English

काठमाडौंमा साउन २ सम्म भेरोसेल, साउन ४ बाट जोन्सन एण्ड जोन्सन, यी हुन् खोप केन्द्र



सरकारले काठमाडौंमा आज अर्थात असार २९ गतेबाट भेरोसेल खोप लगाउन सुरु गरेको छ भने साउन ४ गतेबाट अमेरिकी खोप जोन्सन एण्ड जोन्सन लगाउने तयारी गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मंगलबार बिहान बसेको बैठकले ४४ वटा खोप केन्द्र तोकेको छ । जसमा पहिलो चरण अर्थात असार २९ देखि साउन २ गतेसम्म भेरोसेल र साउन ४ देखि ६ गतेसम्म अमेरिकी जोन्सन एन्ड जोन्सन लगाउने निर्णय भएको खोप समन्वय समितिका अध्यक्ष एवं काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

कसलाई भेरोसेल, कसलाई जोन्सन एण्ड जोन्सन ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २८ गतेको निर्णय अनुसार चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेल खोप ५५ वर्ष वा सो भन्दा माथि उमेर समूहका सबै नागरिकलाई लगाइने जनाइएको छ । यस्तै, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक वा सहचालकहरु, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा कार्यरत खोप लगाउन छुट भएका व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकले भेरोसेल खोप पाउनेछन् ।

यसैगरी, अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई दिएको जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेरसमूहका नागरिकलाई दिइने जनाइएको छ । त्यस्तै, पूर्ण र अति अशक्त (वर्ग क र ख) भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी, यसअघिको अभियानमा खोप लगाउन छुट भएका स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीले जोन्सन एण्ड जोन्सन खोप पाउनेछन् ।

खोप लगाउन जाँदा चाहिने कागजात

उमेरसमूहको हकमा नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका वा वडाबाट उमेर प्रमाणित कागजातका आधारमा खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ । यसैगरी, विश्वविद्यालय र विद्यालयका शिक्षक, प्राध्यापक र कर्मचारीको हकमा परिचय पत्र अनिवार्य गरिएको छ । सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरु परिचय पत्र र सवारी साधन नम्बर सहित व्यवसायी संघबाट विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप दिइने जनाइको छ ।

त्यस्तै, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको हकमा परिचयपत्रको आधारमा खोप दिइनेछ । यस्तै, पूर्ण वा अति अशक्त अपांगता (वर्ग क र ख ) भएका नागरिकहरुको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रका आधारमा खोप दिइने काठमाडौं जिल्ला प्रशासनद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यी हुन् खोप केन्द्र ?

काठमाडौं महानगरपालिका

– वीर अस्पताल, रत्नपार्क
– शिक्षण अस्पताल महाराजगञ्ज, महाराजगञ्ज
– निजामती कर्मचारी अस्पताल, बानेश्वर
– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
– परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथली
– काठमाडौं मेडिकल कलेज, सिनामंगल
– नेपाल प्रहरी अस्पताल, लाजिम्पाट
– वीरेन्द्र सैनिक अस्पताल, छाउनी
– पिपल डेन्टल तथा जनरल अस्पताल, सोह्रखुट्टे
– हिमाल अस्पताल, ज्ञानेश्वर
– ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल
– क्षेत्रपाटी निःशूल्क चिकित्सालय
– जनमैत्री अस्पताल,बालाजु
– मनमोहन अस्पताल, स्वयम्भु
– नेसनल अस्पताल, कलंकी
– काठमाडौं मोडेल अस्पताल, प्रदर्शनीमार्ग
– ह्याम्स हस्पिटल तथा रिसर्च सेन्टर, धुम्बाराही
– शहिद गंगालाल अस्पताल, बाँसबारी

कागेश्वरी मनोहरा नगरपालिका

– मुलपानी नगर अस्पताल
– आलापोट स्वास्थ्य चौकी
– गोठाटार स्वास्थ्य चौकी

तारकेश्वर नगरपालिका

– धर्मस्थली स्वास्थ्य चौकी
– मनमैजु स्वास्थ्य चौकी
– गोलढुंगा स्वास्थ्य चौकी

कीर्तिपुर नगरपालिका

– राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्र
– विष्णुदेवी अस्पताल, किर्तिपुर

बुढानिलकण्ठ नगरपालिका

– बुढानिलकण्ठ स्वास्थ्य चौकी
– करुणा अस्पताल, चुनिखेल

गोकर्णेश्वर नगरपालिका

– नेपाल मेडिकल कलेज, अत्तरखेल
– शंकरापुर अस्पताल, जोरपाटी

टोखा नगरपालिका

– ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
– अल नेपाल अस्पताल, टोखा
– प्राथमिक स्वास्थ्य केन्द्र, टोखा

नागार्जुन नगरपालिका

– रामकोट प्राथमिक स्वास्थ्य चौकी, रामकोट
– इचंगुनारायण स्वास्थ्य चौकी
– स्युँचार स्वास्थ्य चौकी

चन्द्रागिरी नगरपालिका

– प्राथमिक स्वास्थ्य अस्पताल, थानकोट
– सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु
– सतुंगल स्वास्थ्य चौकी, सतुंगल

शंखरापुर नगरपालिका

– लप्सेफेदी स्वास्थ्य चौकी
– साँखु स्वास्थ्य चौकी
– इन्द्रेणी नगर अस्पताल

दक्षिणकाली नगरपालिका

– शेषनारायण स्वास्थ्य चौकी, फर्पिङ
– प्राथमिक स्वास्थ्य केन्द्र, चाल्नाखेल

यो पनि पढ्नुहोस्–
कोभिसिल्डको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा भेरो सेल लगाउन मिल्छ कि मिल्दैन ?
कोभिसिल्डको दोस्रो डोज अन्योलमा, पहिलो डोज लगाएका कतिको सुरक्षित ?
अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोग: ५० देखि ५४ वर्षकालाई लगाइने
यसरी थन्काइयो अमेरिकी खोप (फोटो फिचर)
७ वर्षमा यस्तो बन्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (ड्रोन फोटो/भिडियो)



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित