English

उमेर नपुग्दै किन फुल्छ कपाल ? कसरी बच्ने ?



उमेर पुगेपछि कपाल फुल्नु सामान्य भएपनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ । सेतो कपालबारे बारे विभिन्न किसिमका अन्धविश्वासहरु समाजमा छ्यापछ्याप्ती पाइन्छन् । कपाल फुल्नु सामान्य समस्या भएपनि समाजको सोचाइका कारण यसलाई जटिल समस्या मान्ने गरिन्छ । कपाल किन फुल्छ र यसबाट कसरी बच्ने भन्ने विषयमा बरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. अनिल कुमार भट्टको सुझाव यस्तो छ :

किन फुल्छ ?

कपाल फुल्नुको मुख्य कारण भनेको वंशाणुगत कारण हो जस्तै– आमा, बाबा वा हजुरबा आमाको कपाल सानैदेखि फुलेको छ भने त्यसको असर पनि सन्तानमा देखापर्छ । यीबाहेक अरू विभिन्न कारणले पनि कपाल फुल्न सक्छ । आधुनिक जीवनशैलीले गर्दा हिजोआज खानपिनको शैली पनि परिवर्तन भइरहेको छ । युवायुवती धेरै जंक फुडमा निर्भर रहन थालेका कारणले पनि चाँडै नै कपाल फुल्ने समस्या देखिन थालेको छ । विभिन्न भिटामिनहरु जस्तै भिटामिन–डी को कमी र क्याल्सियमको कमीले पनि समयभन्दा अघि कपाल फुल्छ ।

कसै–कसैलाई हाइपो थाइराइडको कारणले पनि कपाल फुल्ने समस्या हुन सक्छ । व्यस्त दिनचर्यामा हुने विभिन्न तनावका कारणले गर्दा पनि उमेर नै नपुगी धेरै जनाको कपाल फुल्ने समस्याले सताएको देखिन्छ । साथै, अत्याधिक धूम्रपानको कारणले पनि कपाल फुल्छ ।

कसरी बच्ने ?

– सन्तुलित खानपानमा ध्यान दिने
– कपाल रङ्गाउने विभिन्न रसायनयुक्त सामग्रीको प्रयोग नगर्ने
– धूम्रपान नगर्ने
– कपाललाई प्रदुषणबाट बचाउने
– हाइपो थाइराइडको कारणले पनि कपाल फुलेको हुनसक्ने भएर यस्को जाँच गर्ने र थाइराइड छ भने उपचार गर्ने
– भिटामिन र मिनरल्स जस्ता भिटामिन बी १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन नदिने



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested