सलोन भन्छन् – कलेजमा ३ जना केटीले प्रेमप्रस्ताव राखे
सलोन बस्नेत, अभिनेता
२०६४ सालमा नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण भएँ । त्यसपछि कक्षा ११ कहाँ पढ्ने के विषय पढ्ने जस्ता हुटहुटी हुनु स्वभाविकै हो । मेरो रुची सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक विषयप्रति थियो । त्यसैले होटल म्यानेजमेन्ट विषय अध्ययनका लागि टेकुस्थित रहेको क्यपिटल हिल एकेडेमीमा भर्ना भएँ ।
कलेज लाइफ निकै रमाइलो थियो । होटेल म्यानेजमेन्ट विषयमा धेरै घुमघाम हुन्छ । हप्ता दिन वा दश दिनको फरकमा बाहिर जान पाइन्थ्यो । त्यो पनि तारे होटलहरुमा । त्यसैले त्यो पल कहिल्यै भुल्न सक्दिनँ ।
कक्षा ११ र १२ मा अध्ययन गर्दा कक्षामा हाउडे स्वभावको थिएँ । मेरो २४ जनाको टोली थियो । जसमध्ये चार जना केटी थिए । उनीहरु आँटिला स्वभावका थिए । कलेज बङ्क गर्दा पनि २४ जनाले नै गथ्र्याैँ । हाम्रो टोलीमा सबै बाईक राइडर थिए । योजना बनाएर नगरकोट, पोखरा र घाद्रुक पुग्थ्यौं । त्यतैतिर कलेज बङ्करहरुको पार्टी चल्थ्यो ।
हाम्रो टोलीको मन पर्ने ठाउँ बसन्तपुर र तौदहा थियो । त्यसैले प्राय कलेज छोडेर त्यहीँ पुग्थ्यौं । कलेजमा पढ्दा अलि तातो रगत हुने भएकाले कसैले केही गर्यो भने झनक्क रिस उठ्थ्यो । त्यसैले कहिलेकहिँ झगडा पनि पर्थ्यो ।
मेरो सेक्सनमा ५५ जना थियौँ । एकदिन मैलै ४८ जनालाई कलेज बङ्क गराएको थिएँ । त्यो दिन सबैजना बिहान नै क्लब गएका थियौँ । जसकारणले क्लास नै छुट्टी भएको थियो । भोलिपल्ट कलेज भरी क्लब गएको हल्ला चलेछ । त्यो पनि मैले गरेको भनेर । प्रिन्सिपलले निकै गाली गर्नुभयो तर, जति बालै थिएन ।
कलेजमा धेरै उपद्रो मच्चाए पनि घरमा कुरा पुगेको थिएन । जब मेरै नेतृत्वमा ४८ ले कलेज बङ्क गराएँ । त्यतिबेला चाहिँ घरमा कुरा पुगेछ । फेरि, मैले कलेजका डिआईसँग कुरा मिलाएको भएर त्यति गाली खाइएन ।
कलेज पढ्दाको अर्को आकर्षण भनेको प्रेमसम्बन्ध पनि रहेछ । चन्चले उमेर भएकाले लभ नपर्ने कुरै भएन । प्लसटुमा तीन जनाले युवतीले प्रेम प्रस्ताप राखेका थिए । त्यो समयमा आफ्नै दुनियाँमा बढी रमाइन्थ्यो । जसकारणले धेरै समयसम्म प्रेम सम्बन्धमा बसिदैन थियो । त्यसैले मेरो लभ ४ देखि ६ महिनासम्म टिक्थ्यो ।
कलेजमा हाम्रो अर्को रमाइलो केन्द्र क्यान्टिन पनि हो । म प्लस टु पढ्दा कलेजको क्यान्टिन हाम्रै कब्जामा थियो । त्यहाँ हाम्रो टोलीको छुट्टै ठाउँ थियो । त्यहाँ अरु बस्न पाउँदैन थिए । त्यहाँ हामी खाजा खाने, गीत गाउने, रमाइलो गर्ने गथ्र्यौं । कलेजबाहिर एउटा क्याफे पनि थियो । जसमा हामी कलेज छिर्दा र घर जाँदा साथीहरुसँग छुट्टिने गर्थ्यौं । त्यसैले मैले जति कलेज लाइफमा रमाइलो त कमैले गर्छन् ।
कलेज जति बङ्क गरे पनि, घुमे पनि मेरो पढाई भने राम्रो थियो । मेरो गु्रपका सबै साथीहरु पास हुन्थे । प्लस टुमा पनि प्रथम श्रेणीमै उत्तिर्ण भएँ ।
त्यसपछि बीबीए अध्ययनका लागि एनओसी कलेजमा भर्ना भएँ । त्यतिबेला म सिने क्षेत्रमा लागिसकेको थिएँ । जसले गर्दा पढाईलाई समय दिन सकिनँ । त्यसैले घर नजिकैका एकजना शिक्षकसँग ट्युसन कक्षा लिन्थेँ । स्नातक पढ्दा मेरो हाउडेपना गइसकेको थियो । यहाँ साथीहरु पनि सिमित थिए ।
सानैदेखि चिट चोर्ने बानी
सानैदेखि परीक्षामा चिट चोर्ने बानी थियो । डर लाग्थ्यो तर यो बानी कहिल्यै छोडिनँ । स्कुल लेवलमा पढ्दा गार्डले चिट फेला पार्थे तर, कलेजमा कसैले भेटेन । अकाउन्ट र एकोनोमिक्स धेरै गाह्रो लाथ्यो र यी दुई विषयमा प्राय चिट गर्थें ।