सन्दर्भः राष्ट्रिय बाल दिवस
बालबालिकाको प्रश्न – ‘दूरदराजका भुन्टे र च्यान्टेले अनलाइन कक्षा पढ्न कहिले पाउँछन् ?’
‘छैन मेरो घरमा बिजुली र इन्टरनेट
कहिले पढ्न पाइन्छ खै शिक्षकसँग भएर भेट ।’
कोरोना कहरका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा भविष्य अन्योलमा परेको भन्दै बालबालिकाले नै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा भरतपुर महानगरपालिका र नेपाल शिक्षक महासङ्घ चितवनले आयोजना गरेको ‘कोभिडको महामारीमा बालबालिकाको अवस्था’ विषयक वक्तिृत्वकला प्रतियोगितामा सहभागी बालबालिकाले यसरी चिन्ता व्यक्त गरेका हुन् । विद्यालय बन्द हुँदा आफूहरुको भविष्य अन्धकार बन्न पुगेको उनीहरुको गुनासो थियो ।
अन्नपूर्ण मावि पार्वतीपुरका छात्र प्रितम बस्ताकोटीले अहिले आफ्नै साथीसँग भेट्न पनि कठिन स्थिति आएको गुनासो गरे । उनले भने, ‘पहिला चार जना साथी एउटै बेन्चमा बस्थ्यौँ । खाजा बाँढेर खान्थ्यौँ । अहिले साथीलाई छुन पनि डर लाग्छ ।’
कोभिड–१९ का कारण विगतका वर्षदेखि विद्यालय बन्द हुँदा बालबालिकाको बालापन त्याग र तपस्यामा बित्ने गरेको उनीहरुले गुनासो गरे । सरकारले स्मार्ट लकडाउनमार्फत भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने भन्दै गर्दा बालबालिकामा उत्साहसँगै त्रास छाएको छ । एसओएस हर्मन माइनर स्कुल भरतपुरकी छात्रा श्रेया सुवेदीले कोभिडका कारण मारमा परेका आफ्ना पीडा यसरी सुनाइन् ः
‘भर्खर जन्मिएका बच्चा जाँदै छन् रे धर्ती छोडी गगन्
मृत्युदर आजभन्दा भोलि बढ्दैछ रे झन झन्
आत्तिन्छ झन पालो आज हो कि भोलि भन्दै यो मन
डर लाग्छ हजुर के थाहा बालापनमा नै सकिन्छ की जीवन ।’
यस्ता मार्मिक भनाई उनीहरुले वक्तृत्वकलाको शुभारम्भमा पोखेका थिए । महामारीको चपेटामा परेका बालबालिका अहिले अध्ययनभन्दा बढी सामाजिक सञ्जालको दुरुपयोगमा लागेको सुवेदीले गुनासो गरिन् । अहिले बालबालिकाको अध्ययनमा भन्दा इन्टरनेटको सहायताले पब्जी र फ्रि फायरमा ब्यस्त बन्न थालेको भन्दै उनले बालबालिकाको भविष्यप्रति सरकार चिन्तित बन्न आग्रह समेत गरिन् । सरकारले बालबालिकाको अधिकारको रक्षा गर्दै कोभिडविरुद्धको खोप समयमा नै उपलब्ध गराउनुपर्ने उनको माग थियो । भौतिकरुपमा पढाई सञ्चालन गर्नका लागि बालबालिकालाई खोप अत्यावश्यक रहेको सुवेदीले बताइन् ।
जानकी माध्यमिक विद्यालयकी सुविना खनालले विद्यालय बन्द मात्रै नभएर घरबाट बाहिर निस्कनसमेत बन्द हुने अवस्था आएको बताइन् । कोरोना कहरका कारण स्वास्थ्यभन्दा ठूलो केही होइन भन्ने अनुभव भए पनि बालबालिका मानसिक रोगी बन्ने चिन्ता बढ्न थालेको उनले सुनाइन् । ‘ज्ञान, सीप र क्षमताको विकास गर्ने समयमा चार दिवारभित्र थुनिनु परेको छ,’ उनले भनिन् ।
अन्नपूर्ण मावि पार्वतीपुरका छात्र प्रितम बस्ताकोटीले अहिले आफ्नै साथीसँग भेट्न पनि कठिन स्थिति आएको गुनासो गरे । उनले भने, ‘पहिला चार जना साथी एउटै बेन्चमा बस्थ्यौँ । खाजा बाँढेर खान्थ्यौँ । अहिले साथीलाई छुन पनि डर लाग्छ ।’ विद्युत पुगेका, इन्टरनेटको पहुँचमा भएका आर्थिक अवस्था मजबुत भएका अभिभावकले त भर्चुअल माध्यमबाट पढाएका छन् । बस्ताकोटीले गुनासो गर्दै भने, ‘दूरदराजमा रहेका भुन्टे र च्यान्टेले यो सुविधा कहिले पाउलान् ?’ यस्ता हृदय छुने चौध जनाको पीडा सुनिसके पछि भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बालबालिकाको अधिकारको रक्षाका लागि महानगरले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
महानगर उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताइन् । उनले भनिन्, ‘तपाईँहरु सबैको पीडा बुझेका छौँ । बुझेर पनि तत्काल समाधान गर्न नसकिएको हो ।’
कोरोनाका कारण विद्यालय जान नपाएका बालबालिकालाई भर्चुअल माध्यमबाट पठनपाठन गराइएको भन्दै उनले अब केही दिनबाट नै भौतिकरुपमा उपस्थित भई कक्षा सुरु गरिने प्रतिवद्धता व्यक्त गरिन् । सबैको भावना सुन्दै गर्दा आफूलाई पीडाको बोध भएको भन्दै रोगकै कारण धेरै नोक्सानी बेहोर्नुपरेको सुनाइन् ।
महानगर उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताइन् । उनले भनिन्, ‘तपाईँहरु सबैको पीडा बुझेका छौँ । बुझेर पनि तत्काल समाधान गर्न नसकिएको हो ।’ सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगर शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलले अब क्रमशः विद्यालय खुल्ने र भौतिकरुपमा पढ्न पाउने बताए ।
प्रतियोगितामा अन्नपूर्ण माध्यमिक विद्यालयका छात्र प्रितम बस्ताकोटी प्रथम, एसओएस हर्मन माइनर स्कुलकी छात्रा श्रेया सुवेदी द्वितीय, अर्किट सेकेन्डरी स्कुलकी छात्रा स्वेता जमरकट्टेल तृतीय, र प्याराडाइज बोर्डिङ स्कुलका उत्सव दाहालले सान्त्वना स्थान हासिल गरे । विजयी विद्यार्थीले क्रमशः रु पाँच हजार, रु तीन हजार, रु दुई हजार र रु एक हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
भिडियो:
यो पनि पढ्नुहोस्:
२ लाख ८६ हजार बालबालिका अझै श्रमिक
हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन