English

सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सुबिन भट्टराई एक उत्कृष्ट युवा लेखकका साथै पुस्तक प्रेमी व्यक्ति हुन् । उनलाई खाली समयमा पुस्तक पढेर समय बिताउन असाध्यै मन पर्छ । उनले धेरै उत्कृष्ट पुस्तकहरु पढिसकेका छन् । यदि तपाईं फुर्सदिलो हुनुहुन्छ र पुस्तक पढेर समय बिताउने सोंचमा हुनुहुन्छ भने भट्टराईको नजरमा पढ्नै पर्ने तीन पुस्तक यस्ता छन् :

घामका पाइलाहरु

घामका पाइलाहरू धनुषचन्द्र गौतमद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । यस उपन्यासले वि.सं २०३५ को मदन पुरस्कार प्राप्त गरेको थियो । यस पुस्तकमा प्रयोग भएका भाषा शैली एकदमै सरल छ ।
त्यसैले सबैले यो पुस्तक सजिलै पढ्न र बुझ्न सक्छन् । यस उपन्यासमा प्रस्तुत भएका सबै पात्रहरु सम्झन लायक छन् । त्यसैले मैले पढेको पुस्तकहरु मध्ये मलाई यो एकदमै राम्रो लाग्छ ।

हिटलर र यहुदी

हिटलर र यहुदी नेपाली सुप्रसिद्ध मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो । जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ । कोइरालाको लेखन शैलीको त तारिफ गरेर कहिल्यै सकिँदैन । उहाँको भाषाशैली देखि विषयवस्तु सबै उत्कृष्ट छ । यो पुस्तक पनि मैले पढेका मध्ये उत्कृष्ट लाग्छ ।

आगत

भवानी भिक्षुको उपन्यास आगत पनि उत्कृष्ट पुस्तकहरुको सुचीमा पर्छ । अहिलेको पाठकहरुलाई यो पुस्तकको भाषा बुझ्न अलि गाह्रो हुन सक्छ । तर, पढ्दै गएपछि सजिलो लाग्न थाल्छ । राणाकालमा जमिन्दारीको कथालाई पुस्तकले उत्थान गरेको छ । यो धेरै अगाडी लेखिएको पुस्तक हो । तर, त्यति पुरानो राणा कालको कथा भइकन पनि प्रगतिशील कथा यस भित्र पाइन्छ । यो पुस्तकमा एकजना पात्र छिन् सम्झना जस्को भुमिकालाई कहिल्यै बिर्सन सक्दिनँ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested