English

यस्ता हुन्छन् माइग्रेनका लक्षण कसरी बच्ने ?



माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय–समयमा दोहोरिरहन्छ । यस्तो पीडा प्रायः टाउकाको एक भागमा हुन्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर दुख्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर, माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ । माइग्रेन किन हुन्छ ? यसका लक्षणहरु के–के हुन् र रोकथाम गर्ने उपाय के हो ? भन्ने विषयमा योग तथा प्राकृतिक चिकित्सक डा. हेमराज कोइरालाले दिएको सुझाव यस्तो छ :

के हो माइग्रेन ?

माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो । यो रोग भएका बिरामीको टाउकोभित्रका मस्तिष्कका रक्तनलीहरु समय–समयमा फुल्ने गर्नाले ती रक्तनली वरिपरिका नसाहरु तकिन्कन्छन् र ती नसाहरुले विभिन्न प्रकारका रसायन निकाल्न थाल्छन् । यो एउटा लामो समयसम्म रहिरहने रोग हो । माइग्रेनका लक्षण बेलाबेलामा बाल्झिरहने र पूर्ण रुपमा ठीक हुन निकै गाह्रो हुन्छ ।

कारण

– शारीरिक धपेडी तथा मानसिक तनाव

– सुताइको समय र अवधिमा परिवर्तन÷अनियमितता

– धुम्रपान गर्नु तथा धुवाँमा रहनु

– भोको वा व्रत बस्नु

– अत्याधिक मद्यपान गर्नु

– शरीरमा पानीको कमी हुनु

– अनियमित महिनावारी, गर्भावस्था, परविार नियोजनको चक्की तथा सुईको प्रयोग तथा रजोनिवृत्ति हुने समयमा
हर्मोनको उतार–चढाव हुनु

– चर्को घाम, धुलो, धुवाँ तथा भीडभाडयुक्त वातावरण

– डिप्रेसन चिन्ता तथा वंशाणुगत समस्या

लक्षण

– टाउकोको आधा भाग/एकातर्फ सह्य वा असह्य रूपमा दुख्नु

– दुखाइको कारण नियमित काम गर्न नसक्नु

– धेरै रिस उठ्ने, झर्किने तथा एक्लै बस्ने मन गर्नु

– कहिलेकहीँ निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ

– वाकवाकी लाग्ने, बान्ता हुने

– उज्यालो प्रकाश सहन नसक्ने, हातखुट्टा दुख्ने

– टाउको दुखाई बल्झिनुभन्दा अघि कसैकसैमा चिड्चिडाहट्पन हुनु

– निद्रा लागेजस्तो हुने, लगातार हाई–हाई आउने, थकाइ लागेजस्तो हुने

बच्ने उपाय

– प्रशस्त मात्रामा पानी पिउने

– चिल्लो तथा सुख्खा खाना नखाने

– भोको नबस्ने

– दिनको ६ देखि ८ घन्टा नियमित समयमा सुत्ने

– चर्को घाम, धुलो, भीडभाड तथा ध्वनि प्रदूषणबाट टाढा रहने

– धपेडी तथा तनावलाई न्यूनीकरण गर्ने

– नियमित व्यायाम, योग तथा ध्यान गर्ने

– धुम्रपान मद्यपान नगर्ने

– जंक फुडहरुको सेवन नगर्ने

– समस्या बढ्दै गयो भने चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested