English

रोकिएन खाने तेलमाथिको चलखेल



गत तिहारताका शुरु भएको खाने तेलमाथिको चलखेल अझै रोकिएको छैन । उपभोक्ताको ढाड सेकिने गरी मूल्यवृृद्धि हुदाँ पनि सरकार भने रमिते बनेको छ ।

तिहारपछि खाने तेलमा एक्कासी मूल्य बढेको भन्दै चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले देखावटी रुपमा गरेको हस्तक्षेपले तेलको कारोबार गर्ने दुई कम्पनीहरुलाई कारबाही गरेको थियो । तर त्यसपछि सरकारले कानमा तेल हालेपछि भने घटेको खाने तेलको मूल्य पुनः उकालो लागेको छ ।

अमृत सनफ्लवार एक कार्टुनको मूल्य २ हजार ८० रुपैयाँ पुगेको छ ।

हालै पछिल्लो पटक खाने तेलमा प्रति लिटर १० रुपैयाँका दरले मूल्य वृद्धि भएको छ । व्यवसायीका अनुसार अमृत सनफ्लवार तेलको एक कार्टुनको मूल्य २ हजार ८० रुपैयाँ पुगेको छ । अमृत अन्नपूर्ण भेजिटेबल उद्योगबाट उत्पादन र बिक्री वितरण हुँदै आएको तेल हो । त्रिवेणी समूह अन्तर्गतको यो उद्योगलाई सरकारले बढी मूल्य लिएर बेचेको भन्दै तीन लाख रुपैयाँ जरीवाना गरेको थियो । सरकारको अनुगमनसँगै सनफ्लवार तेल लिटरमा १० रुपैयाँ मात्रै घटेको थियो । अहिले फेरि सबैजसो उद्योगले लिटरमा १० रुपैयाँ बढाएका छन् । जसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ ।

खुद्रा ब्यवसायीको महंगो तर्क

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले उद्योगीले आफु र होलसेललाई चलखेल गर्न मिल्ने गरी मूल्य बढाएको बताए । उद्योगीले मूल्य नबढाएको भनेपनि होलसेल पसलबाट खुद्रा व्यापारीले खरिद गर्दा मूल्य बढेको उनको भनाई छ । छोटो समयमा पटक पटक मूल्य बढ्दा उपभोक्तालाई बेच्नै समस्या भएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘आज एउटा मूल्य, भोली अर्काे मूल्य भनेर बेच्न पनि गाह्रो भइसक्यो’– उनले भने । तिहारदेखि माघसम्म खाने तेलमा प्रति लिटर ५५ देखि ६० रुपैँयासम्म मूल्य बढेको अध्यक्ष श्रेष्ठले बताए । उनी भन्छन्– ‘वाणिज्य आपूर्ति विभागमा समेत यो बिषयको जानकारी गराएका थियौं ।’ तत्काल मूल्य बढ्ने कुनै कारण नभए पनि पहिले बढाएकोलाई आधार बनाएर मूल्यवृद्धि गरेकाले उपभोक्ता र खुद्रा व्यापारीहरु प्रत्यक्ष मारमा परेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

तिहारपछि मात्रै लिटरमा ५५ देखि ६० रुपैयाँसम्म मूल्यबृद्धि भएको छ ।

गत तिहार यता लगातार तेलको मूल्य बढेपछि चर्काे मूल्य भएको भन्दै उपभोक्ताले बारम्बार गुनासो गर्दै आएका छन् । तर, उपभोक्ताको गुनासो सरकारको कानसम्म पुग्न सकेको छैन ।

के भन्छन् उपभोक्ता अधिकारकर्मी ?

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अन्तर्राष्ट्रिय बजारलाई बहाना बनाउँदै व्यवसायीले उपभोक्तामाथि लुट मच्चाइरहेको बताए । उद्योगीको यस्तो चर्तिकलालाई सरकारले समेत सहयोग गरेकाले बजारमा खाने तेल लगायत अन्य खाद्य बस्तुमा चर्काे मूल्य तिर्न उपभोक्ता बाध्य भएको महर्जनको भनाई छ । व्यवसायीले चरम ज्यादती गर्दा समेत सरकार बेखबर रहेको उनको आरोप छ ।

सरकारले दुई ब्यवसायिलाई कारवाही गरेजस्तो गरेर झारा टारेको छ ।

त्यस्तै,उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमल्सिनाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य कमै बढेपनि त्यसको फाइदा उठाउँदै नेपालका व्यवसायीहरुले मनपरी मूल्यवृद्धि गरेको बताए । त्यसैमाथि सरकारको फितलो अनुगमनले व्यवसायीहरुको मनोबल झनै बढाएको अध्यक्ष तिमल्सिनाको भनाई छ । अनुगमन गरेर दोषीलाई कारवाही गर्नुको सट्टा सरकार रमिते बनेको समेत उनको आरोप छ । उनले विभागमै गएर यस संबन्धी जानकारी समेत गराएको दावी गरे ।

सा–साना विषयमा आन्दोलित हुने विद्यार्थी संगठन र राजनैतिक पार्टीहरुले समेत तेलको चलखेललाई वास्ता गरेका छैनन् ।

सरकारी पक्षको थोत्रो तर्क

व्यवसायीले तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि गर्दा पनि सरकार भने रमिते बनेको चौतर्फी आरोप छ । उपत्यकाका पसलहरुमा खाने तेलको मूल्य भिन्न भिन्न रहेको छ । एउटै तेलको मूल्य कसरी फरक ? यस प्रश्नको चित्तबुझ्दो जवाफ पनि सम्बन्धित निकायसँग छैन ।

सरकार अनुगमनमा नउत्रिएका कारण व्यवसायीहरुले मनपरी मूल्यवृद्धि गरिरहेको तितो अनुभव छ, आम उपभोक्तासँग । तर सरकार भने अनुगमन गरिरहेको दाबी गर्छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले कृतिम रुपमा मूल्य बढाइएको रहेछ भने कारवाही गरिने बताएका छन् । अहिले बजार अनुगमन भइरहेको र समस्या देख्ने बित्तिकै कारवाही गर्ने उनको भनाई रहेको छ । कारवाही गरिने छ भन्ने प्रवक्ता सेढाईको झारा टार्ने भनाईले भने कुनै समाधान दिन नसक्ने पक्का छ ।



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित