English

खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म



हास्यकलाकार नविना सिलवाल आम दर्शकहरुमाझ ‘खुइली’ नामले परिचित छिन् । उनको अभिनयलाई मन पराउने थुप्रै दर्शक छन् । हास्य टेलिश्रृङ्खला ‘गोलमाल’ मा पवन खतिवडा ‘म्याकुरी’ को प्रेमीकाको भूमिका खेलेर खुइली दर्शकसामु चिनिएकी हुन् । सामाजिक सञ्जाल उनी सक्रिय छिन् । उनका अनेकथरी फ्यानहरु छन् । बिर्सनै नसक्ने आफ्ना पाँच फ्यानलाई उनले यसरी सम्झिइन् ः

‘बुहारी बनाउँछु’ भन्ने फ्यान

हाम्रो सिरियल सुटिङ्गकै समुहमा एक जना अंकल हुनुहुन्छ । मलाई साह्रै माया गर्नुहुन्थ्यो । उहाँले नयाँ घर बनाउनु भयो । नयाँ घरमा सर्नका लागि पूजा लगाउनु भएको थियो । त्यो पूजामा मलाई पनि लिएर जानु भयो । घरभित्र पस्ने बेलामा ‘ल अब यो घरमा लक्ष्मी पाइला प¥यो’ भन्नु भयो । के भनेको होला भनेर म अलमल्लमा परें । भित्र लगेर छोरासँग परिचय गराएर ‘ल तिमीलाई बुहारी बनाउने हो’ भन्नु भयो । घरका अन्य सदस्यहरू पनि मेरो स्वागतको लागि तयारी भएर बस्नु भएको रहेछ । त्यो देखेर मलाई लाज लाग्यो ।

मलाई नचिन्ने तर, खुइलीको फ्यान

एक वर्षअघि गोलमालकै सुटिङ्गको क्रममा मेकअप गर्ने दाईलाई मोबाइल समात्न लगाएर टिकटक बनाउँदै थिएँ । एउटा बाइकमा दुईजना केटाकेटी कतै गइरहेका थिए । केटीले केटालाई बाइक रोक्न लगाइन् । केटालाई मतिर संकेत गर्दै भनिन् ‘हेर त खुइलीको जस्तै अनुहार भएको केटी, उस्तै लुगा लगाएर, खुइलीको जस्तै कपाल बनाएर टिकटक बनाउँदै छ’ भनिन् । त्यो सुनेर मलाई अचम्म लाग्यो खुइलीलाई चिन्ने तर मै खुइली हो भनेर नचिन्ने ।

‘खुइली जस्तै बन्छु’ भन्ने सानी फ्यान

पहिलो लकडाउनको समयमा म दिदिको घर इटहरी गएकी थिएँ । एकजना सानी नानी आफ्नो आमालाई साथमा लिएर मलाई भेट्न आएकी थिइन् । उनी गेटसम्म त आई पुगिन् । तर, भित्र नआएर त्यहीं बसेर रोई रहेकी थिइन् । म नै उनलाई भेट्न गेटसम्म गएँ । ती नानीलाई देखेर म अचम्ममा परें । खुइलीको जस्तै कपाल बाँधेको, पाइन्ट काटेर, खुइलीको जस्तै लुगा र माला लगाएर आएकी थिइन् । उनको आमाले सुनाईन् ‘खुइली जस्तै बन्ने हो म भनेर नयाँ पाइन्टलाई काटेर लगाएर आएकी हो नानीले ।’ उनले खुइलीलाई माया गरेको, मन पराएको देखेर खुसी पनि लाग्यो ।

‘कोठा भाडा तिरिदिन्छु’ भन्ने फ्यान

करिव एक महिना अघिको कुरा हो । म एउटा मात्र कोठामा बस्थें । साँघुरो भएर कोठा सर्न खोजें । कोठा खोज्न म काठमाडौँकै एउटा घरमा पुगेकी थिएँ । त्यहाँ भाडा अलि महङ्गो भएपछि खबर गर्छु भनेर म फर्किएँ । त्यही घरमा कोठामा बस्ने एक जना महिला मेरो पछिपछि आइन् । उनले भनिन्, ‘म तपाईको ठुलो फ्यान हो । त्यै घरमा बस्नुस् न’ भनेर आग्रह गरिन् । मैले ‘भाडा अलि महङ्गो भयो । त्यसैले नबस्ने’ भनें । उनले ‘बस्नुस् न बरु आधा भाडा मै तिरिदिन्छु’ भनिन् । उनको त्यो कुरा सुनेर म अचम्ममा परे । त्यहाँबाट निस्किएँ ।

‘तिमीसँगै बस्छु’ भन्ने फ्यान

एक जना महिला फ्यान मलाई निकै अनौठो लागिन् । म फेसबुक लाइभमा बस्दा उनीसँग पनि कुरा हुन्थ्यो । पछि गएर उनले नियमित म्यासेज गर्न थालिन् । ‘मलाई तपाई एकदमै मनपर्छ । तपाईसँगै बोलिरहन मन लाग्छ । तपाईसँगै बसिरहन मन लाग्छ’ भनेर म्यासेज गर्थिन् । मलाई उनको त्यो हर्कत अलि अनौठो लाग्यो । मैले उनीसँग बोल्नै छोडिदिएँ ।



सम्बन्धित खबरहरु

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत