English

अब अनलाइनबाटै सवारी साधनसँग सम्बन्धित कर तिर्न सकिने



बागमती प्रदेश सरकारले सवारी साधनसँग सम्बन्धित कर/राजस्व अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शूल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने सूचना प्रणालीको शुक्रबारबाट शुभारम्भ भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गरेका हुन् । उनले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले राजस्वबापत ५ हजार रुपैयाँ अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी शुभारम्भ गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो कार्य सम्पादनमा पारदर्शी ल्याई जनतालाई आर्थिक समृद्धितर्फ जोड्ने प्रमुख लक्ष्य रहेको बताए ।

प्रदेशका करिव २० लाख सवारी धनीलाई कम समयभित्र झन्झट व्यहोर्न नपर्ने गरी अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने प्रविधिलाई शुभारम्भ गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । मुख्यमन्त्री पौडेलले सङ्घीय राजधानी काठमाडौँलाई अब आर्थिक क्रान्तिका रुपमा जोड्ने कार्यमा भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने र केही हप्ताभित्रै निर्माणका लागि अन्तरराष्ट्रिय बोलपत्रको स्वीकृति प्रदान गरिने उल्लेख गरे ।

उनले प्रदेश सरकारले इन्धनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रथम चरणमा काठमाडौँ उपत्यकालगायत सात स्थानमा विद्युत् बस खरिद गरी सञ्चालन गर्ने निधो गरिसकिएको र आगामी जेठ मसान्तसम्ममा विद्युतीय बस सञ्चालन गर्ने मन्त्रिपरिषद्को अठोट रहेको बताए । प्रदेश सरकारको प्रमुख स्रोतका रुपमा रहेको यातायात राजस्वलाई असुलीमा थप तीव्रता ल्याई गत आर्थिक वर्ष २०७७/७८ मा नौ अर्ब रुपैयाँभन्दा बढी अर्थात् चालू आ.व.मा करिव २० अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेको र सो लक्ष्यलाई सार्थकता तुल्याउन सवारीसाधन दर्ता प्रक्रियालाई नयाँ प्रविधिबाट सुरुआत गरिएकोमा प्रदेश सरकारको थप उपलब्धि भएको जानकारी गराए ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारले प्रदेशका सबै यातायात व्यवसायी र सवारी धनीलाई राजस्व तिर्ने प्रक्रियालाई अब आफ्नो घरबाट अनलाइनबाट तिर्न सकिने भएका कारणबाट राजस्व थप असुलीको प्रतिशतमा वृद्धि हुने उल्लेख गर्दै व्यवसायीले पनि समयभित्र यातायात व्यवस्थापन कार्यालयमा सहजीकरण गरेर जरिवानाबाट मुक्त हुने प्रयास गर्नुपर्ने बताए ।

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लामा आफ्नो घरमै बसेर सवारी साधनको राजस्व अनलाइनमार्फत तिर्ने र सवारी दर्ता प्रक्रियालाई सहजीकरण गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे ।

प्रदेशका मुख्य सचिव डा. मुकुन्दप्रसाद पौड्यालले प्रदेश सरकारले अब यातायात क्षेत्रको व्यवसायीलाई नयाँ मार्गदर्शनका साथ सञ्चालनमा ल्याउन अनलाइन सेवामार्फत राजस्व भुक्तानी र सूचना प्रणालीलाई शुभारम्भ गरिएको उल्लेख गर्दै व्यवसायीलाई पनि आ–आफ्नो व्यवसाय सञ्चालन गर्न सरकारले सेवासुविधा उपलब्ध गराउनेतर्फ छिट्टै पहल गरिने बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बराल र उक्त मन्त्रालयका महाशाखा प्रमुख नवीनकुमार सिंहले यातायात क्षेलाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउनका साथै अनलाइन सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री बनाउने सरकारको नीतिअनुरुप सवारी साधनको राजस्व भुक्तानी अनलाइनमार्फत तिर्न ‘विद्युतीय माध्ययमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजश्व भुक्तानी नियमावली २०७८’ लाई कार्यान्वयनमा ल्याइने बताउने ।



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित