English

विश्व चिनाउने साताका २५ तस्वीर



भनिन्छ, हजार शब्दले वर्णन गर्न नसकेको कुरा एउटा तस्बिरले बोल्छ । विश्वमा दिनहुँ विभिन्न घटना घट्छन् । ति केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२५. अमेरिकाको टेक्ससमा फर्सीले बनाएको घर ।
२४. इजिप्टको पिरामिडमा पर्यटकलाई अकर्षित गर्न सजाएको पिरामिडको बेलुकीको दृश्य ।
२३. स्वीडेनमा कोरोना महामारीका कारणले भएको लकडाउन खुलेपछि उत्सव मनाउँदै ।
२२. भारतको हैदराबादमा दुर्गा पुजाका लागि मुर्ति बनाउँदै कालिगर ।
२१. दक्षिण कोरियाली सैनिकहरु प्यारासुटद्वारा पोहानको समुन्द्र तटमा उत्रदै ।
२०. ‘एबोर्सन डे’ मा कोलम्बियामा ‘कानूनी र सुरक्षित गर्भपतन’ गर्न पाउँ भन्दै प्रर्दशनमा सहभागि एक महिला ।
१९. भारतको कलकत्तामा भारी वर्षाका कारणले डुबान सडकमा मोटरसाइकल यात्रु ।
१८. स्वीजरल्याण्डका एक समलिंगी जोडी ।
१७. थाइल्याण्डमा आएको बाढीका कारण घर डुबानमा परेपछि एक स्थानीय झोलुङ्गोमा बस्दै ।
१६. अर्जेन्टिनास्थित ‘फ्युचर ग्लोबल क्लाइमेट स्ट्राइक’ मा तेलमा भिजेर ‘हाइड्रो कार्बन कानून’ को विरोध गर्दै ।
१४. विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पदयात्रा गर्दै ।
१५. क्युडा अक्वान कौलिया राज्य, मेक्सिकोमा हाइटी आप्रबासी महिलाले आफ्नो बच्चालाई चुम्बन गर्दै ।
१३. अफगनिस्तानको कान्डहार सहरमा महिला र पुरुष मोटरसाइलमा यात्रा गर्दै ।
१२. हाइटीका आप्रवासीहरु मेक्सिको र अमेरिकाको सिमास्थित ‘रियो ग्रान्डी’ नदी पार गर्दै ।
११. तनहुँको व्यास नगरपालिका–५ चुँदेरका महिला सालको पातबाट दुना टपरी गाँस्दै । आधुनिकतासँगै आजभोलि दुना टपरी लोप हुँदै गइरहेको छ ।
१०. विश्व मुटु दिवसमा घोराहीको तुलसीपुर चोकमा स्वास्थ्य स्वयंमसेविका आफ्नो बच्चालाई स्तनपान गराउँदै । बच्चलाई स्तनपान गराउने कक्षको अभावले गर्दा महिलाहरु खुला ठाउँमा स्तनपान गराउनु पर्ने बाध्यता छ ।
९. भीमदत्त नगरपालिकाका किसानको माछा पोखरीमा पसेको गोहीको उद्धार गरी सुरक्षित स्थानमा लैजाँदै डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी ।
८. मुक्त हलिया पुनःस्थापनाका लागि पाँच वर्ष पहिले डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा निर्माण गरिएका बस्तीमा मुक्त हलिया नबस्दा जीर्ण बन्दै गरेका घर ।

७. पन्ध्र वर्षअघि ताप्लेजुङको कञ्नचजंघा संरक्षण क्षेत्रस्थित घुन्सामा हेलिकप्टर दुर्घटनामा परी मृत्युवरण गरेका तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ विशिष्ट संरक्षणकर्मीको सम्झनामा ताप्लेजुङको भिन्तुना डाँडामा राखिएका सालिक ।
६. रुपन्देहीको छपियामा २६ बिघा क्षेत्रफलमा फैलिएको लुम्बिनी प्यालेस रिसोर्ट । युवा उद्यमी अर्जुन भुसालले सञ्चालन गरेको पोखरीको बीचमा सुविधा सम्पन्न ‘पोन्डस भिल्ला’ भएको ३०० करोड रुपैयाँ लागतमा निर्मित यो रिसोर्टमा अर्गानिक परिकार पाइन्छ ।
५. सप्तरीको विष्णुपुर गाउँपालिका–६ का महिला जितिया पर्वका अवसरमा बुधबार जिमुतवाहन भगवानको पूजा गर्न जाँदै ।
४. धादिङको नीलकण्ठ नगरपालिका वडा नं–६मा रहेको भैरव मन्दिर परिसरवाट देखिएको मनास्लु हिमाल ।
३. भक्तपुर कुमाले टोलमा नजिकिँदै गरेको दशैंको लागि माटोको कलश बनाउँदै कुमाले । घटस्थापनाको लागि खोलाबाट चोखो पानी ल्याउन माटोको कलश प्रयोग गरिन्छ ।
२. बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने विश्वकै दोस्रो अग्लो बञ्जी पुल । ‘द क्लिफ नेपाल प्रालि’ले सञ्चालनमा ल्याएको उक्त पुलमा साहसिक खेल बञ्जीका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
१. तमिलनाडु राज्यको पम्बनद्धीपको दक्षिण पूर्वी भागको दृश्य ।


तस्वीरहरु ः रासस /एपि /एएफपि/ सिन्हुआ



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested