व्यावसायिक कृषिले फेरिँदै ‘जीवनस्तर’
कृषिमा कम भविष्य देख्नेका लागि भोजपुरका कृषक उदाहरणीय बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय मार्फत लाखौँ आम्दानी गर्न सफल भएका छन् । पछिल्लो समय यहाँका कृषि उपजले बाहिरी जिल्लाका बजारमासमेत स्थान पाउन थालेको छ । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । अकबरे खुर्सानी तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँलगायत शहरमा पुग्न थालेका छन् ।
सडकको सहज पहुँच भएका स्थानका कृषकको फार्मबाट नै सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ । यसबाट व्यवसायलाई थप राहत पुगेको भोजपुर नगरपालिकाका कृषक सङ्गीता श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘मैले केही वर्षबाट व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गर्दै आएकी छु । बजारमा यसको राम्रो माग छ । अहिले हाम्रो उत्पादन जिल्लासँगै धरान, विराटनगर, काठमाडौँलगायत स्थानमा जाने गरेको छ । सडकको सहज पहुँचका कारण फार्मबाट बेच्न पाएका छौँ ।’
टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपालले २२ रोपनी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन्। कृषक शम्भुले अहिले २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गर्दै छन् । शम्भुले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाएका छन् ।
त्यस्तै रामप्रसाद राई गाउँपालिकाका कृषक खेलबहादुर कार्कीले पनि पाँच रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गर्दै आएका छन् । उनले स्थानीय बजारमा प्रतिकेजी २५० देखि ३०० रुपैयाँ सम्ममा खुर्सानी बेच्ने गरेको जानकारी दिए । उनले भने ‘खुर्सानी तथा तरकारीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । बजारको मागलाई पूरा गर्न नै समस्या छ । तर यस वर्ष मेरो भने ढुसीलगायतका रोगका कारण केही खुर्सानीका बोटमा क्षति भयो । राम्रै आम्दानी गरिरहेको छु ।’
टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपालले २२ रोपनी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन्। कृषक शम्भुले अहिले २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गर्दै छन् । शम्भुले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाएका छन् ।
दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाउनुभएको छ भने दुई हजार ५०० पिलर पुर्याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको शम्भुले बताए । उनले तीन वर्षअघिबाट जिल्लामा पहिलो पटक ड्रागन फलको व्यावसायिकखेती गर्न थालेको बताए । अहिले उनका फार्ममा रहेको ड्रागनले फल दिन थालेको छ । ‘म २२ वर्षपछि पुनःगाउँ फर्केर व्यावसायीक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यावसायिक खेती गरिरहेको छु’ शम्भुले भने, ‘सुरुमा गाउँमा फर्केर आएर व्यावसायिकरुपमा खेती गर्दा यहाँका साथीले धेरै थरीका कुरा गरे, बौलायो भने पैसा धेर भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीले पनि खेती गर्दै आएका छन् ।’ शम्भुले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म १५ लाख रुपैयाँ बढी खर्च गरेका छन् ।
सरकारले कृषकलाई प्रोत्साहन गर्ने विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आर्कषण बढेको देखिन्छ । जिल्लामा यस वर्ष कृषि ज्ञान केन्द्रमार्फत ६ करोड ५६ लाख १७ हजार रुपैयाँ तथा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पाँच करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
अरुण गाउँपालिका– ६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती शुरु गरेका छन्। करिब पाँच वर्ष विदेश बसेर आएका राईले देशमा केही गर्ने उद्देश्यले एभोकाडोको व्यावसायिक खेती शुरु गरेको बताए ।
राईका फार्ममा अहिले एक हजार ६०० बढी एभोकाडोको बिरुवा छन् । एभोकाडो प्रतिकेजी ३०० देखि ५०० रुपैयाँ सम्ममा बिक्री हुने गरेको राईको भनाइ छ । वार्षिकरुपमा ३० लाखसम्म आम्दानी लिने लक्ष्य राखिएको छ । राईले भने ‘विदेशमा धेरै समय बसे, त्यहाँ धेरै दुःख गरियो, तर सोचेअनुसारको आम्दानी गर्न सकिएन अहिले आफ्नै ठाउँमा व्यावसायिक एभोकाडो (घ्यू फल) खेतीमा लागेको छु । मेरो वार्षिक ३० लाख आम्दानी लिने लक्ष्य छ ।’
सरकारले कृषकलाई प्रोत्साहन गर्ने विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आर्कषण बढेको देखिन्छ । जिल्लामा यस वर्ष कृषि ज्ञान केन्द्रमार्फत ६ करोड ५६ लाख १७ हजार रुपैयाँ तथा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पाँच करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
पकेट, ब्लक जस्ता अन्य विभिन्न कार्यक्रममार्फत कृषकलाई व्यवसायमा लाग्न प्रोत्साहन गर्ने भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा र भोजपुरका प्रमुख हिमालय पोखरेलले जानकारी दिए । ‘पछिल्लो समय फार्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसबाट धेरै कृषकले आफ्नो आयस्रोतमा वृद्धि गरेका छन् ’ पोखरेलले भने, ‘यस वर्ष पनि कृषक लक्षित कार्यक्रम सरकारले सञ्चालनका लागि बजेट पठाएको छ । यसबाट अझै धेरै कृषकलाई लाभ पुग्ने देखिन्छ ।’
यो पनि पढ्नुहोस् ।
कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी
कृषि ज्ञान केन्द्रमार्फत नमूना कृषि फार्म, सुन्तला बगैँचा व्यवस्थापन, खाद्यान्न फलफूल, तरकारीखेती विस्तार, पशु सेवाअन्तर्गत च्यापकटर वितरण, बाख्रापालन, भेडापालन, अण्डा उत्पादन, बङ्गुरपालनलगायतका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
‘विगत वर्षबाट नै कृषक प्रोत्साहनमूलक धेरै कार्यक्रम सञ्चालन भइरहेका छन् । यहाँका धेरै कृषकले व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्दै आएका छन् ’ केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवले भने, ‘यहाँका उत्पादन अहिले बाहिरी बजारमा जान थालेको अवस्था छ । हामीले विभिन्न स्थानीय तहमा पकेट क्षेत्र तथा ब्लक निर्माण गरेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यसले पनि कृषकलाई उत्साह थपेको छ ।’
कार्यक्रममार्फत यस वर्ष जिल्लामा सञ्चालन हुने योजनाको विषयबस्तुकाबारेमा समेत राय सुझाव सङ्कलन गरिएको छ । सरकारले कृषक लक्षित विभिन्न योजना सञ्चालन गरे पनि वास्तविक कृषकसम्म पुग्न नसकेको सहभागीले गुनासो गरेका छन् । सञ्चालित योजनाको अवस्थाका बारेमा समेत नियमित अनुगमन गर्नुपर्ने धारणासमेत राखेका छन् ।
सरकारले कृषि तथा पशुपालनमा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा युवाकोसमेत आकर्षण बढेको छ । कतिपय कानुनी जटिलता तथा पहुँचका आधारमा अनुदान वितरण हुँदा लक्षित कृषकसम्म पुग्न नसेकाले यसतर्फ सजक हुन सरोकारवाला पक्षले सुझाव दिएका छन् ।
यो पनि पढ्नुहोस् ।
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?