै परिवर्तन भएको छ,’ डा. मरासिनी भन्छन्, ‘मानिसहरू बनाएर वा दुःख गरेर भन्दा किनेर खाना सहज ठान्छन्, जसले रोगको खतरा झनै बढेर जान्छ ।’
दिर्घरोगको कारक तत्वहरू नै अस्वस्थकर खानपान, भागदौड र तनावपूर्ण जीवनशैली हुन् । यी कारणले नै मानिसमा उच्च रक्तचाप, कोलिस्ट्रोल, मधुमेहको समस्या निम्त्याउँछ । केही दिर्घरोगहरु वंशाणुगत कारणले पनि लाग्न सक्ने भयो, योबाहेक धूमपान, मद्यपान यी सबै रोगका कारक तत्व हुन् । यी सबैलाई हामीले नियन्त्रण गर्न सक्यौ भने र सरकारले पनि यी रोगहरु बढ्ने कारक तत्वहरुको बारेमा जनचेतना फैलाउने र नियन्त्रण गर्ने कार्यमा नागरिकलाई सहयोग गर्न सक्यो भने दिर्घरोगीहरुको संख्यामा केही कमी आउन सक्ने डा. मरासिनी बताउँछन् ।