English

खाएको पच्दैन ! यसरी बलियो बनाउँ पाचन प्रणाली



मिठो र स्वादिष्ट लाग्ने खानेकुरा पाएमा हामी खानमा नियन्त्रण नै गर्न सक्दैनौं । यसरी खानेकुरामा नियन्त्रण गर्न नसक्दा हाम्रो पाचन प्रणालीमा पनि असर परिहेको हुन्छ । पाचन प्रणालीमा हुने गडबढीले केवल शरीरलाई मात्र नभएर दैनिकी जीवनमा समेत असर पुर्याउछ । त्यसैले पाचन प्रणालीलाई सन्तुलनमा राख्नका लागि हामीले आफ्नो खाने व्यवहारमा सुधार गर्नुपर्ने नै हुन्छ ।

पाचन प्रणालीको खराबी खाएरै हुन्छ भने यसको सुधार पनि खाएरै गर्नुपर्ने हुन्छ । त्यसैले आफ्नो पाचन प्रणालीलाई सुधार गर्न यस्ता उपायहरु अपनाए धेरैलाई राम्रो समेत हुन्छ ।

भोक लागेको समयमा मात्र खाने

कतिपय अवस्थामा हाम्रो खाना खाने आ–आफ्नै किसिमको रुटीन हुन्छ । हामी सोही रुटीन फलो गर्दै खान्छौ । रुटीन फलो गरेर खानु भन्दा भोक लागेको समयमा खाना खानु पाचन प्रणालीको लागि राम्रो मानिन्छ । बिना भोकको खाना खाँदा हाम्रो पेटमा खानाको मात्रा बढी भएर पाचन प्रणालीमा समस्या आउछ । हामीले सकेसम्म सुत्नु भन्दा आधा घन्टा अगाडी खाना खानु राम्रो हुन्छ ।

साधारण मसलाको प्रयोग

हामीले दैनिक खाने खानामा मसलाको मात्र बढी भएमा पाचन प्रणालीमा समस्या देखिन्छ । हामीले मसलायुक्त खाना भन्दा झोलिलो खानेकुरा र साग खाएमा हाम्रो पाचनप्रणाली सन्तुलिन हुन्छ । सकेसम्म घरमै आफैंले तयार पारेको मसला केही मात्रमा हालेर खानु पर्दछ । हामीले बढी चिल्लो, पिरो, नुनिलो र सकेसम्म बजारमा पाइने मसलाको कमै प्रयोग गर्नु राम्रो हुन्छ ।

चिसो पानी भन्दा तातो पानीपिउने

कोल्ड ड्रिंक्सहरु स्वादमा मिठो भएपनि यो हाम्रो पाचन प्रणालीकालागि हानिकारक हुन्छन् । पाचन प्रणालीलाई सन्तुलनमा राख्नका लागि कोल्ड ड्रिंक्सको सट्टा फ्रेस जुस, चिसो पानी भन्दा तातो पानी पिउने गर्नुपर्छ ।

व्यायाम गर्ने

नियमित व्यायामले जो कोहीलाई पनि स्वस्थ राख्न मद्धत गर्छ र स्वस्थ रहने यो मुल मन्त्र पनि हो । व्यायाम शरिरका लागि कत्तिको महत्वपूर्ण छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ । त्यसैले व्यायामले शरिरलाई फुर्तिलो मात्र नबनाएर पाचन प्रणालीलाई राम्रो पनि गर्छ । त्यसैले खाना खाई सके पछि केही समय हल्का हिड्डुल गर्नुहोस् । यदि तपाईलाई जिम जान मनपर्दैन भने तपाई साईकिलिङ्ग गर्न सक्नु हुन्छ । यसका साथै पैदाल हिड्न पनि सक्नु हुन्छ ।

डिटोक्स गर्ने

पाचन प्रणालीको सुधारका लागि शरीरलाई बेलाबेलामा डिटक्स गर्नुपर्छ । यसका लागि तपाईले लेमानग्रास जूस, स्टीम गरिएको फलको जुस सेवन गर्नु पर्छ । यस्ता कुराहरुको सेवनले तपाईको शरिरमा रहेको नराम्रा तत्वहरुलाई बाहिर निकालेर शरीरलाई स्वस्थ समेत बनाउछ ।

यो पनि…
निद्राको कमीले स्वास्थ्यमा असर पर्न सक्छ
दौडनुअघि जान्नुहोस् यी १० नियम



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित