English

अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक



अभिनेत्री सरिता लामिछानेलाई फुर्सदको समय पुस्तक पढ्न असाध्यै मनपर्छ । बजारमा कुनै नयाँ पुस्तक आयो भने उनी त्यस पुस्तकलाई किनेर पढिहाल्छिन् । त्यसैले उनलाई मनपर्ने पुस्तक धेरै छन् । तिनैमध्ये उनको नजरमा परेको ३ पुस्तक यस्ता छन् :

झोला

कृष्ण धारावासीद्वारा लिखित ‘झोला’ सती प्रथामा आधारित प्रसिद्ध कथा हो । केही समयअघि यो उपन्यासमा आधारित चलचित्र पनि निर्माण गरिएको थियो । त्यसैले झोला सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा पढ्दा त्यो समयमा पुगेको आभास हुन्छ । मैले पढेको कथा मध्ये यो एकदमै मन परेको कथा हो ।

सेतो धर्ती

सेतो धर्ती अमर न्यौपानेको एक उत्कृष्ट कृति हो । न्यौपानेले एकल महिलाको गर्भ देखि मृत्यु प्रतिक्षाको समयमम्म्मको कथालाई उपन्यासको रुप दिएका छन् । यस पुस्तकले वि.सं २०६८ सालमा मदन पुरस्कार समेत जितेको थियो । यो किताब साहै्र मीठो र सजिलो भाषामा लेखिएको छ । यस पुस्तकमा प्रस्तुत भएको महिला पात्रले पाठकहरुलाई आफूतर्फ आकर्षित गर्छिन् । यो पुस्तक पढेर म भावुक भएको छु ।

चिना हराएको मान्छे

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यद्वारा लिखित ‘चिना हराएको मान्छे’ पनि मलाई एकदमै मन परेको पुस्तक हो । उत्कृष्ट अभिनयले सबैको मन जित्न सफल महान् कलाकार आफ्नो वास्तविक जीवनमा भोगेका विभिन्न उत्तारचढाव को बेलिबिस्तार चिना हराएको मान्छेमा पाइन्छ । मान्छेको जीवनमा आइपर्ने उत्तारचढावलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने शिक्षा यो पुस्तकबाट सिक्न सकिन्छ ।

यो पनि पढ्नुहोस् ।
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested